• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ३१, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

      २0 घण्टा अघि

      राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

      २१ घण्टा अघि

      नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

      २२ घण्टा अघि

      यस्ता छन् सरकारका मुख्य ३ निर्णय

      १ दिन अघि

      अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

      १ दिन अघि

      गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

      १ दिन अघि

      रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

      १ दिन अघि

      अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

      १ दिन अघि

      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

      १ दिन अघि

      माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत अग्राधिकार शेयर नेप्सेमा सूचीकृत, आजदेखि दोस्रो बजारमा कारोबार

      १ दिन अघि

      कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह

      १ दिन अघि

      अनियन्त्रित भाडा आवासले थिचिँदै शहरी पूर्वाधार

      १ दिन अघि

      Xiaomi launches 17T in Nepal with a new era of Leica-Powered optics with Telephoto Capabilities, and Leica Live Moment

      १ दिन अघि

      बूढानीलकण्ठलाई ‘टुरिजम हब’ बनाउने संकल्प: ५० युवालाई पर्यटन प्रवर्द्धन तथा अभिमुखीकरण तालिम, पर्यटन क्षेत्रका दिग्गज कर्ण शाक्यको विशेष प्रस्तुति

      २ दिन अघि

      सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

      ४ दिन अघि
    आज: २०८३ जेष्ठ ३१, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  कृषि

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

  • लाईभ नेपाल
  • २०८२ पौष ४, शुक्रबार (५ महिना अघि)
  • ६५११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • कञ्चनपुर। यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल पोक्स’ रोगको सङ्क्रमण देखिएको छ । नगरपालिकाको वडा नं ८ का किसानले फार्ममा पालेका कुखुरामा उक्त भाइरल रोगको सङ्क्रमण पुष्टि भएको हो । नगरपालिकाका पशुपन्छी शाखा प्रमुख रामप्रसाद भट्टका अनुसार फाउल पोक्स भाइरस कुखुरा तथा अन्य पन्छीमा देखिने सङ्क्रामक भाइरल रोग हो । यसलाई एभिन पोक्स पनि भनिन्छ ।

    सङ्क्रमित कुखुरामा कल्ली, ठुँडो, आँखाको वरिपरि तथा पखेटामा दाना, फोका वा पपडीजस्ता घाउ देखिने, खाना कम खाने, कमजोर हुने, तौल घट्ने तथा अण्डा उत्पादन घट्ने लक्षण देखापर्ने उनले उल्लेख गरे । केही गम्भीर अवस्थामा मुख र घाँटीभित्र घाउ देखिँदा श्वास फेर्नसमेत समस्या हुने र कुखुराको मृत्युदर उच्च हुने शाखा प्रमुख भट्टले बताए ।

    सो रोग सङ्क्रमण देखिएका फार्मका सञ्चालकलाई मल्टिभिटामिनयुक्त इम्युनो–बुस्टर औषधि प्रयोग गर्न सुझाव दिइएको पशुपन्छी शाखाका पशु चिकित्सक भोजराज पाण्डेयले जानकारी दिए। “यस्ता औषधि कुखुरालाई खुवाउँदा रोगप्रतिरोधात्मक क्षमता बढ्ने हुन्छ, यसले कुखुराको मृत्युदर घटाउन मद्दत गर्छ”, उनले भने ।

    अन्य कुखुरा फार्ममा उक्त रोगको सङ्क्रमण फैलिन नदिन किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको उनको भनाइ छ । फाउल पोक्स सङ्क्रमित कुखुरासँगको प्रत्यक्ष सम्पर्क, फार्ममा प्रयोग हुने उपकरण तथा लामखुट्टे र अन्य कीरामार्फत फैलिने जनाइएको छ ।

    समयमै नियन्त्रण नगरेमा किसानलाई ठूलो आर्थिक क्षति हुनसक्ने जोखिम रहेको पशुपन्छी शाखाले जनाएको छ । पशुपन्छी शाखाले किसानलाई सङ्क्रमित कुखुरालाई अन्य कुखुराबाट अलग राख्न, फार्मको सरसफाइमा ध्यान दिन, लामखुट्टे तथा कीरा नियन्त्रण गर्न र आवश्यक परेमा फाउल पोक्सविरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

    साथै रोगको शङ्का लागेमा ढिलाइ नगरी नजिकको पशु सेवा केन्द्रमा जानकारी गराउन अनुरोध गरिएको छ । फाउल पोक्स मानिसमा नसर्नेे रोग भएकाले मानव स्वास्थ्यमा प्रत्यक्ष असर नपर्ने पशुपन्छी शाखाका चिकित्सक पाण्डेयको भनाइ छ । कुखुराका चल्ला बाह्य क्षेत्रबाट आयात गर्दा त्यसबाटै सो रोगको सङ्क्रमण भएको हुनसक्ने आशङ्का गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    कृषि सम्बन्धि थप

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

    गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

    समाचार

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑