• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ३०, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

      ७ घण्टा अघि

      राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

      ७ घण्टा अघि

      नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

      ८ घण्टा अघि

      यस्ता छन् सरकारका मुख्य ३ निर्णय

      १ दिन अघि

      अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

      १ दिन अघि

      गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

      १ दिन अघि

      रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

      १ दिन अघि

      अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

      १ दिन अघि

      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

      १ दिन अघि

      माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत अग्राधिकार शेयर नेप्सेमा सूचीकृत, आजदेखि दोस्रो बजारमा कारोबार

      १ दिन अघि

      कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह

      १ दिन अघि

      अनियन्त्रित भाडा आवासले थिचिँदै शहरी पूर्वाधार

      १ दिन अघि

      Xiaomi launches 17T in Nepal with a new era of Leica-Powered optics with Telephoto Capabilities, and Leica Live Moment

      १ दिन अघि

      बूढानीलकण्ठलाई ‘टुरिजम हब’ बनाउने संकल्प: ५० युवालाई पर्यटन प्रवर्द्धन तथा अभिमुखीकरण तालिम, पर्यटन क्षेत्रका दिग्गज कर्ण शाक्यको विशेष प्रस्तुति

      २ दिन अघि

      सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

      ४ दिन अघि
    आज: २०८३ जेष्ठ ३०, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  पर्यटन

    विभिन्न नगरका जात्रा समेट्ने प्रचलनले सांस्कृतिक एकता र सद्भाव बलियो बनाएको छ : वडाध्यक्ष आशामान संगत

  • लाईभ नेपाल
  • २०८२ मंसिर १४, आईतबार (६ महिना अघि)
  • ६१३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । काठमाडौँको पशुपति क्षेत्रमा नवदूर्गा (न्याँलाकेगु) जात्रा प्रारम्भ भएको छ । बाला चर्तुदशी पछिको नवमी र दशमीका दिन पहिलो चोटी पाशुपत क्षेत्रको जयवागेश्वरी प्राङ्गणमा नृत्य प्रदर्शन गर्ने गरिएको छ । यसरी जयबागेश्वरीबाट सुरु यस नाच विभिन्न समयमा विभिन्न स्थानमा प्रदर्शन गरिन्छ । सबैले नवदूर्गा जात्रा भनेर चिन्ने यो परम्परा, भक्तपुर नगरको मानव सभ्यतामा आधारित श्री नवदूर्गा भवानीको ङा लाकेगु जात्रा हो ।

    यो नेपालकै लामो जात्राको रुपमा परिचित छ । यस्ता परम्परा आपसी सांस्कृतिक सहभाव र सद्भावका अद्वितीय उदाहरण हुन् । जात्रा सञ्चालनका विषयमा प्रतिक्रिया दिँदै महानगरपालिकको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगत भन्नुहुन्छ, ‘जात्रा सञ्चालनका लागि वडाबाट आर्थिक सहयोग प्रदान गर्ने गरेका छौँ । तर, यसले पुग्दैन । स्थानीय श्रद्धालुहरुबाट पनि आर्थिक सहयोग प्राप्त हुने गरेको छ ।

    जात्रा व्यवस्थापनमा जयबागेश्वरी युवा क्लवले काम गर्ने गरेको छ ।’ संगतका अनुसार ११ वर्षसम्म हरेक वर्ष नियमित रुपमा जात्रा सञ्चालन हुन्छ । १२ औँ वर्षमा नवदूर्गाको जात्रा हुँदैन । यसको ठाउँमा ललितपुरमा ल्याइने हरिसिद्धिको नाच प्रदर्शन हुन्छ । जयबागेश्वरीमा नाचका लागि भक्तपुरबाट आएका देवगणहरुको पशुपतिनाथ र पशुपति परिसरमा भएका देवगणसँग भेट भएको छ । यसक्रममा जय वागेश्वरीमा मूल पुजारीले नवदूर्गालाई पूजा दिएर भैरवलाई जल र प्रसाद अर्पण गर्नुभएको थियो ।

    पशुपतिको मूल चोकमा देवगणको नाच गरेर भेट गर्ने, गुजेश्वरी देवतालाई नाचका रुपमा भेट गर्ने, दक्षिणतर्फको शिवालय चोकमा मु बां लिकेगु जात्रा गर्ने र पशुपति क्षेत्र विकास कोषबाट पूजा लिने प्रचलन छ । यससँगै जयबागेश्वरीमा नाच प्रदर्शन भएको छ । यी संस्कार हिजो सकिएका छन् । यी संस्कारसँगै यस वर्षको पहिलो ख जुयगु (बास बस्ने) काम जयबागेश्वरीमा भएको छ । आज वाराही, महाकालीसहित विभिन्न नाच प्रदर्शन हुनेछन् । श्वेत भैरवले माछा मार्ने नृत्य आजको प्रमुख आकर्षण हुनेछ ।

    राजा आनन्द देवले भक्तपुर सहरको स्थापना गर्दा आठ दिशामा अष्टमातृका र केन्द्रमा भैरव स्थापना गरेर राज्य बसालेका थिए । तिनै अष्टमातृका देवगणको संयुक्त रुप नै नवदुर्गा भवानीको मूल स्वरुप हो । वर्षभरि आठ महिना मुकुन्डो सहित र चार महिना मुकुन्डो रहित हुने यस जात्राका मुख्य देवगणहरु भैरव, महाकाली, बाराही, कुमारी, गणेश, ब्रह्मायणी, महेश्वरी, वैष्णवी, इन्द्रयणी, दुम्म, सिम्म, श्वेत भैरव, महादेव गरी १३ वटा मुकुन्डोसहितका देवगण हुन्छन् । ३ थरीका बाजामा ३ जना बाद्यगण, धोमा पोमी, दतिमा पोमी (महालक्ष्मी) र झिमा पोमी गरी ३ जना भण्डारी र १ नकीं सहितका देवगण यस जात्राका मुख्य पात्र हुन् ।

    नवदूर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार नारायणमान बनमालाका अनुसार जात्राको मूल थलो भक्तपुर नगर हो । नगरका २३ ठाउँमा जात्रा चलाइन्छ । यससँगै काठमाडौँको जयवागेश्वरी, टोखा, साङ्ग्ला, चपली, टुपेक, गोकर्णमा जात्रा चलाउने गरिएको छ । हाडीगाउँमा १२ वर्षमा चलाइन्छ । काठमाडौँकै साँखु र काभ्रेको साँगा, नाला, धुलिखेल, श्रीखण्डपुर, बनेपा, पनौतीमा चलि आएको छ । जात्रामा महालक्ष्मीको मूर्ति अगाडि ल्याइन्छ । यसलाई बोलीचालीको भाषामा सिफा द्योः भन्ने गरिन्छ । यस मुकुटमा महालक्ष्मीको आकृति कोरिएको हुन्छ । जात्राका सबै नाच देवीका अगाडि नाचिन्छ ।

    नाच र विशेषता नाच प्रदर्शनको पहिलो क्रममा भैरवनाथको नाच देखाइन्छ । जसमा सबै देवगण हुन्छन् । सबैले आफ्नो ठाउँबाट नाच प्रदर्शन गर्छन् । दैत्य संहारमा आधारित यो नाचमा भैरवले दैत्यको संहार गरेर मानव जीवनलाई सामान्य बनाएको कथा हुन्छ । नवदूर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सचिव सचिव लक्ष्मीप्रसाद बनमालाका अनुसार पहिलो चरणको नाचपछि भैरवसँगै महाकालीको प्रवेश हुन्छ । जसमा भैरव र महाकालीको दाम्पत्य जीवनको आशय, आपसी प्रेम, आपसी भोग प्रदर्शन गरिन्छ । नाचमा पालैपालो सबै देवगणको महापात्र भोग र नाच प्रस्तुत हुन्छ ।

    यसै समयमा कुमारी देवी (सरस्वती) नाचको विषेश महत्व रहेको छ । आफू छोरीचेली भइकन पनि आफूलाई अन्तिममा मात्र महापात्र भोग गराइयो भनेर देवीले गरेको विरह नाचको विशेषता हो । यस नाचलाई ‘कुमारी तुलेगु’ भनिन्छ । पहिलो चरणको नाचपछि पूर्ण गणेशको मङगल सिद्धि नाच, क्रमशः बं्रहमायणी, महेश्वरी, कुमारीको नाच र वैष्णवीको धान रोप्ने नाच प्रदर्शन हुन्छ । यी प्रस्तुतिसँगै पहिलो दिनका नृत्यस प्रस्तुतिहरु समापन हुन्छन् । दोस्रो दिन बिहानै बाराही देवीको नाच प्रदर्शन गरिन्छ । यो नाचबाट धनधान्यको लाभ होस् भन्ने कामना गरिन्छ । न्याँलाकेगु जात्राको अर्को आर्कषण भनेको सिम्मदुम्म नाच हो । अघिलो दिन सानासाना बालक देवगणहरुले यस दिन बाराही र कुमारीद्वारा दुम्म र सिम्मको रुप लिन्छन् ।

    हिजोका साना गण आज ठूलो भएर भक्तजनबाट दक्षिणा लिन र आर्शीवाद दिन आएको भन्दै नाच देखाइन्छ । श्रीमान श्रीमती बीचको माया, श्रीमानको कर्तब्य, नारीको दायित्वका कथा यस नाचमा देख्न सकिन्छ । यो नाचको ‘ङा लाकेगु’ भाग रोमाञ्चक हुन्छ । दुम्मले माछा समाएर आफ्नी श्रीमती सिम्मलाई खुसी पार्न जिस्क्याउने, भक्तलाई माछाको प्रतीक मानेर लखेट्ने, समाउने भएकोले यो क्षण रोमाञ्चक हुन्छ । महाकाली नाच महत्वपूर्ण भाग हो । यस नाचमा जात्राका मुख्य आकर्षण ‘श्वेत भैरव’ को भूमिका देखाइन्छ । किंवदन्ती अनुसार ‘मुर’ नाम गरेको दैत्यले तीनै लोकमा दुख दिएपछि महाकाली स्वयमले दैत्य स्वर्ग, मत्र्य र पाताल जताजता जान्छ, त्यतैत्यतै गएर दैत्यको संहार गरेको कथा नाचमा देखाइन्छ ।

    दैत्यको संहार पछि पनि महाकालीले क्रोध नियन्त्रण गर्न नसकेर सर्वत्र भयावह अवस्था सिर्जना भएको नाचमा देखाइन्छ । बाजा नवदूर्गा भवानीको नृत्यमा मुख्य ३ वटा बाजा बजाइन्छ । यसमध्येको प्रमुख बाजा खिं हो । ढिन्ताल शव्द र सुरमा हुने नवदूर्गा नाच यही बाजाको सुरमा नाचिन्छ । यस बाजालाई नन्दी महाकालका रुपमा पुजिँदै आएको छ ।

    चण्डी नारायणका रुपमा पुजिने तं बाजा मन्त्र संगीतको लयमा नाचिने नाचका क्रममा बजाइन्छ । भृङ्गी महाकालका रुपमा पुजिने क्या बाजा नवदूर्गा नाचमा मात्र बजाइने बाजा हो ।

    प्रतिक्रिया दिनुहोस


    पर्यटन सम्बन्धि थप

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

    गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

    समाचार

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑