
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुनको मूल्य तीन लाख रुपैँयाँ रहेको थियो ।
यस्तै, सोमबार चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ । आइतबार तोलामा ५ हजार ५ सय रूपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय पाँच रूपैयाँ घटेको हो।


