• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ३०, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

      ८ घण्टा अघि

      राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

      ८ घण्टा अघि

      नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

      ९ घण्टा अघि

      यस्ता छन् सरकारका मुख्य ३ निर्णय

      १ दिन अघि

      अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

      १ दिन अघि

      गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

      १ दिन अघि

      रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

      १ दिन अघि

      अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

      १ दिन अघि

      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

      १ दिन अघि

      माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत अग्राधिकार शेयर नेप्सेमा सूचीकृत, आजदेखि दोस्रो बजारमा कारोबार

      १ दिन अघि

      कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह

      १ दिन अघि

      अनियन्त्रित भाडा आवासले थिचिँदै शहरी पूर्वाधार

      १ दिन अघि

      Xiaomi launches 17T in Nepal with a new era of Leica-Powered optics with Telephoto Capabilities, and Leica Live Moment

      १ दिन अघि

      बूढानीलकण्ठलाई ‘टुरिजम हब’ बनाउने संकल्प: ५० युवालाई पर्यटन प्रवर्द्धन तथा अभिमुखीकरण तालिम, पर्यटन क्षेत्रका दिग्गज कर्ण शाक्यको विशेष प्रस्तुति

      २ दिन अघि

      सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

      ४ दिन अघि
    आज: २०८३ जेष्ठ ३०, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  आर्थिक

    निजी क्षेत्रको एकताका लागि सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष ढकालको आह्वान

  • लाईभ नेपाल
  • २०८२ चैत्र १०, मंगलबार (२ महिना अघि)
  • २७९१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।

    महासंघको निर्वाचनको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा बोल्दै उनले निर्वाचनमा हुने प्यानलगत विभाजनले निजी क्षेत्र कमजोर हुने भन्दै समझदारीमा जोड दिएका हुन् । अहिले देशमा दुई तिहाइको स्थायी सरकार बन्ने प्रक्रियामा रहेको र यस्तो बेला निजी क्षेत्र एकढिक्का हुनुपर्ने बताए ।

    एक ढिक्का भएर आवाज उठाए मात्रै सरकारले सुन्ने उनको भनाइ छ । आफ्नो विगतको निर्वाचन अनुभव सुनाउँदै उनले भोट दिन्छु भन्ने सबैले भोट नहाल्ने यथार्थलाई बुझ्न उम्मेदवारहरूलाई आग्रह गरे ।

    विधानले पदहरू समेत बढाएकाले इगो त्यागेर पदाधिकारी तहमा सर्वसम्मत नेतृत्व चयन गर्न उनले वरिष्ठ उपाध्यक्ष र अन्य उम्मेदवारहरूलाई सुझाव दिए । निजी क्षेत्रको एउटै बलियो आवाजका लागि एकताको विकल्प नभएको उनको निष्कर्ष छ ।

    उनले भने, ‘पूर्व अध्यक्षज्यूहरु सबैजनाको यो उद्योग वाणिज्य महासंघको चुनावको हिसावमा सबैजनाको चिन्ता रहेको छ । कतै हामी अहिले जुन हिसावले निर्वाचन भएको छ र एउटा स्थायी सरकार करिव दुई तिहाइको सरकार आएर जुन सरकार गठन गर्ने एउटा उसमा गइराखेको छ, त्यो अवस्थामा हामी कतै उद्योग वाणिज्य महासंघ एकढिक्का भएनौँ भने अथवा फरक–फरक हिसाबले हामी गइयो भने हामीहरुको निजी क्षेत्रको इस्युहरु के होला ? हाम्रो आवाज सरकारले सुन्ला कि नसुन्ला ? कतै हाम्रो उद्योग वाणिज्य महासंघको एक्जिस्टिङ जुन उ होला कि नहोला भन्ने वास्तवमा यहाँ आदरणीय पूर्व अध्यक्षज्यूहरु यहाँ सबैजना हुनुहुन्छ, उहाँहरुले ठूलो कन्सर्न राख्नुभएको थियो । र मैले वास्तवमा यो फोरम मार्फत पनि म भन्न चाहन्छु, म हाम्रो हुनेवाला अध्यक्षज्यूलाई पनि म भन्न चाहन्छु, हाम्रो उपाध्यक्षको क्यान्डिडेटहरुलाई पनि म भन्न चाहन्छु अहिले चुनाव भन्दा हामी सर्वसम्मत हिसावमै जाने हो कि ? सर्वसम्मत नेतृत्वमा जान यदि सक्यौँ भने हामी हाम्रो भ्वाइसलाई एउटै भएर चाहिँ लिएर जान सकिन्छ कि ? म भन्न चाहन्छु र यहाँहरुलाई भन्न पनि चाहन्छु चुनाव भनेको सरसर्ती हेर्दा के लाग्छ भने तपाईँहरु भोट माग्न जाँदा कसैले पनि तपाईंलाई भोट दिन्न भनेर कसैले पनि भन्दैन । हरेक मानछेले तपाईँलाई त दिइहाल्छु अरु विचार गरौँला भन्छ । म उम्मेदवार साथीहरुलाई पनि भन्न चाहन्छु र म हुनेवाला अध्यक्षज्यूलाई पनि म भन्न चाहन्छु मिलाऔँ । भरसक पदाधिकारीको लागि हामी मिलाऔँ । यहाँहरुले हेर्नुभयो भने म भन्न चाहन्छु हाम्रो पूर्व अध्यक्षज्यूहरु हुनुहुन्छ । म चुनाव लडेको थिएँ। यसरी नै एउटा प्रोग्राम मैले चन्द्रागिरीमा गरेको थिएँ जिल्ला नगर उद्योग वाणिज्य संघको । त्यहाँ जसरी गर्दा खेरी पनि ७८ जनाको त्यहाँ त्यो मिटिङमा नजाने बाहेक ७८ जना मान्छे मिटिङमा नजाने मलाई भोट दिने त कति थिए कति थिए अझ बाँकी थिए । ७८ जना त केही गरे पनि १०० प्रतिशत भोट आउँछ भनेर भन्या थियो ।तर भोट कति आयो मलाई थाहा छ यहाँहरुलाई। किशोर दाईको भन्दा एक भोट कम आयो मलाई। उहाँले ५२ ल्याउनुभयो मैले ५१ ल्याएको थिएँ । यसको मतलव म उम्मेदवार साथीहरुलाई पनि के भन्न चाहन्छु भने यहाँहरु हामी बसौँ, म अध्यक्षज्यू वरिष्ठ उपाध्यक्षज्यूलाई म भन्न चाहन्छु, पूर्व अध्यक्षज्यूहरुलाई पनि भन्न चाहन्छु हामी समझदारी गरौँ । यो विधानले वास्तवमा पदहरु पनि बढाएको छ । तपाईंहरु धेरैजना पनि हुनुहुन्न र तपाईंहरुले इगो पनि नराख्नुस् । हामी यदि चुनावमा गयौँ भने इम्याजिन गरौँ त यो गत पार्लियामेन्टको चुनावमा पार्टीहरुको भन्नाले रिजल्ट यो किसिमको एक्सपेक्टेसन थियो होला र? यहाँहरुले याद गर्नुभा’ छ कि छैन? त्यसले गर्दा म आग्रह गर्न चाहन्छु वरिष्ठ उपाध्यक्षज्यूलाई र पूर्व अध्यक्षज्युहरु र पदाधिकारीज्यूहरुलाई कमसेकम सर्वसम्मत हिसावमा कमसेकम पदाधिकारी सर्वसम्मत रुपमा गरौँ । म यो आग्रह गर्न चाहन्छु ।’

    अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघको संशोधित विधानले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको प्रतिनिधित्व र अधिकारलाई व्यापक बनाएको बताए ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

    गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

    समाचार

    बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

    राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑