
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुयैयाँले घटेर २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन ३ लाख २ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार १ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।