• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ १३, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

      १ दिन अघि

      रास्वपाको मतदान सम्पन्न, परिणाम २ घण्टाभित्र

      २ दिन अघि

      ललितपुर महानगरको बजेट ७ अर्ब ४८ करोड

      २ दिन अघि

      एकैदिन सुनको मूल्य ५ हजार २०० रुपैयाँले घट्यो

      २ दिन अघि

      मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

      २ दिन अघि

      आगामी मौद्रिक नीति निजी क्षेत्रमैत्री बनाउन चेम्बरको सुझाव, २० प्रतिशतभन्दा बढी कर्जा प्रवाहको माग

      २ दिन अघि

      बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो

      २ दिन अघि

      तातो हावाको लहर कायमै रहने सम्भावना

      २ दिन अघि

      फिफाबाट निलम्बनमा पर्‍यो एन्फा

      २ दिन अघि

      Class 12 results controversy: Students protesting at Maitighar, permission received from administration

      २ दिन अघि

      तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

      ३ दिन अघि

      ६ महिनासम्म निष्क्रिय सिमकार्ड पुनः बिक्री गर्ने बाटो खुल्यो, कारण खुलाएर नचलाई राख्न पनि पाइने

      ३ दिन अघि

      कुलेखानीमा प्याब्सन कीर्तिपुरको विशेष कार्यक्रम: शिक्षा प्रमुखको सम्मानजनक बिदाइ र स्वागत

      ३ दिन अघि

      अध्यक्ष श्रेष्ठसहितको टोलीको पहलमा कृषि एम्बुलेन्स सेवा सञ्चालन, नीलकण्ठ ८ लाई कृषि आत्मनिर्भरतातर्फ लैजाने लक्ष्य

      ४ दिन अघि

      आँकुरा सहकारीको पहलमा कृषि एम्बुलेन्स, कृषकको उत्पादन बजारसम्म पुर्‍याइने

      ४ दिन अघि
    आज: २०८३ अषाढ १३, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    चाबहिलमा निर्माण हुँदै नेपालको पहिलो अत्याधुनिक म्याक्सिलोफेसियल अस्पताल

  • लाईभ नेपाल
  • २०८२ फागुन २६, मंगलबार (३ महिना अघि)
  • ७२२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट

  • अब जटिल अनुहार, बङ्गारा तथा मुख रोगको उपचार स्वदेशमै, विदेश धाउनुपर्ने बाध्यता घट्ने अपेक्षा

     

    काठमाडौं । अनुहार, बङ्गारा तथा मुखसम्बन्धी जटिल रोगबाट पीडित नेपालीहरूका लागि अब स्वदेशमै अत्याधुनिक उपचार सम्भव हुने भएको छ । वर्षौँदेखि यस्ता रोगहरूको उपचारका लागि विदेश धाउनुपर्ने बाध्यतामा रहेका हजारौँ बिरामीहरूका लागि आशाको नयाँ किरणका रूपमा काठमाडौंको चाबहिल क्षेत्रमा नेपालकै पहिलो अत्याधुनिक म्याक्सिलोफेसियल अस्पताल निर्माण प्रक्रिया सुरु गरिएको छ ।

    दन्त स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सेवा दिँदै आएको Om Samaj Dental Hospital ले मुख, दाँत, बङ्गारा, अनुहार तथा घाँटीसँग सम्बन्धित जटिल रोगहरूको उपचारका लागि पूर्ण रूपमा समर्पित अस्पताल निर्माण गर्ने घोषणा गरेको हो । अस्पताल सञ्चालनमा आएपछि विशेष उपचारका लागि विदेश जानुपर्ने बाध्यतामा रहेका बिरामीहरूले स्वदेशमै विश्वस्तरीय सेवा पाउने विश्वास गरिएको छ ।

    नेपालमा मुख तथा अनुहारसम्बन्धी जटिल शल्यक्रिया सेवा उपलब्ध भए पनि पूर्ण रूपमा समर्पित र आधुनिक प्रविधिसहितको म्याक्सिलोफेसियल अस्पताल संरचना हालसम्म निर्माण हुन सकेको थिएन। यही अभावलाई सम्बोधन गर्ने लक्ष्यसहित यो महत्वाकांक्षी परियोजना अघि बढाइएको अस्पताल प्रशासनले जनाएको छ । यस परियोजनाको नेतृत्व मुख तथा अनुहार शल्यचिकित्सा विशेषज्ञ Dr. Subhash Ghimire ले गरिरहेका छन् ।

    दन्त स्वास्थ्य क्षेत्रमा लामो अनुभव र विशेषज्ञता हासिल गरेका डा. घिमिरे नेपालमा मुख, बङ्गारा तथा अनुहारसम्बन्धी जटिल शल्यक्रियामा सक्रिय चिकित्सकका रूपमा परिचित छन्। डा. घिमिरेका अनुसार पछिल्ला वर्षहरूमा नेपालमा ट्राफिक दुर्घटना, औद्योगिक दुर्घटना, मुख तथा अनुहारको क्यान्सर, भित्री ट्युमर, गम्भीर संक्रमण तथा जन्मजात विकृतिका घटनामा उल्लेखनीय वृद्धि भइरहेको छ ।

    विशेषगरी सडक दुर्घटनाका कारण अनुहार र बङ्गारामा गम्भीर चोट लाग्ने बिरामीहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको उनले बताए । उनका अनुसार यस्ता बिरामीहरूलाई समयमै उपचार नपाउँदा शारीरिक मात्र होइन, मानसिक र सामाजिक रूपमा पनि ठूलो असर पर्ने गर्दछ । धेरै बिरामीहरू आर्थिक अभावका कारण उपचार ढिला हुने वा उपचार नै नपाउने अवस्थामा पुग्ने गरेका छन् । डा. घिमिरे भावुक हुँदै भने, “दुर्घटनापछि अनुहार बिग्रिएको, बङ्गारा भाँचिएको वा मुखको क्यान्सरका कारण पीडित धेरै बिरामीहरू आर्थिक अभावका कारण समयमै उपचार पाउन सक्दैनन् ।

    कतिपय बिरामीहरू उपचारका लागि घरजग्गासमेत बेचेर विदेश जान बाध्य भएका उदाहरणहरू पनि छन् । यस्तो अवस्था परिवर्तन गर्नु हाम्रो जिम्मेवारी हो ।” उनका अनुसार अनुहार तथा मुखसम्बन्धी जटिल शल्यक्रिया सामान्य दन्त चिकित्सक वा सामान्य शल्यचिकित्सकबाट सम्भव हुँदैन । यस्ता उपचारका लागि विशेष रूपमा प्रशिक्षित म्याक्सिलोफेसियल सर्जन, अत्याधुनिक उपकरण तथा उच्चस्तरीय पूर्वाधार आवश्यक पर्ने हुन्छ ।

    डा. घिमिरेले भने, “हामीले निर्माण गर्न लागेको अस्पतालको मुख्य उद्देश्य भनेको उपचारका लागि विदेश जाने बाध्यता कम गर्नु हो। नेपाली बिरामीहरूले आफ्नै देशमा सुरक्षित, किफायती र विश्वस्तरीय सेवा पाउनुपर्छ भन्ने हाम्रो विश्वास हो ।” निर्माणाधीन अस्पतालमा अत्याधुनिक अपरेशन थिएटर, थ्रीडी डिजिटल इमेजिङ तथा स्क्यानिङ प्रणाली, इन–हाउस प्रयोगशाला, आईसीयू सेवा, आपतकालीन कक्ष, एनेस्थेसिया विभाग, फेसियल ट्रमा युनिट तथा अपरेटिभ रिकभरी वार्डजस्ता अत्याधुनिक सुविधाहरू रहने जनाइएको छ ।

    अस्पतालले दुर्घटनाबाट अनुहारमा चोट लागेका बिरामी, बङ्गारा भाँचिएका बिरामी, मुख तथा अनुहारको क्यान्सर, ट्युमर, जन्मजात विकृति तथा अन्य जटिल रोगहरूको उपचार एउटै छानामुनि उपलब्ध गराउने लक्ष्य राखेको छ । यसका साथै अस्पताललाई केवल उपचार केन्द्रका रूपमा मात्र नभई अनुसन्धान, तालिम तथा नयाँ प्रविधिको विकास गर्ने केन्द्रका रूपमा पनि विकास गर्ने योजना रहेको डा. घिमिरेले जानकारी दिए। उनका अनुसार भविष्यमा नेपालमै दक्ष म्याक्सिलोफेसियल विशेषज्ञ उत्पादन गर्न अस्पतालले महत्वपूर्ण भूमिका खेल्नेछ ।

    अस्पतालले युवा चिकित्सकहरूलाई तालिम दिने, आधुनिक प्रविधि भित्र्याउने तथा अन्तर्राष्ट्रिय स्तरका स्वास्थ्य संस्थासँग सहकार्य गर्ने योजना पनि बनाएको छ। दन्त स्वास्थ्य सेवा क्षेत्रमा सक्रिय Om Samaj Dental Hospital ले विगत केही वर्षदेखि किफायती तथा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

    साथै अस्पतालले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम तथा सामाजिक सेवामूलक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। विशेषगरी ग्रामीण तथा विपन्न समुदायसम्म पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानलाई अस्पतालले प्राथमिकता दिएको जनाएको छ । चाबहिल क्षेत्रमा निर्माण हुन लागेको यो अस्पताल केवल एउटा स्वास्थ्य संस्था मात्र नभई हजारौँ बिरामीहरूको आशा, विश्वास र भविष्यसँग जोडिएको परियोजनाका रूपमा हेरिएको छ ।

    यदि योजना अनुसार निर्माण सम्पन्न भई सेवा सुरु भएमा नेपालमा म्याक्सिलोफेसियल उपचारको क्षेत्रमा नयाँ युगको सुरुवात हुने अपेक्षा गरिएको छ । यसले नेपाली बिरामीहरूको उपचार खर्च घटाउनुका साथै स्वदेशमै आधुनिक स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    रास्वपाको मतदान सम्पन्न, परिणाम २ घण्टाभित्र

    ललितपुर महानगरको बजेट ७ अर्ब ४८ करोड

    एकैदिन सुनको मूल्य ५ हजार २०० रुपैयाँले घट्यो

    मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

    आगामी मौद्रिक नीति निजी क्षेत्रमैत्री बनाउन चेम्बरको सुझाव, २० प्रतिशतभन्दा बढी कर्जा प्रवाहको माग

    समाचार

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    रास्वपाको मतदान सम्पन्न, परिणाम २ घण्टाभित्र

    ललितपुर महानगरको बजेट ७ अर्ब ४८ करोड

    एकैदिन सुनको मूल्य ५ हजार २०० रुपैयाँले घट्यो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑