
काठमाडाैं । नेपालमा अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको रूपमा स्थापितसामसङ नेपालले “सपनादेखि सम्भावनासम्म” नामक नयाँ अभियान सार्वजनिक गरेको छ ।
यस अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई उजागर गर्दै उनीहरूले परिवार र राष्ट्रका लागि खेलेको महत्वपूर्ण भूमिकालाई सम्मान गर्दछ । साथै, सामसङले आफ्नो इनोभेसनमार्फत मानिसहरूलाई नजिक ल्याउने र जीवनलाई अझ सहज बनाउने उद्देश्यलाई पनि सशक्त रूपमा प्रस्तुत गरेको छ ।
यस अभियानअन्तर्गत “Samsung Remit मा Benefit” नामक विशेष पहल पनि सार्वजनिक गरिएको छ, जुन अप्रिल २४ देखि लागू हुनेछ । यो योजनाले रेमिटेन्समा निर्भर नेपाली परिवारलाई लक्षित गर्दै थप सुविधा र लाभ प्रदान गर्ने लक्ष्य राखेको छ । रेमिटेन्स नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले, विदेशमा रहेका नेपालीहरूलाई राष्ट्र निर्माणका प्रमुख हिस्सेदारका रूपमा यस अभियानले विशेष सम्मान दिएको छ ।
सामसङका AI-सक्षम डिभाइसहरूले परिवारबीचको दूरी घटाउँदै दैनिक जीवनलाई स्मार्ट, कनेक्टेड र अर्थपूर्ण बनाउने अपेक्षा गरिएको छ । सहज प्रयोग अनुभव र आधुनिक प्रविधिमार्फत जीवनलाई सरल बनाउने सामसङको प्रतिबद्धता यस अभियानमा झल्किन्छ ।
यस पहलमा IME Remit, Ncell, Khalti by IME र Hulas Fin Serve Ltd. सँगको सहकार्य रहेको छ । ग्राहकहरूले Samsung उत्पादन खरिद गर्दा Ncell रिचार्जमा बोनस डाटा, २४ महिनासम्मको सजिलो EMI सुविधा, तथा Khaltiमार्फत क्यासब्याक जस्ता आकर्षक लाभ पाउनेछन् । यो अफर विशेष रूपमा विदेशबाट नेपालमा रकम पठाउने सेवाग्राहीहरूका लागि लक्षित गरिएको हो ।
यस अभियानले आधिकारिक उत्पादन छनोट, दीर्घकालीन विश्वसनीयता, वारेन्टी तथा सहज इकोसिस्टम अनुभवको महत्त्वलाई पनि जोड दिएको छ।


