
काठमाडौं । नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसन (नाभा) को हालै सम्पन्न वार्षिक साधारण सभाबाट खगेन्द्र सिंह बम अध्यक्षमा निर्वाचित भएका छन् । लामो समयदेखि अटोमोबाइल क्षेत्रको व्यवसाय र नेतृत्वमा सक्रिय बमले व्यवसायीको हकहित र नीतिगत सुधारका लागि नवनिर्वाचित कार्यसमितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
उनको नेतृत्वमा बनेको नयाँ कार्यसमितिमा कुमार चिमोरिया सह–अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनले व्यवसायीहरूको साझा मञ्च नाभालाई अझ सशक्त, समावेशी र आधुनिक प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाएका छन् ।
नवगठित नेतृत्वको सूची यसप्रकार छ :
अध्यक्ष: खगेन्द्र सिंह बम
सह–अध्यक्ष: कुमार चिमोरिया
वरिष्ठ उपाध्यक्ष: राजकुमार देवकोटा
उपाध्यक्ष: लक्ष्मण बन्जाडा
महासचिव: प्रकाश बस्नेत
उप–महासचिव: राजेन्द्र कुमार राउत
सचिव: नेत्र कटुवाल, कमल गौतम
कोषाध्यक्ष: जोती मान बानिया
सह–कोषाध्यक्ष: सन्तोष न्यौपाने
सदस्यहरू:
रोशन पौडेल
विनोद त्रिपाठी
जयराम अधिकारी
सुनिल पुरी
राजकुमार डंगोल
भूपेन्द्र भण्डारी
रामबहादुर बस्नेत
अमन लामा
शम्भु घिमिरे
कार्यक्रममा केन्द्रीय कार्यसमिति साथै बागमती प्रदेश कार्यसमिति पनि घोषणा गरिएको छ । नवनिर्वाचित सम्पूर्ण टिमलाई विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, व्यवसायी समुदाय र शुभेच्छुकहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
नयाँ नेतृत्वले अटोमोबाइल व्यवसायसम्बन्धी नीति निर्माण, कर प्रणाली, बजार विस्तार, सीप विकास तथा वातावरणमैत्री प्रविधिको प्रवर्द्धनमा प्राथमिकता दिने बताइएको छ ।


