
काठमाडौं । सानिमा बैंक लिमिटेडले [CARE-NP] A- (Is) रेटिङ्ग प्राप्त गर्न सफल भएको छ । सानिमा बैंक लिमिटेडले २०८२ साल चैत्र २ गते Care Edge Ratings Nepal बाट [CARE-NP] A- (Is) रेटिङ्ग प्राप्त गर्न सफल भएको जनाएको छ ।
सानिमा बैंक लिमिटेडले आफ्नो विश्वसनीयता, स्थिरता र जिम्मेवार बैंकिङ प्रतिको समर्पणलाई सुदृढ गर्दै आउँदा यो मूल्याङ्कनबाट सम्मानित भएको बैंकका प्रमुख निक्षेप व्यवस्थापन हेमराज संज्यालले जनाएका छन् ।
सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२८ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।


