• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ आश्विन १६, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      २०८२ फागुन २१ मा संघीय चुनाव नभए के हुन्छ ? निर्वाचन आयोगका माग र सम्भावित बाटोहरू

      १३ घण्टा अघि

      जलेको देश र अनिश्चित भविष्य

      १ दिन अघि

      डेङ्गी रोग सङ्क्रमणबाट जोगिन कामपाको आग्रह

      १ दिन अघि

      माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु

      १ दिन अघि

      नवमीका दिन सवारी साधनको पूजा

      १ दिन अघि

      च्याङ्ग्रा गाउँ पुग्न नपाएपछि स्थानीय खसीबोकामै निर्भर

      १ दिन अघि

      पर्यटकीय ‘सिजन’मै सुनसान मनाङ

      १ दिन अघि

      इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी

      १ दिन अघि

      सयपत्री फूलखेती विस्तार

      १ दिन अघि

      राष्ट्रिय संवाद अपरिहार्य: फागुनको निर्वाचन सम्पन्न गर्न वा संसद पुनःस्थापना गर्न नैनसिंह महरको जोड

      ३ दिन अघि

      तुईन खोलामा फेरि पहिरो खस्यो, सडक पूर्ण रुपमा अवरुद्ध

      ३ दिन अघि

      काठमाडौं उपत्यकाबाट एकै दिनमा एक लाख ११ हजार बाहिरिए

      ३ दिन अघि

      नेपाल बैंकका कर्मचारी र ग्राहकलाई Hyundai गाडी खरिदमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता

      ३ दिन अघि

      प्रथम वार्षिक साधारण सभा सम्पन्न

      ३ दिन अघि

      सीप र संघर्षकी प्रतीक – राधीका कार्की थापा

      ३ दिन अघि
    आज: २०८२ आश्विन १६, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    राष्ट्रिय संवाद अपरिहार्य: फागुनको निर्वाचन सम्पन्न गर्न वा संसद पुनःस्थापना गर्न नैनसिंह महरको जोड

  • लाईभ नेपाल
  • २०८२ आश्विन १३, सोमबार (३ दिन अघि)
  • ९३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट

  • काठमाडौं, असोज ११, २०८२

    नेपाली कांग्रेसका नेता नैनसिंह महरले मुलुकको वर्तमान संकट समाधानका लागि तत्काल राष्ट्रिय संवाद आवश्यक रहेको बताउनुभएको छ। उहाँले अन्यौलग्रस्त लोकतान्त्रिक प्रक्रियालाई सुचारु गर्न कि त फागुन २१ गतेका लागि घोषित निर्वाचनका माध्यमले नयाँ जनमत लिने वा संसद पुनःस्थापना गरेर संविधानलाई सही मार्गमा ल्याउने विषयमा राष्ट्रिय संवाद मार्फत निर्क्यौल गर्नुपर्नेमा जोड दिनुभएको छ।

    आज स्कुल अफ डेमोक्रेसीले राजधानीमा आयोजित ‘वर्तमान संकट र समाधान’ विषयक विमर्श कार्यक्रममा बोल्दै नेता महरले वर्तमान राजनीतिक अस्थिरता, आर्थिक मन्दी र संस्थागत भ्रष्टाचारले नागरिकमा गहिरो निराशा छाएको उल्लेख गर्नुभयो।

    युवा आक्रोश र भ्रष्टाचार प्रमुख चुनौती

    महरले लाखौं युवा रोजगारीका लागि विदेशिन बाध्य हुनु र महँगीले आम नागरिकको जीवनयापन कष्टकर बन्नु चिन्ताको विषय भएको बताउनुभयो। “राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र कमजोर हुँदा र आन्तरिक कलहमा फस्दा जनतामा व्यवस्थाप्रति नै वितृष्णा जाग्नु स्वाभाविक हो,” उहाँले भन्नुभयो। हालै देखिएका युवा आक्रोश र सडक प्रदर्शनहरूले पनि राजनीतिक नेतृत्वलाई गम्भीर हुन सचेत गराएको उहाँको भनाइ थियो।

    जनतामा गुमेको आत्मविश्वास जगाउन र राष्ट्र पुनर्निर्माणको अभियान थाल्न सुशासन स्थापनाका लागि भ्रष्टाचार विरुद्धको अभियान थाल्नुपर्नेमा महरले जोड दिनुभयो। उहाँले भन्नुभयो, “भ्रष्टाचार देशको सबैभन्दा ठूलो शत्रु हो, जबसम्म यसलाई जरैदेखि उखेल्न सकिँदैन, तबसम्म राष्ट्र निर्माणको कुरा गर्नु निरर्थक हुन्छ।”

    सम्पत्ति छानबिनको माग

    भ्रष्टाचार अन्त्यका लागि महरले २०१८ सालदेखि आजसम्म सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिनका लागि अधिकार सम्पन्न उच्चस्तरीय समिति बनाउनु पर्ने माग गर्नुभयो। ठूला काण्डहरूमा समेत राजनीतिक संरक्षण हुने गरेकाले आमजनताको राज्य संयन्त्रमाथिको विश्वास गुम्दै गएको भन्दै उहाँले वर्तमान सरकार परवाह नगरी अगाडि बढेमा जनताले अस्वीकार गर्ने चेतावनी दिनुभयो।

    राष्ट्रपतिबाट राष्ट्रिय संवादको आह्वान गर्न सुझाव

    नेता महरले लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ राजनीतिक दलहरू नै भएकाले राष्ट्रपतिले अन्तरिम सरकार प्रमुखसहित सबै राजनीतिक दलहरूलाई समावेश गरेर राष्ट्रिय संवादको आयोजना गर्नुपर्ने सुझाव दिनुभयो। यस संवादले नै फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण निर्माण गर्न वा अन्य विकल्पबारे निर्णय लिन मद्दत पुग्ने उहाँको तर्क थियो।

    उहाँले आफू सदैव जनताले खोजेको परिवर्तनको पक्षमा रहेको बताउनुभएको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    जलेको देश र अनिश्चित भविष्य

    डेङ्गी रोग सङ्क्रमणबाट जोगिन कामपाको आग्रह

    माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु

    नवमीका दिन सवारी साधनको पूजा

    च्याङ्ग्रा गाउँ पुग्न नपाएपछि स्थानीय खसीबोकामै निर्भर

    पर्यटकीय ‘सिजन’मै सुनसान मनाङ

    समाचार

    डेङ्गी रोग सङ्क्रमणबाट जोगिन कामपाको आग्रह

    माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु

    नवमीका दिन सवारी साधनको पूजा

    च्याङ्ग्रा गाउँ पुग्न नपाएपछि स्थानीय खसीबोकामै निर्भर

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑