• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख १८, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

      १९ घण्टा अघि

      मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक

      १९ घण्टा अघि

      आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

      १९ घण्टा अघि

      सार्वजनिक यातायातको भाडा बढ्यो

      २0 घण्टा अघि

      एक्काइस महिना देखाएर समापन भयो हनुमान नाच

      २0 घण्टा अघि

      हर्क साम्पाङले मागे बालेनको राजिनामा

      २0 घण्टा अघि

      अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

      २0 घण्टा अघि

      लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

      २0 घण्टा अघि

      राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै

      २0 घण्टा अघि

      पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

      २0 घण्टा अघि

      स्वरोजगार तथा उद्यमी बन्न चाहनेलाई सहुलियत ऋण प्रवाह गर्न महानगरपालिका र कोष बिच सहकार्य

      १ दिन अघि

      विद्यार्थी राजनीतिलाई नियन्त्रण होइन, नियमन गर ! संयोजक सत्यराज बोहरा

      १ दिन अघि

      लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल

      १ दिन अघि

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      १ दिन अघि

      बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु

      १ दिन अघि
    आज: २०८३ बैशाख १८, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    करेन्टले १० खच्चड र भैंसी मरेपछि किसानको विजोग

  • लाईभ नेपाल
  • २०८२ अषाढ १०, मंगलबार (१0 महिना अघि)
  • ८६८१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • मुगु, १० असार । मुगु छायाँनाथ रारा नगरपालिका—१० जग्गि बढुवाल र सोही वडाका प्रेम बढुवालले खच्चड व्यवसाय गर्दै आएको एक दशक भन्दा बढी भयो ।

    खच्चड ब्यवसायबाट उनीहरुले राम्रै आम्दानी गरेर घरपरिवार राम्रै चलेको थियो । आइतबार दिउसो चार बजे विद्युत प्राधिकरणको टा«न्सर्फमरबाट लिक भएको करेन्टमा परेर बढुवालसहित सोही नगरपालिका—१ का कर्ण बहादुर मल्लका समेत गरी १० खच्चडको मृत्यु हुँदा तीनैजनाको आम्दानी हुने बाटो नै बन्द भएको छ ।

    छायाँनाथ रारा नगरपालिका—१२ लुम्सको भ्याकुने भन्ने स्थानमा रहेको नेपाल विद्युत प्राधिकरणको टा«न्सर्फमरबाट करेन्ट चुहावट हुँदा उक्त नगरपालिका—१ का कर्ण बहादुर मल्लका चार, सोही नगरपालिका—१० का जग्गी बढुवालका तीन र पृथ्बी बढुवालका तीन गरी १० वटा खच्चडको करेन्ट लागेर मृत्युको हुँदा बर्षौदेखि आम्दानी गर्दै आएको उनीहरुको बाटो नै बन्द भएको हो ।

    सोही स्थानम दुई दिन अगाडि मात्र छायाँनाथ रारा नगरपालिका—१२ कम्फा गाउँका खड्क बहादुर बुढाको दुहुनु भैसीलाई सोही टा«न्सर्फमरबाट लिक भएको करेन्टबाट मृत्यु भएको थियो । मुगुम कार्मारोङ गाउँपालिका जान लागेका जिल्ला समन्वय समिति मुगुका प्रमुख मञ्जन बहादुर कार्कीले आफनै आँखा अगाढी करेन्ट लागेर भैंसी ढलेको देखेपछि तत्कालै प्रमुख जिल्ला अधिकारी र विद्युत प्राधिकरण मुगुका कार्यालय प्रमुखलाई उक्त क्षेत्रको लाइन बन्द गरी टा«न्सफर्मर मर्मत गरेर मात्र विद्युत प्रवाह बन्दगर्न जानकारी गराएको दुई दिनपछि १० वट खच्चडको मृत्युको खबरले विद्युत प्राधिकरणको लापरबाही भएको प्रमुख कार्कीले बताए ।

    मुगुम कार्मरोङ गाउँपालिमा व्यापारी र योजनाका सामग्री ढुवानी गरेर आफ्नो घर फर्किदै गर्दा प्राधिकरणको लापरबाहीका कारण आफूहरुका कमाई खाने बाटोनै बन्द भएको खच्चड धनी जग्गि बढुवालले बताए ।

    ‘टान्सपफर्मर राखिएको पोल अगाडि खच्चडहरु बाटोमा हिड्दै थिए एक्कासी पोलमा आगोको झिल्का देखिए । सबै खच्चड एकै ठाउँमा मरे । डरले आफूहरु कराउन थाल्यौं । आफनो कमाई मुख्य स्रोत खच्चड करेन्टबाट एकै ठाउँमा रास भएको देखेपछि हामी तीनै जना बेहोस भएका रहेछौ । कुनबेला गाउँलेहरु आएर घरमा लगेछन थाहा भएन । एक रात घरमा बसेर पुनः व्यापारिक र योजनाको सामान ढुवानी गरेर मुगुम कार्मारोङ गाउँपालिकाको पुलु जाने योजना बनाएका तीन जना अहिले मरेका खच्चड ब्यवस्थापन कसरी गर्ने भनेर चिन्ताले सताएको छ,’ उनले भने ।

    दुर्गन्धले मान्छेलाई बाटोमा हिड्न समेत मुस्किल भएको छ । प्रहरी र विद्युतका कर्मचारीहरुले घट्नाको मुचुल्का बनाई सदरमुकाम फर्किसकेका छन । गाउँलेहरु मरेका खच्चड ब्यवस्थापन गर भनेर ताकेता गर्न थालेका छन विद्युत प्राधिकरणको लापरबाहीले ब्यवसायनै चौपट भएको पीडित पृथ्बी बढुवाल र कर्ण बहादुर मल्लले आँखाभरी आँसु निकाल्दै गुनासो पोखे ।

    प्राधिकरणका निमित्त कार्यालय प्रमुख मनराज शाहीले दिएको जानकारी अनुसार आइतबार आएको हुरीबतास र बर्षातका कारण बिजुलीको तार बटारिंदा टा«न्सर्फमरबाट करेन्ट लिक भएर १० वटा खच्चडको मृत्यु भएको बताए ।

    घट्नाको जानकारी आउनेबित्तिकै कार्यालयबाट कर्मचारीहरु खटाई उक्त स्थानको बिजुली लाइन बन्द गरेको र सोमबार प्रहरी जनप्रतिनधीसहितको टोली पुगेर घट्नाको सरजिविन र मुचुल्का उठाई पीडितहरुलाई प्राधिकरणले क्षतिपूर्ति नियमावली २०७६ अनुसार क्षतिपूर्तिका लागि पहल गरिने बताइएको छ ।

    दुई दिन अगाडि दुहुनो भैंसी र आइतबार १० वटा खच्चडको करेन्टकै कारण ज्यान मरेका खच्चड र भैंसीको सदगत नगरिंदा दुर्घन्ध फैलिने चिन्ता छ । व्यवस्थापनका लागि छायाँनाथ रारा नगरपालिकालाई डोजर पठाईदिन आग्रह गर्दा समेत नगरपालिकाले अटेरी गरेको पाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

    मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक

    आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

    सार्वजनिक यातायातको भाडा बढ्यो

    एक्काइस महिना देखाएर समापन भयो हनुमान नाच

    हर्क साम्पाङले मागे बालेनको राजिनामा

    समाचार

    आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

    मनासलु क्षेत्रमा पुगे १५ हजार पर्यटक

    आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

    सार्वजनिक यातायातको भाडा बढ्यो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑