• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ३०, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

      १३ घण्टा अघि

      राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

      १३ घण्टा अघि

      नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

      १४ घण्टा अघि

      यस्ता छन् सरकारका मुख्य ३ निर्णय

      १ दिन अघि

      अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

      १ दिन अघि

      गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

      १ दिन अघि

      रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

      १ दिन अघि

      अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

      १ दिन अघि

      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

      १ दिन अघि

      माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत अग्राधिकार शेयर नेप्सेमा सूचीकृत, आजदेखि दोस्रो बजारमा कारोबार

      १ दिन अघि

      कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह

      १ दिन अघि

      अनियन्त्रित भाडा आवासले थिचिँदै शहरी पूर्वाधार

      १ दिन अघि

      Xiaomi launches 17T in Nepal with a new era of Leica-Powered optics with Telephoto Capabilities, and Leica Live Moment

      १ दिन अघि

      बूढानीलकण्ठलाई ‘टुरिजम हब’ बनाउने संकल्प: ५० युवालाई पर्यटन प्रवर्द्धन तथा अभिमुखीकरण तालिम, पर्यटन क्षेत्रका दिग्गज कर्ण शाक्यको विशेष प्रस्तुति

      २ दिन अघि

      सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

      ४ दिन अघि
    आज: २०८३ जेष्ठ ३०, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  आर्थिक

    सात महिनामा बजेट खर्च ४०.८ प्रतिशत मात्रै, पुँजीगत खर्च १५ प्रतिशतमा सीमित

  • लाईभ नेपाल
  • २०८२ फागुन १, शुक्रबार (४ महिना अघि)
  • ४०६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनाको अवधी सकिदाँ सरकारले विनियोजित बजेटको आधा पनि खर्च गरेको छैन ।

    अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएकोमा माघको अन्त्यसम्ममा ८ खर्ब १ अर्ब मात्रै बजेट खर्च गर्न सरकार सफल भएको छ । जुन खर्च विनियोजित बजेटको ४०.८ प्रतिशत हो । सरकारले खर्च गरेको बजेटमा पनि चालु खर्चको हिस्सा ठूलो छ ।

    चालु खर्च भनेको सरकारले आफ्नो नियमित तथा दैनिक सञ्चालनका लागि गर्ने खर्च हो । कर्मचारीहरूको तलव, भत्ता र पेन्सन, कार्यालय सञ्चालन खर्च, कार्यालय सामग्री तथा स्टेसनरी खरिद, सामाजिक सुरक्षा भत्ता बैठक भत्ता चालु शीर्षकबाटै खर्च हुन्छ । यसै गर्नका लागि जेठ १५ को बजेटमा सरकारले ११ खर्ब ८० अर्ब बजेट यो शिर्षकमा छुट्टाएको थियो । सोमध्ये सरकारले अन्त्यसम्ममा चालु शिर्षकमा ५ खर्ब ६२ अर्ब खर्च गरेको छ । यो खर्च उक्त शिर्षकमा विनियोजन गरिएको मध्ये ४७.६२ प्रतिशत हो ।

    सरकारले पुँजीगत बजेट अत्यान्तै न्यून खर्च गरेको छ । पुँजिगत खर्च भनेको भौतिक संरचना निर्माण, सम्पती खरिद वा दीर्घकालीन लगानीका लागि गरिने खर्च हो । यसले देशको पूँजी निर्माणमा योगदान पुर्याउँछ ।

    सडक, पुल, विमानस्थल निर्माण, विद्यालय भवन वा अस्पताल निर्माण

    नयाँ सरकारी गाडी खरिद, जलविद्युतजस्ता परियोजनामा लगानी गरेर दीर्घकालीन लाभ दिन छुट्टाइएको बजेट खर्च हुनै सकेको छैन । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा सरकारले ४ खर्ब ७ अर्ब छुट्टाएको थियो । जसमध्ये ६३ अर्ब ७२ करोड बजेट माघ मसान्तसम्ममा खर्च भएको छ । जुन खर्च उक्त शिर्षकमा छुट्टाइएकोमध्ये १५.६२ प्रतिशत मात्रै हो । यसले पनि विकास निर्माणको काम सुस्त बनेको देखाएको छ ।

    सरकारले वित्तीय व्यवस्था शिर्षकमा ३ खर्ब ७५ अर्ब छुट्टाएकोमा समीक्षा अवधिमा १ खर्ब ७५ अर्ब खर्च गरेको छ । उक्त शिर्षकमा विनियोजित बजेटको ४६.७१ प्रतिशत मात्रै खर्च भएको देखिन्छ ।

    वित्तीय व्यवस्थामा छुट्टाइएको बजेट खासगरी सार्वजनिक ऋण व्यवस्थापनमा खर्च हुने गरेको छ । यो ऋणको दायित्व बढ्दै जाँदा यसको खर्च बढ्नु स्वभाविक देखिदै आएको छ ।

    राजश्वमा सुधार

    चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा राजस्व संकलनमा सुधार देखिएको छ । साउनदेखि माघ मसान्तसम्म ६ खर्ब ६९ अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको माघसम्म ६ खर्ब ५० अर्ब ९० करोड संकलन भएको थियो । मन्त्रालयको तथ्यांक अनुसार आयकर र गैरकरबाहेक सबै शीर्षकको राजस्व संकलन बढेको छ ।

    ब्याजदरमा निरन्तर गिरावट तथा सेयर र घरजग्गा कारोबारमा देखिएको मन्दीले आयकर संकलन प्रभावित भएको अर्थ मन्त्रालयले जनाएको छ ।

    माघसम्म भन्सार महसुल १ खर्ब ३५ अर्ब ३२ करोड संकलन भएको छ । यो अवधिमा १ खर्ब ९६ अर्ब ४४ करोड भ्याट संकलन भएको छ । गत आवको माघसम्म १ खर्ब ८२ अर्ब ६० करोड भ्याट उठेको थियो ।

    मन्त्रालयको अन्तःशुल्क पनि बढेको छ । शिक्षा तथा सेवा शुल्कको वृद्धिदरदेखिएको छ । गैरकर राजश्व भने घटेको छ ।

    माघको अन्त्यतिर अर्थमन्त्री रामेश्वर खनालले चालु बजेट खर्च र राजश्व प्राप्ति शुरुवातको तुलनामा हासिल गर्न नसक्ने भन्दै घटाएका थिए । मुलुक निर्वाचनमा होमिएकाले पनि बजेट खर्च गर्न कठिन परिरहेको उनले बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

    गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

    समाचार

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑