
काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ को दोस्रो क्वालिफायरमा गोल्डेनगेट बास्केटबल क्लबले टाइम्स बास्केटबल क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएकव छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बिहीबार साँझ सम्पन्न क्वालिफायरमा गोल्डेनगेटले टाइम्सलाई ८८-५५ ले पराजित गरेको हो । अब गोल्डेनगेटले उपाधिका लागि त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो क्वालिफायरमा गोल्डेनगेटलाई नै हराउँदे आर्मी फाइनल पुगिसकेको छ । लिग चरणमा आर्मी पहिलो र गोल्डेनगेट दोस्रो भएको थियो । त्यसैले गोल्डेनगेटले पहिलो क्वालिफायरमा हार बेहोरेपनि अर्को अवसर पाउँदा त्यसलाई सदुपयोग गर्दै आर्मीसँगै फाइनल भेट पक्का गरेको हो । अब आर्मी र गोल्डेनगेटबीचको फाइनल खेल चेत २८ गते शनिबार हुनेछ । उता लिगमा तेस्रो स्थानमा रहेको टाइम्सले एलिमिनेटरमा केभिसी हाउण्ड्सलाई पराजित गर्दै दवस्रो क्वालिफायरमा स्थान बनाएको थियो । तर गोल्डेनगेटको चुनौती भने पार गर्न नसक्दा साविक विजेता टाइम्स यस पटक फाइनल पुग्न असफल रह्यो । गोल्डेनगेटले पहिलो क्वाटरमा २५-१७ को अग्रता बनाएको थियो ।
दोस्रो क्वाटरमा पनि २१-२० को झिनो अग्तरा बनाउँदै हाफटाइमसम्म गोल्डेनगेट ४६-३७ ले अघि रह्यो । त्यसपछि गोल्डेनेगटले तेस्रो क्वाटर १५-८ र चौथो क्वाटर २७-१० ले आफ्नो पक्षमा पारेपछि फराकिलो जित हात पारेको हो । गोल्डेनगेटका पाकिस्तानी खेलाडी जाइन खानले सर्वाधिक ३१ अंक स्कोर गरे । खान खेलको म्यान अफ दि म्याच घोषित भए ।


