• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १४, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      चाडपर्वलाई संगठन विस्तारको अवसर बनाउँदै मनिष मिश्र, सर्लाही–४ मा सक्रियता बढ्यो

      ७ घण्टा अघि

      एभ्री बाउन्ड्री काउन्ट्स: एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा

      ७ घण्टा अघि

      एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

      ७ घण्टा अघि

      काठमाडौंमा तीनदिने ‘स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला’ हुने

      ७ घण्टा अघि

      मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह

      ७ घण्टा अघि

      नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह

      ८ घण्टा अघि

      नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित

      ८ घण्टा अघि

      पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

      ८ घण्टा अघि

      एनपिएलः लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

      ८ घण्टा अघि

      देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा आठ जनाको मृत्यु

      ८ घण्टा अघि

      नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

      ८ घण्टा अघि

      वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

      ८ घण्टा अघि

      सञ्चारकर्ममा कुनै बाधा नपरोस् भन्ने कुरामा सहयोग गर्न प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

      १0 घण्टा अघि

      उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी

      १ दिन अघि

      सुन तोलामा ३ हजार २ सय रुपैयाँ घट्यो

      १ दिन अघि
    आज: २०८३ कार्तिक १४, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    खोटो सिक्काले भ्रममा राखेर बजार कब्जा गर्न खोज्यो : कांग्रेस नेता महर

  • पुष्कर राज पाण्डे
  • २०८१ बैशाख ७, शुक्रबार (२ साल अघि)
  • २५२५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १४ मिनेट

  • बैशाख ७, बझाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस लोकतन्त्रको सक्कली सिक्का भएकाले नक्कली सिक्काहरू परास्त हुँदै जाने बताएका छन्।

    नपाली काँग्रेस जिल्ला कार्यसमिति बझाङले आयोजना गरेको बझाङ प्रदेश सभा (क) उपनिर्वाचन लक्षित अन्तक्रिया सम्बोधन गर्दै नेता महरले नक्कली सिक्काले भ्रममा राखेर सक्कली सिक्कालाई बजारबाट विस्तापित गर्छु भनेर सोच्नु दिवा सपनामात्रै हुने बताए।

    ‘नक्कली सिक्काले भ्रममा राखेर सक्कली सिक्कालाई बजारबाट विस्तापित गर्न खोज्छ। अहिले नेपालमा पनि नक्कली लोकतन्त्रवादीहरूले लोकतन्त्रको खोल ओडेर लोकतान्त्रिक पद्धतिमाथि कब्जागर्न खोजेका छन्। उनीहरूले जनतालाई भ्रममा राखेर नेपालको लोकतान्त्रिक पद्धतिमाथि चुनौति खडा गर्न खोजेको देखिन्छ। यस्ता लोकतन्त्रका नक्कली सिक्का आफैँ खुइलिएर र विस्तापित भएर जानेछन्,’ उनले भने।

    लोकतन्त्रमा च्याँखे थापेर रंगोली मनाउने नक्कली सिक्कालाई परास्त गर्न जनतासँग महरको अपिल छ। ‘कम्युनिस्ट र नयाँ शक्तिका नाममा उदाएका दलहरू भ्रममा बाचिरहेका छन्। उनीहरूले लोकतन्त्रलाई कमजोर तुल्याउन विभिन्न षडयन्त्र गरिरहेका छन्। जनतालाई भ्रममा राखेर शासन कमजोर तुल्याइ आफू अनुकूल चलाउन खोज्नेहरू अहिले सत्तामा छन्। विभिन्न महा काण्डमा मुछिएका मन्त्रीहरूले मुलुक र शासन कमजोर भए आफूहरू चलखेल गर्न पाउँछौं सोचिरहेका छन्,’ महरले भने, ‘अब त्यो कपटपूर्ण षडयन्त्र धेरै दिन टिक्दैन। जनतामा दूध र पानीलाई छुट्याउन सक्ने क्षमता छ। हामी जनतालाई भ्रममा राख्न दिँदैनौं।’

    गलत प्रवृत्तिलाई कमजोर तुल्याएर लोकतन्त्रको जगलाई थप बलियो बनाउन उपनिर्वाचनमा कांग्रेसलाई मतदान गर्न महरले आग्रह गरे। ‘गलत प्रवृत्तिलाई साथ नदिऔं। अब गलत प्रवृत्तिको पर्दाफास गरेर कांग्रेसलाई विजयी गराएर लोकतन्त्रको जग बलियो बनाऔं,’ उनले भने।

    त्यसका लागि पूर्वको इलाम र सुदूरपश्चिमको बझाङबाट कांग्रेस उम्मेदवारलाई विजयी गराएर लोकतन्त्रको पक्षमा उभिन महरले जनतासँग अपिल गरेका छन्। नेपालमा लोकतन्त्रवादी बलिया छन् र लोकतन्त्रको जग कसैले हल्लाउन सक्दैन भन्ने सन्देश यही उपनिर्वाचनबाट जनताले दिनुपर्ने उनको धारणा छ।

    ‘लोकतन्त्रको जगमाथि दोहोरो प्रहार भइरहेको छ। नयाँ र पुराना राजनीतिक दलले कांग्रेसलाई एक्लाउँदै भ्रमको कुण्डली निर्माण गरिरहनु भएको छ। यो धेरै दिन टिक्ने छैन। हामीले नचलाउँदै खरानीको घर जस्तो भ्रमको जग आफैँ गरल्याम्म ढल्ने छ। लोकतन्त्रका नक्कली सिक्काहरू विस्तापित हुँदै जानेछन्,’ महरले भने।

    कांग्रेसले अब २०८४ सम्म जनताको साथमा रहेर सशक्त प्रतिपक्षी दलको भूमिका निर्वाह गर्नुपर्ने महरको धारणा छ। जनताको आकांक्षालाई पुरा गरेर लोकतन्त्रको गजलाई बलियो बनाउने अभिभारा कांग्रेसको भएकाले यसप्रति पार्टी थप जिम्मेवार हुनुपर्ने उनले बताए।

    देश निर्माणका लागि विदेशीरहेका युवाहरूलाई स्वदेशमै रोक्न वातावरण बनाउन आवश्यक भएको र त्यसको नेतृत्व कांग्रेसले गर्ने महरको भनाई छ। उनले सबैको साझा प्रयासबाटमात्र मुलुक समृद्ध हुने बताए। समृद्धिका लागि लोकतन्त्रको जित हुनुपर्ने र त्यसका लागि कांग्रेसको विजय अतिआवश्यक रहेको उनले औंल्याए।

    कार्यक्रममा कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, कांग्रेस नेता प्रकाश स्नेही, पूर्वमन्त्री नरेश बहादुर सिंह, नेता डा. सुरेश मल्ल, कांग्रेस बझाङ सभापति खडक बोहरालगायतले आफ्नो धारणा राखेका थिए।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    चाडपर्वलाई संगठन विस्तारको अवसर बनाउँदै मनिष मिश्र, सर्लाही–४ मा सक्रियता बढ्यो

    एभ्री बाउन्ड्री काउन्ट्स: एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

    काठमाडौंमा तीनदिने ‘स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला’ हुने

    मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह

    नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह

    समाचार

    चाडपर्वलाई संगठन विस्तारको अवसर बनाउँदै मनिष मिश्र, सर्लाही–४ मा सक्रियता बढ्यो

    एभ्री बाउन्ड्री काउन्ट्स: एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

    काठमाडौंमा तीनदिने ‘स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला’ हुने

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑