• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ १६, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

      ११ घण्टा अघि

      ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन तीन स्थानमा स्वास्थ्य तथा M.N. Hospital काे सहभागी

      ११ घण्टा अघि

      ऊर्जा, सिँचाइ र हरित औद्योगिकीकरणमा सरकारको ठूलो लगानी, प्रसारण लाइनदेखि बहुउद्देश्यीय आयोजनासम्म बजेट केन्द्रित

      ११ घण्टा अघि

      पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

      १२ घण्टा अघि

      म्यान्माका राष्ट्रपति भारत भ्रमणमा

      १२ घण्टा अघि

      आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

      १२ घण्टा अघि

      ५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको कर फिर्ता लिन कुलमान घिसिङको माग

      १२ घण्टा अघि

      अर्थ मन्त्रालयको वेबसाइटबाट हटाइयो आर्थिक विधेयक

      १२ घण्टा अघि

      काठमाडौँ महानगर-१४ को सहकार्य र लाइभ नेपालको आयोजनामा उद्घोषण तालिम सम्पन्न, विद्यार्थीले भने- ‘अब मञ्चसँग डर लाग्दैन’

      १ दिन अघि

      फिलिपिन्सका किम्बर्टलाई हराउँदै रविन्द्र ढाँट ‘रोड टु युएफसी’ काे सेमिफाइनलमा

      १ दिन अघि

      आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

      १ दिन अघि

      नेपाली सूचना प्रविधि उत्पादन तथा सेवालाई विश्व मञ्चमा पुर्‍याउने सुवर्ण अवसर : ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ का लागि आवेदन खुला

      १ दिन अघि

      नागार्जुनको ठूलागाउँ माध्यमिक विद्यालयमा शैक्षिक क्रान्ति: महानायक राजेश हमाल र तारकेश्वर नगरपालिकाका मेयर महर्जनद्वारा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

      २ दिन अघि

      छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

      ४ दिन अघि

      लाइभ नेपाल नेटवर्कको आयोजनामा जनपथ माविमा ५ दिने उद्घोषण तथा ‘पब्लिक स्पिकिङ’ तालिम सुरु

      ४ दिन अघि
    आज: २०८३ जेष्ठ १६, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    रोबटले रिबन काट्यो, मेसिनले पानस बाल्यो !

  • लाईभ नेपाल
  • २०८२ चैत्र १, आईतबार (२ महिना अघि)
  • २९७७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । शिक्षा क्षेत्रमा नयाँ सोच र आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको कश्यप एकेडेमीले आफ्नो दोस्रो वार्षिकोत्सव समारोहलाई अनौठो र स्मरणीय शैलीमा सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन रोबटले कैँची समातेर रिबन काट्दै र मेसिनबाट पानसमा बत्ती बालेर गरिएको दृश्यले उपस्थित सबैलाई रोमाञ्चित बनायो । विद्यालय परिसरमा देखिएको यो प्रविधिमैत्री दृश्यले उपस्थित अभिभावक, विद्यार्थी र अतिथिहरूलाई आश्चर्यचकित मात्र बनाएन, शिक्षा क्षेत्रमा नयाँ सम्भावनाको संकेत पनि दियो। मैत्रीनगर, कलंकीस्थित विद्यालय परिसरमा आयोजित समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    कार्यक्रम कम्पनी अध्यक्ष कमला खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष महाश्रम शर्मा उपस्थित थिए । समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिकेश तिवारी, जेष्ठ नागरिक नन्द प्रसाद सिलवाल, राष्ट्रिय योग प्रशिक्षक कञ्चन घिमिरे, विद्यालयका प्रिन्सिपल आर.बी. अधिकारी, सहायक प्रिन्सिपल नारायण पन्त, भाषा समन्वयक तथा ईसीए इन्चार्ज रबिन्सन बस्नेत, प्राथमिक तह इन्चार्ज एलिशा आचार्य लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । अभिभावक प्रतिनिधिका रूपमा ध्रुव रेग्मी र यादव सेडाईंलाई पनि विशेष आतिथ्यता प्रदान गरिएको थियो ।

    कार्यक्रमका प्रमुख झलक

    ▪ रोबटबाट रिबन काटेर तथा स्वचालित मेसिनबाट पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन

    ▪ विद्यार्थीहरूले सञ्चालन गरेको कार्यक्रमले देखायो नेतृत्व क्षमता

    ▪ संगीतकार आनन्द राईको संयोजनमा विद्यार्थीहरूको सांगीतिक प्रस्तुति

    ▪ जेष्ठ नागरिक नन्द प्रसाद सिलवाललाई सम्मान

    ▪ उत्कृष्ट शिक्षक, कर्मचारी र इन्चार्जलाई पुरस्कार

    कार्यक्रममा स्वागत मन्तव्य राख्दै सहायक प्रिन्सिपल नारायण पन्तले विद्यालयले वर्तमान समयको आवश्यकता र अभिभावकको अपेक्षालाई ध्यानमा राख्दै रणनीतिक योजनासहित अघि बढिरहेको बताए । उनले विद्यार्थीको पहिलो पाठशाला घर नै भएको उल्लेख गर्दै अभिभावकलाई आफ्ना नानीबाबुको शिक्षा र संस्कारप्रति सजग रहन आग्रह गरे ।

    त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक प्रधानाध्यापक आर.बी. अधिकारीले कश्यप एकेडेमीको मुख्य लक्ष्य संस्कार, विज्ञान–प्रविधि र उद्यमशीलतालाई एकैसाथ जोडेर समाजलाई आवश्यक पर्ने जनशक्ति तयार पार्नु रहेको बताए । “हामी केवल पाठ्यपुस्तक पढाउने विद्यालय होइनौं,” उनले भने, “हामी भविष्यका सिर्जनशील, जिम्मेवार र सक्षम नागरिक तयार पार्ने शैक्षिक केन्द्र बन्न चाहन्छौं ।” उनले छोटो समयमै अभिभावकले देखाएको विश्वासले विद्यालय परिवारलाई अझ ऊर्जा दिएको पनि बताए। प्रमुख अतिथि महाश्रम शर्माले विद्यालयले अपनाएको समग्र शिक्षा पद्धतिले भविष्यका सक्षम नागरिक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले आधुनिक प्रविधि र संस्कारयुक्त शिक्षाको संयोजन आजको शिक्षाको आवश्यकता भएको बताए ।

    कार्यक्रमको औपचारिक सञ्चालन

    अनिल खड्का र दिया ठाकुरीले गरेका थिए भने सहभागिहरूको दर्ता आश्मा कार्की र कृतन नगरकोटीले गरेका थिए । कार्यक्रमका बीच–बीचमा विभिन्न तहका विद्यार्थीहरूलाई समेत सञ्चालनको अवसर दिइएको थियो, जसले विद्यालयले नेतृत्व विकासलाई दिएको महत्वलाई झल्काएको थियो ।

    प्रतिभाको चम्किलो प्रस्तुति

    समारोहको अर्को आकर्षण भनेको विद्यार्थीहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति थियो । विद्यालयका संगीत प्रशिक्षक तथा संगीतकार आनन्द राईको संयोजनमा विद्यार्थीहरूले विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए । आफ्ना नानीबाबुको प्रतिभा देखेर अभिभावकहरू निकै उत्साहित र गर्वित देखिन्थे ।

    उत्कृष्टता सम्मान

    समारोहमा विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने शिक्षक, कर्मचारी र विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो ।

    सम्मानित व्यक्तित्वहरू

    सालिना पाण्डे — उत्कृष्ट शिक्षक

    एलिशा आचार्य — उत्कृष्ट इन्चार्ज

    इन्दिरा पौडेल — उत्कृष्ट कर्मचारी

    त्यसैगरी समाजमा अग्रजप्रतिको सम्मान संस्कारलाई कायम राख्दै नन्द प्रसाद सिलवाललाई दोसल्ला ओढाएर सम्मानपत्रसहित अभिनन्दन गरिएको थियो ।

    शिक्षा क्षेत्रमा नयाँ पहिचान

    मैत्रीनगर, कलंकीस्थित कश्यप एकेडेमीले छोटो समयमै गुणस्तरीय शिक्षा, आधुनिक प्रविधि र विद्यार्थी–केन्द्रित शिक्षण पद्धतिका कारण अभिभावक र विद्यार्थीहरूको मन जित्न सफल भएको छ । विद्यालयले संस्कार, विज्ञान र उद्यमशीलताको समन्वय गर्दै भविष्यका सिर्जनशील तथा अनुशासित नागरिक तयार पार्ने लक्ष्यलाई अघि बढाइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

    ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन तीन स्थानमा स्वास्थ्य तथा M.N. Hospital काे सहभागी

    ऊर्जा, सिँचाइ र हरित औद्योगिकीकरणमा सरकारको ठूलो लगानी, प्रसारण लाइनदेखि बहुउद्देश्यीय आयोजनासम्म बजेट केन्द्रित

    पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

    म्यान्माका राष्ट्रपति भारत भ्रमणमा

    आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

    समाचार

    Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

    ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन तीन स्थानमा स्वास्थ्य तथा M.N. Hospital काे सहभागी

    ऊर्जा, सिँचाइ र हरित औद्योगिकीकरणमा सरकारको ठूलो लगानी, प्रसारण लाइनदेखि बहुउद्देश्यीय आयोजनासम्म बजेट केन्द्रित

    पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑