• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १०, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

      ४0 मिनेट अघि

      बाढीमा परेका ११४ जनाको हवाई उद्धार

      ४२ मिनेट अघि

      प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

      ४६ मिनेट अघि

      प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

      ५0 मिनेट अघि

      स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”

      ५६ मिनेट अघि

      मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ

      १ घण्टा अघि

      महालक्ष्मी विकास बैंक नाडा अटो शोमा सहभागी, आकर्षक ब्याजदरमा सवारी कर्जा दिने

      १ घण्टा अघि

      लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति

      १ घण्टा अघि

      ५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

      ८ घण्टा अघि

      कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः कृषि मन्त्री चौधरी

      ८ घण्टा अघि

      रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

      ८ घण्टा अघि

      रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

      ८ घण्टा अघि

      भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

      १ दिन अघि

      घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

      १ दिन अघि

      स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

      १ दिन अघि
    आज: २०८३ भाद्र १०, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    नेपालमै पहिलो Oral & Maxillofacial अस्पताल चाहाबेलमा बन्ने, जटिल मुख–अनुहार उपचार अब स्वदेशमै

  • लाईभ नेपाल
  • २०८२ मंसिर २९, सोमबार (८ महिना अघि)
  • ८८३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट

  • ✍️राजन थापा

    काठमाडौं । नेपालमा पहिलोपटक मुख, दाँत, जबडा तथा अनुहारसम्बन्धी सबैखाले जटिल शल्य–उपचारका लागि समर्पित Oral & Maxillofacial अस्पताल निर्माण हुने भएको छ। दन्त स्वास्थ्य क्षेत्रमा सक्रिय ओं समाज डेण्टल अस्पतालले काठमाडौंको चाहाबेलमा स्थापित गर्दै गरेको यो अस्पताल नेपालमा विशेष उपचार संरचनाको अभावले विदेश जान बाध्य हुँदै आएका हजारौँ बिरामीका लागि नयाँ आशा बनेको छ।

    नेपालमा प्रारम्भिक रूपमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (TU Teaching Hospital) ले Maxillofacial service सुरु गरे पनि यस्तो सेवाका लागि छुट्टै, अत्याधुनिक, विशेषज्ञ मात्रामै समर्पित संरचना भने कहिल्यै बनेको थिएन। यही अभावलाई टार्न र देशमै गुणस्तरीय सेवा सहज बनाउने उद्देश्यसहित ओं समाज डेण्टल अस्पतालले ‘नेपालकै पहिलो पूर्ण Maxillofacial Dedicated Hospital’ स्थापनाको घोषणा गरेको हो।

    अस्पतालका वरिष्ठ मुख–जबडा तथा अनुहार शल्य विशेषज्ञ डा. सुवास घिमिरेका अनुसार नेपालमा अनुहार चोट–पटक, जबडा भाँचिने, क्यान्सर, मुखभित्रका ट्यूमर, संक्रमण, तथा जन्मजात विकृतिका केस अत्यधिक देखिन्छन्। डा. सुवास भन्छन्, “यस्ता जटिल समस्या सामान्य दन्त चिकित्सक वा सामान्य सर्जनले समाधान गर्न सक्दैनन्। यसका लागि विशेष प्रशिक्षण प्राप्त Maxillofacial विशेषज्ञ, अत्याधुनिक उपकरण र पूर्ण संरचना आवश्यक हुन्छ।” उनका अनुसार नेपालका धेरै बिरामी विगत वर्षहरूमा भारत, थाइल्यान्ड वा तेस्रो मुलुकमा महँगो खर्चमा उपचार गर्न बाध्य थिए।

    “अब नेपालीहरूले उपचारका लागि विदेश धाउनुपर्ने आवश्यकता रहँदैन। हामी नेपालमै सुरक्षित, किफायती र विश्वस्तरको सेवा दिन सक्षम छौँ,” घिमिरेले स्पष्ट रूपमा बताए। Oral & Maxillofacial Surgery के हो ? डा. सुवासका अनुसार यो दन्त विज्ञान र शल्य–चिकित्साको अत्यन्त उन्नत र जटिल शाखा हो। यसले निम्न उपचारहरू सम्हाल्छः

    – अनुहार दुर्घटना तथा जबडा भाँचिने

    – मुखभित्रका संक्रमण तथा गम्भीर इन्फेक्सन

    – क्यान्सर, ट्यूमर तथा रोग निदान

    – टिस्यु र हड्डी पुनर्निर्माण

    – अनुहार–हड्डी असन्तुलन तथा Orthognathic Surgery

    – दन्त–जबडा मिलान सुधार

    – जटिल दन्त–इम्प्लान्ट तथा पूर्ण मुख पुनर्निर्माण

    उनका अनुसार यो सेवा नेपालमा धेरै आवश्यक छ, किनकि “यातायात दुर्घटना वृद्धि, औद्योगिक दुर्घटना, मुख क्यान्सरका केस, जन्मजात विकृति र मुखभित्रका संक्रमणले धेरै नागरिक प्रभावित छन्। यस्ता समस्यामा छिटो, सही र विशेषज्ञ उपचार नभए जीवन नै जोखिममा पर्न सक्छ।” अत्याधुनिक सुविधासहितको नयाँ अस्पताल चाहाबेलमा बन्ने यस अस्पतालमा निम्न सुविधा रहने बताइएको छः

    – आधुनिक अपरेशन थिएटर

    – 3D डिजिटल इमेजिङ तथा स्क्यान

    – इन–हाउस ल्याब

    – ICU तथा आपतकालीन कक्ष

    – एनिस्थेसिया विभाग

    – Facial Trauma Unit

    – Post-operative recovery ward

    डा. सुवासका अनुसार अस्पतालले नेपालकै स्तरमा ‘Complete Maxillofacial Care’ दिने लक्ष्य बनाएको छ। ओं समाज डेण्टलको निरन्तर सेवा यात्रा ओं समाज डेण्टल अस्पतालले विगत केही वर्षयता चाबहिल, नैकाप, बनस्थलि सातदोबाटो बर्दिबासलगायत स्थानहरूमा किफायती, भरपर्दो र पहुँचयोग्य दन्त सेवा प्रदान गर्दै आएको छ।

    नियमित निःशुल्क स्वास्थ्य शिविर, जनचेतना कार्यक्रम र कम लागतमा गुणस्तरीय दन्त उपचारका कारण संस्थाले जनविश्वास कमाएको छ। नयाँ संरचना सञ्चालनमा आएपछि ओं समाज डेण्टल अस्पताल नेपालमै पहिलो समर्पित Maxillofacial अस्पतालको रूपमा स्थापित हुने छ। यसले स्वदेशमै विश्वस्तरको उपचार उपलब्ध गराएर समाजका हजारौँ बिरामीलाई राहत मिल्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

    बाढीमा परेका ११४ जनाको हवाई उद्धार

    प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

    प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

    स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”

    मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ

    समाचार

    स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

    बाढीमा परेका ११४ जनाको हवाई उद्धार

    प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

    प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑