
पर्वत। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार सागर भुसाल ११ हजारभन्दा बढी मतान्तरसहित विजयी भएका छन् ।
शनिबार बिहान सम्पन्न मतगणनाअनुसार २६ हजार ५६१ मत प्राप्त गर्दै उनी सांसद चुनिएको निर्वाचन आयोगले जनाएको छ ।
भुसालका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार अर्जुनप्रसाद जोशीले १५ हजार ९५४ मत ल्याए । नेकपा (एमाले)का उमेदवार पदम गिरी १५ हजार ७५ मतसहित तेस्रो स्थानमा रहे ।