• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण १०, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      गङ्गबुको विनायक अस्पताल: गुणस्तरीय सेवा र आधुनिक प्रविधिसँगै बिरामीको भरपर्दो रोजाइ

      ५ घण्टा अघि

      Om Samaj Dental Hospital and Mutu Foundation Nepal bring smiles to the faces of 377 patients in Barpak Sulikot

      ५ घण्टा अघि

      बाढीपहिरो र कटानका कारण यी राजमार्ग प्रभावित

      ६ घण्टा अघि

      लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिलो राजनीतिक पुस्ता तयार, अब चुनावमा उम्मेदवार बन्ने घोषणा

      ६ घण्टा अघि

      मोहम्मद सालाह टर्की जाने तयारीमा

      ६ घण्टा अघि

      नेपाली युवाको बढ्दो विदेशमोह: कारण पहिचान र समाधानका लागि सेडाको वैज्ञानिक अध्ययन

      १ दिन अघि

      बंगलादेशका राष्ट्रपति शहाबुद्दिनले दिए राजीनामा

      १ दिन अघि

      एक वर्षमा काठमाडौंमा अपराधका ११ हजार बढी मुद्दा दर्ता, ८ हजार ५ सय बढी पक्राउ

      १ दिन अघि

      मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

      १ दिन अघि

      जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

      १ दिन अघि

      नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब नाघ्यो, कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हिस्सा

      २ दिन अघि

      भारतको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’

      २ दिन अघि

      यस्तो छ आजका लागि कृषिउपजको मूल्य

      २ दिन अघि

      अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

      २ दिन अघि

      बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

      २ दिन अघि
    आज: २०८३ श्रावण १०, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठकबाट साझा धारणा बनाउनु पर्छ : नेता महर

  • पुष्कर राज पाण्डे
  • २०८० चैत्र १९, सोमबार (२ साल अघि)
  • २०६७५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • चैत १९, काठमाडौं ।मुलुकमा विद्यमान समस्याको निकासका लागि नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरेर साझा एजेण्डा तय गर्नुपर्ने कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको धारणा छ। आज काठमाडौंको नयाँ बानेश्वरमा शिक्षक संघ संगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएर अहिलेको परिस्थितिबाट मुलुकलाई कसरी निकास दिने भन्ने विषयमा छलफल गर्नुपर्ने बताए।

    ‘सांसदले संसदमा उठाउने कुरा पार्टीलाई जानकारी नै नहुने हो भने पार्टीले त्यसको भारी बोक्न सक्दैन। मुलुक संवेदनशील अवस्थामा छ। यस्तो अवस्थामा मुलुकलाई निकास दिन पार्टीको संसदीय दल र केन्द्रीय समितिको साझा धारणा हुनुपर्छ। र, त्यही धारणालाई बोकेर हामी जनतामाझ जानुपर्छ,’ उनले भने।

    वर्तमान सरकारले सुशासनको दाबी गरिरहेको भए पनि भनाइ र व्यवहार ठ्याक्क विपरीत रहेको महरको आरोप छ। ‘सरकारले सुशासनको कुरा गरिरहेको भए पनि त्यो व्यवहारमा देखिँदैन। सहकारी ठगीको आरोप लागेका व्यक्तिलाई गृहमन्त्री बनाएर देशका प्रधानमन्त्री नै उनको बचाउमा उभिनु भएको छ। त्यो मुलुकका लागि लज्जाको विषय हो,’ महरले भने।

    सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारी ठगीको आरोपी रहेको र उनलाई नै गृहमन्त्रालयको जिम्मेवारी दिइसकेपछि अनुसन्धान प्रभावित हुने कुरामा दुईमत नभएको महरको दाबी छ। ‘जनतामा भ्रम छरेर रवि जी पानीमाथिको ओभानो हुन खोज्दै हुनुहुन्छ। उहाँको गलत चरित्रको ढाकछोपमा प्रधानमन्त्री नै लाग्नु भएको छ। सहकारी ठगको हातमा गृह मन्त्रालय बुझाउँदा उनीमाथि निष्पक्ष छानबिन हुन्छ भनेर कसरी विश्वास गर्ने?,’ महरले भने।

    संसदभित्र कांग्रेसले उच्चस्तरीय छानबिन समिति गठन गर्न र गृहमन्त्रीमाथि छानबिन गर्न आवाज उठाएकोमा प्रतिपक्षीको आवाजलाई बेवास्ता गर्न खोज्नुले पनि सरकारको पारदर्शितामा ठूलो प्रश्न चिन्ह खडा भएको महरले बताए।

    ‘यस्तो अवस्थामा कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठक बसेर हामीले साझा धारणा बनाउनुपर्छ भन्ने मेरो माग हो। बैठकले के कस्ता एजेण्डा ल्याउने र कसरी अगाडि बढ्ने भन्ने विषयमा साझा रणनीति तय गर्नुपर्छ,’ उनले भने।

    जनतासामु कांग्रेसले आफ्ना एजेण्डा कसरी प्रस्ट पार्ने भन्नेमा नै अहिले अन्यौलता देखिएको उनले बताए। यस्तो अवस्थामा केन्द्रीय समिति बैठक बस्न नसक्नु दुखद भएको महरको भनाइ छ।

    १४ औ महाधिवेशन पछि पार्टीका पाँच जना पदाधिकारी पाँचतर्फ फर्किनु भएको छ। सत्ताबाट बहिर्गमन हुनु प्रधानमन्त्री प्रचण्डले बईमानी गरेको भनेर मात्रै पुग्दैन ।भी 5 ले (पदाधीकारीहरुले) आफु पनि चुकेको हो कि भनेर आत्मसमिक्षा नर्गर्ने ? महरले प्रश्न गरे ।पदाधिकारीका नाममा आजसम्म उहाँहरूको भूमिका र गतिविधि खासै प्रभावकारी देखिएको छैन। उहाँहरू पार्टी र सदनमा पनि खरो रूपमा प्रस्तुत हुन नसक्दा आसातित उपलब्धि भएको छैन। पार्टीका गतिविधिहरूलाई पनि प्रभावशाली रूपमा प्रस्तुत गर्ने भूमिका देखाउनु भएको छैन,’ महरले भने।

    कांग्रेसले अहिले सत्ताका लागि र्‍याल काट्न नहुनेसमेत महरले बताएका छन्। उनले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै कांग्रेसले राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउने भूमिका खेल्नुपर्ने धारणा राखेका छन्। पार्टीको घोषणापत्रमा उल्लेख कुरालाई सार्थक बनाउन यतिबेला कांग्रेस केन्द्रित हुनुपर्ने उनले बताए। यत्तिमात्र गर्ने हो भने कांग्रेसलाई २०८४ मा बहुमत ल्याउन कसैले रोक्न नसक्ने महरको धारणा छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    बाढीपहिरो र कटानका कारण यी राजमार्ग प्रभावित

    लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिलो राजनीतिक पुस्ता तयार, अब चुनावमा उम्मेदवार बन्ने घोषणा

    बंगलादेशका राष्ट्रपति शहाबुद्दिनले दिए राजीनामा

    एक वर्षमा काठमाडौंमा अपराधका ११ हजार बढी मुद्दा दर्ता, ८ हजार ५ सय बढी पक्राउ

    मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

    जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

    समाचार

    गङ्गबुको विनायक अस्पताल: गुणस्तरीय सेवा र आधुनिक प्रविधिसँगै बिरामीको भरपर्दो रोजाइ

    Om Samaj Dental Hospital and Mutu Foundation Nepal bring smiles to the faces of 377 patients in Barpak Sulikot

    बाढीपहिरो र कटानका कारण यी राजमार्ग प्रभावित

    लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिलो राजनीतिक पुस्ता तयार, अब चुनावमा उम्मेदवार बन्ने घोषणा

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑