• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ २१, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

      १ दिन अघि

      युक्रेनमा रुसको भीषण आक्रमण

      १ दिन अघि

      राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

      १ दिन अघि

      पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

      १ दिन अघि

      नेपाल एसियन गेम्स क्रिकेटमा छनोट, बिहीबार समूह विजेताका लागि खेल्ने

      १ दिन अघि

      अन्नपूर्ण हिमाल आरोहणको ७६ वर्ष पूरा

      १ दिन अघि

      टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

      १ दिन अघि

      आरोग्य नेपाल टेकले ल्यायो स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’

      १ दिन अघि

      रञ्जना लिपि राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजाने वाहक हो, अक्षर कलाको संवाहक हो : प्रवक्ता मानन्धर

      १ दिन अघि

      विद्यालय तहबाट भलिबलको भविष्य निर्माण गर्दै एन्जल्स हार्ट, दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि

      १ दिन अघि

      काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

      १ दिन अघि

      Snow Leopards: The Hidden Saviours or Ghostly Legends?

      २ दिन अघि

      नेपालमा पहिलो पटक WRPF राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप आयोजना हुने

      ३ दिन अघि

      मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने

      ३ दिन अघि

      तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व

      ३ दिन अघि
    आज: २०८३ जेष्ठ २१, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    “मेड इन नेपाल” को पहिचानलाई विश्व बजारमा स्थापित गर्नुपर्नेमा चेम्बरका पूर्व अध्यक्ष श्रेष्ठको जोड

  • लाईभ नेपाल
  • २०८२ चैत्र २५, बुधबार (१ महिना अघि)
  • १९५४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • गोरखा । गोरखा चेम्बर अफ कमर्सले नेपाल चेम्बर अफ कमर्सको ७५औँ हीरक जयन्ती वर्षको अवसर पारेर “अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन” विषयक एक महत्वपूर्ण अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद् अध्यक्ष तथा हीरक जयन्ती समारोह समिति संयोजक राजेश काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि श्रेष्ठले विश्वव्यापी प्रतिस्पर्धाको युगमा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नु केवल विकल्प नभई राष्ट्रिय आर्थिक समृद्धिको अनिवार्य मार्ग भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालका मौलिक, परम्परागत तथा गुणस्तरीय उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन स्पष्ट नीति, निर्यातमैत्री वातावरण तथा निजी क्षेत्रको सक्रिय पहल अपरिहार्य छ ।” उहाँले थप स्पष्ट पार्दै भन्नुभयो कि चेम्बरले अन्तर्राष्ट्रिय व्यापार विस्तारका लागि बहुआयामिक रणनीति अवलम्बन गर्नुपर्ने आवश्यकता छ, जसमा अन्तर्राष्ट्रिय व्यापार मेला तथा प्रदर्शनीमा सहभागिता, द्विपक्षीय तथा बहुपक्षीय व्यापार सम्झौता, लगानी साझेदारी, प्रविधि हस्तान्तरण तथा निर्यात प्रक्रियामा सरलीकरण जस्ता पक्षहरू समावेश हुनुपर्छ ।

    साथै, डिजिटल व्यापार, प्रभावकारी ब्रान्डिङ तथा उत्पादनको मूल्य अभिवृद्धिमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले “मेड इन नेपाल” को पहिचानलाई विश्व बजारमा स्थापित गर्नुपर्नेमा विशेष जोड दिनुभयो। श्रेष्ठले स्थानीय उद्यमी तथा साना व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न चेम्बरले सेतुको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो। उहाँले चीन, भारत तथा भियतनाम लगायतका मुलुकहरूसँग व्यापार सहकार्य विस्तार हुँदै गएको र यसले नेपाली उत्पादनको निर्यात प्रवर्द्धनमा सकारात्मक प्रभाव पारिरहेको धारणा राख्नुभयो ।

    कार्यक्रममा गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष राम स्वरुप श्रेष्ठले स्थानीय उत्पादनको पहिचान, मौलिकता तथा गुणस्तर नै नेपालको मुख्य शक्ति भएको उल्लेख गर्दै त्यसलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न प्रभावकारी ब्रान्डिङ, आकर्षक प्याकेजिङ तथा सशक्त बजार रणनीति आवश्यक रहेको बताउनुभयो। उहाँले कृषि, पर्यटन तथा साना तथा मझौला उद्योगलाई लक्षित गर्दै निर्यात प्रवर्द्धनका विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

    यसैगरी, नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय कार्य समिति सदस्य एवम् गोरखा चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष भाइचन्द्र श्रेष्ठले चेम्बर अभियानको विस्तार स्थानीय तहसम्म सुदृढ रूपमा पुगेको उल्लेख गर्दै जिल्ला, नगर तथा गाउँस्तरमा गठन भएका चेम्बरहरूले उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुभयो ।

    कार्यक्रममा गोरखा महिला चेम्बर कि अध्यक्ष सबिता प्रधानले आफ्ना धारणा राख्दै महिला उद्यमशिलता विकासलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । अन्तर्क्रिया कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायी, उद्योगी, निर्यातकर्ता तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, उत्पादन विविधीकरण, गुणस्तर प्रमाणीकरण, आपूर्ति श्रृंखला सुदृढीकरण तथा लगानीमैत्री वातावरण निर्माणका विषयमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

    युक्रेनमा रुसको भीषण आक्रमण

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

    टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

    आरोग्य नेपाल टेकले ल्यायो स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’

    समाचार

    एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

    युक्रेनमा रुसको भीषण आक्रमण

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑