• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ चैत्र १८, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

      १२ घण्टा अघि

      अस्ट्रेलियाद्वारा इन्धन करमा ५० प्रतिशत कटौतीको घोषणा; उपभोक्तालाई ठूलो राहत मिल्ने

      १२ घण्टा अघि

      संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

      १२ घण्टा अघि

      एम्बुलेन्स सेवा सञ्चालन तयारी : एम्बुलेन्स सेवालाई वैज्ञानिकता, व्यावहारिकता र सहज बनाउँदै लगिने

      १२ घण्टा अघि

      vivo Teases the Upcoming V70 Flagship

      १२ घण्टा अघि

      चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते

      १२ घण्टा अघि

      यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य

      १२ घण्टा अघि

      ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ?

      १३ घण्टा अघि

      आज मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

      १४ घण्टा अघि

      Foton Motors Nepal Strengthens Its Presence in Eastern Nepal with Itahari Showroom Inauguration and Customer Meet

      १ दिन अघि

      ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

      १ दिन अघि

      जब सबै पछि हटे, उनी अघि बढे: राजन थापाको अद्भुत सेवा कथा

      १ दिन अघि

      प्रधानमन्त्रीको प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त, पारदर्शिता र विश्वासमा जोड

      १ दिन अघि

      सरकारले ल्याएको ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोशन प्लान’ उपयोगी : अध्यक्ष ढकाल

      १ दिन अघि

      स्थानीयदेखि उपत्यकाभरि आकर्षण बन्दै सान इन्टरनेशनल कलेज

      १ दिन अघि
    आज: २०८२ चैत्र १८, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    बाँसगढीमा प्राङ्गारिक मल कारखाना स्थापना

  • लाईभ नेपाल
  • २०८२ मंसिर ६, शनिबार (४ महिना अघि)
  • ४३४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • बर्दिया, ६ मंसिर । देशभरी नै रासायनिक मलको अभावमा भइरहेको समयमा बर्दियाको बाँसगढी नगरपालिकाले प्राङ्गारिक मल उत्पादन गर्ने भएको छ ।

    आगामी बैशाख देखि प्रांगारिक मल उत्पादनको सुरुवात गर्ने गरी नगरपालिकाले मल कारखाना निर्माण गरिरहेको छ ।
    बाँसगढी नगरपालिका वडा नं ४ मदाहा नजिक रहेको गौशालाको छेउमा प्राङ्गारिक मल कारखाना निर्माणाधिन रहेको छ । नगरपालिकाको तीन करोड र प्रदेश सरकारको एक करोड गरि जम्मा चार करोडको लगानीमा प्राङ्गारिक मल कारखाना निर्माण थालिएको हो ।

    २०८१ फागुन देखि निर्माण सुरु गरिएकोमा आगामी चैत महिना सम्म निर्माण सम्पन्न हुने छ । आगामी बैशाख देखि उत्पादन सुरु गरि धान र मकैको सिजनमा कृषकहरूलाई मल उपलब्ध गराउने योजना रहेको बाँसगढी नगरपालिकाका नगरप्रमुख खडकबहादुर खड्काले बताए ।

    नगरपालिका भित्र कृषकहरूलाई सहुलियत मुल्यमा मल उपलब्ध गराउने र मल बचेमा अरु छिमेकी नगरपालिकामा पनि बिक्रि गर्ने उनले बताए ।

    कारखानाका लागि आवश्यक पर्ने गोबर गौशालाबाट उपलब्ध हुने, गौशालाले नपुगेको गोबर विभिन्न फर्मबाट खरिद गरिने योजना छ । थप कच्चा पदार्थका लागि विभिन्न सामुदायिक वनबाट झारपात ल्याएर मल बनाउने योजना रहेको नगरप्रमुख खड्काले बताए ।
    कारखाना सञ्चालन पछि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा युवाहरूले रोजगारी पाउने छन् । घरगाउँमा खेर गईरहेका, सामुदायिक वनमा रहेका घाँस र झारपात संकलन गरेर कारखानामा बिक्रि गरेर पनि नगरबासी स्वरोजगार बन्ने छन् । बाँसगढी नगरपालिकामा उत्पादन हुने कुहिने फोहोर पनि संकलन गरेर कारखानामा खपत गरिने उनले बताए ।

    कारखाना नगरपालिका, नगरपालिका भित्रका सहकारी र नगरबासीहरू मिलेर सञ्चालन गर्ने योजना बनाईएको छ । ‘सञ्चालनका लागि कार्यविधि समेत बनाउँदै छौँ,’ नगरप्रमुख खड्काले भने,‘कार्यविधि बनाएर व्यवस्थीत रुपमा कारखाना चलाउने योजना रहेको छ।’ सुरुमा दैनिक पाँच हजार मेट्रिक टन प्राङ्गारिक मल उत्पादन गर्ने योजना रहेको छ ।

    नेपाल सरकारले पठाउने रासायनीक मलमा मात्र भर पर्दा कृषकहरूले दुःख पाइरहेका छन् । पर्याप्त मात्रामा रासायनिक मल नहुँदा खाद्यन्न उत्पादन घट्दो छ । पछिल्लो समयमा गाइबस्तु पाल्ने कृषक कम हुँदै गइरहेका र प्राङ्गारिक मलको अभावले खेतबारीको गुणस्तर घट्दै गइरहेको हुँदा कारखाना स्थापना गरि मल उत्पादन गर्न लागिएको बाँसगढी नगरपालिकाकी नगर उपप्रमुख इन्दिरा चौधरीले बताए ।
    उनले मल कारखाना स्थापना गर्नुको मुख्य उद्देश्य भनेको कृषकलाई आग्र्यानिक खेती तर्पm आर्कषित गर्नु पनि हो । मल उत्पादन पछि विस्तारै अर्गानिक विषादीहरू पनि उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए ।

    प्राङ्गारिक मल कारखाना सञ्चालन भएपछि नगरपालिकाभरी मलको अभाव नहुने र नगरबासीलाई रोजगारी पनि हुने बाँसगढी नगरपालिका वडा ४ मदाहाका भगवती थारूले बताए ।

    ‘लामो समय पछि नगरपालिकाले राम्रो काम गरेको छ’ उनले भने,‘अब नगरपालिका आग्र्यानिक कृषी खेतीतर्फ अगाडि बढ्छकी भन्ने आशा जागेको छ ।’

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

    अस्ट्रेलियाद्वारा इन्धन करमा ५० प्रतिशत कटौतीको घोषणा; उपभोक्तालाई ठूलो राहत मिल्ने

    संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

    एम्बुलेन्स सेवा सञ्चालन तयारी : एम्बुलेन्स सेवालाई वैज्ञानिकता, व्यावहारिकता र सहज बनाउँदै लगिने

    vivo Teases the Upcoming V70 Flagship

    चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते

    समाचार

    वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

    अस्ट्रेलियाद्वारा इन्धन करमा ५० प्रतिशत कटौतीको घोषणा; उपभोक्तालाई ठूलो राहत मिल्ने

    संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

    एम्बुलेन्स सेवा सञ्चालन तयारी : एम्बुलेन्स सेवालाई वैज्ञानिकता, व्यावहारिकता र सहज बनाउँदै लगिने

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑