• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख १६, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      स्वरोजगार तथा उद्यमी बन्न चाहनेलाई सहुलियत ऋण प्रवाह गर्न महानगरपालिका र कोष बिच सहकार्य

      ३ मिनेट अघि

      विद्यार्थी राजनीतिलाई नियन्त्रण होइन, नियमन गर ! संयोजक सत्यराज बोहरा

      १२ मिनेट अघि

      लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल

      ७ घण्टा अघि

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      ८ घण्टा अघि

      बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु

      ८ घण्टा अघि

      आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने

      ८ घण्टा अघि

      राजश्व बढाउन विलासिताका वस्तुमा लाग्दै आएको कर घटाएउनुपर्छ : चेम्बर वरिष्ठ उपाध्यक्ष मल्होत्रा

      ८ घण्टा अघि

      कांग्रेसले बोलायो विपक्षी दलहरुको बैठक

      ८ घण्टा अघि

      यो बर्ष ३.८५ प्रतिशतको आर्थिक वृद्धि, अर्थतन्त्रको आकार ६६ खर्ब

      ८ घण्टा अघि

      सरकारी सवारी दुरुपयोगमा कडाइ: ६२२ गाडी फिर्ता, सुशासनतर्फ सरकारको ठोस कदम

      ८ घण्टा अघि

      सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

      ८ घण्टा अघि

      वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षका लागि दरखास्त आह्वान

      १ दिन अघि

      इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते

      १ दिन अघि

      सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

      १ दिन अघि

      Special Opportunity to Exchange Old Vehicles for a New Proton Car

      १ दिन अघि
    आज: २०८३ बैशाख १६, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    सात वर्षीय बालकले राखे कीर्तिमान

  • लाईभ नेपाल
  • २०८३ बैशाख १५, मंगलबार (१ दिन अघि)
  • ४९७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • पोखरा। ‘हिमालले उमेर सोध्दैन, केवल साहस र दृढ इच्छाशक्ति खोज्छ’ यही उक्तिलाई सात वर्षीय भारतीय बालक तेगबीर सिंहले चरितार्थ गरिदिएका छन् ।

    विश्वकै चुनौतीपूर्ण र सुन्दर पदमार्गमध्येको एक मानिने अन्नपूर्ण सर्किटअन्तर्गत पाँच हजार ४१६ मिटर उचाइको थोरङ्लापास सफलतापूर्वक पार गर्दै उनले विश्वकै सबैभन्दा कान्छो पदयात्रीको कीर्तिमान कायम राखेका हुन् ।

    भारतको पञ्जाबस्थित रोपडका तेगबीरले सात वर्ष छ महिनाको उमेरमा यो ऐतिहासिक उपलब्धि हासिल गरे । यसअघि यो कीर्तिमान दुबईका इभान क्रुस्कोभका नाममा थियो, जसले सात वर्ष १० महिनाको उमेरमा यो उचाइ पार गरेका थिए ।

    आफ्नो बुबाका साथ अप्रिल ११ मा सुरु भएको तेगबीरको यात्रा अप्रिल १८ को बिहान ९ः२५ बजे थोरङ्ला पासको चुचुरोमा पुगेर टुङ्गियो । करिब २३० किलोमिटर लामो यो पदयात्रा सहज थिएन । माइनस १३ डिग्री सेल्सियससम्मको कठ्याङ्ग्रिदो चिसो, अपर्याप्त अक्सिजन र चुनौतीपूर्ण भौगोलिक अवस्थालाई उनको इच्छाशक्ति र साहसले सजिलै छिचोल्न सफल भयो ।

    यति सानो उमेरका तेगबीरलाई न त हाइअल्टिच्युड ९लेक लाग्ने० समस्या भयो, न त उनी कतै थाके । पदयात्रा सकेर पोखरा फर्किएका उनी लेकसाइडको एक होटलमा भेटिँदा निकै प्रफुल्ल मुद्रामा देखिए । टेबुलमा बसेर कागजको जहाज बनाउँदै खेलिरहेका उनी आफ्नो उचाइप्रतिको मोहलाई निर्दोष ढङ्गले व्यक्त गरिरहेका थिए । “मलाई नेपालमा यात्रा गर्दा निकै रमाइलो लाग्यो, मलाई हिमाल पहाड निकै मन पर्छ,” उनले उत्साहित हुँदै भने, “मलाई यहाँको दालभात र गार्लिक सुप धेरै मनप¥यो ।” यो यात्राले मेरो आत्मविश्वास अझ बढाएको छ, तेगबीरले आफ्नो अनुभव सुनाए ।

    पदयात्राका ‘ट्रेकिङ गाइड’ दलबहादुर गुरुङ ९दुले० ले यात्राका क्रममा बालक तेगबीरको जिज्ञासु स्वभाव र थकान महसुस नगरी निरन्तर हिँडिरहने क्षमताको खुलेर प्रशंसा गर्नुभयो । “मेरो दशक लामो ट्रेकिङ अनुभवमा तेगबीर जस्तो सानो उमेरको बालकलाई पहिलोपटक गाइड गर्दै थिएँ । सुरुमा यति सानो बालक कसरी हिँड्ला भन्ने लागेको थियो तर यात्रा सुरु भएपछि ऊ निकै साहसी, जिज्ञासु र रमाइलो स्वभावको देखियो,” गुरुङले भने ।

    उनका अनुसार, यात्राभर तेगबीरले देखेको प्रत्येक पहाड र हिमालतर्फ औँल्याउँदै त्यहाँ पुग्न कति दिन लाग्छ रु त्यो ठाउँ कस्तो छ रु भनेर जिज्ञासा राख्ने गर्दथे । थकाइ लाग्यो कि भनेर सोध्दा ऊर्जाका साथ लागेको छैन भन्दै जवाफ दिन्थे । गुरुङले उनमा देखिएको उत्साह, सहनशीलता, प्रकृतिप्रतिको प्रेम र अनुशासन आफूलाई अत्यन्त मन परेको बताए ।

    यात्रामा सँगै रहेका भरिया यम गुरुङले पनि तेगबीरको चञ्चल स्वभाव, प्रकृतिप्रेम र निरन्तर हिँड्न सक्ने क्षमताको प्रशंसा गर्दै भने । “उसको ऊर्जा र सकारात्मक सोचले यात्रालाई अझ सहज र रमाइलो बनायो । हामीलाई सात वर्षको बालकसँग यात्रा गरेका छौँ भन्ने आभास उसले दिएनन्, कत्ति थाकेनन्, रमाइलो कुराकानी गर्दै अघि बढ्यौँ ।”

    उनका बुबा सुखिन्दरदिप सिंहका अनुसार छोराको यो सफलताको पछाडि कडा अनुशासन, नियमित शारीरिक व्यायाम र सन्तुलित आहारको ठूलो भूमिका छ । सुखिन्दर दिप हाल मेडिकल एडमिनिस्ट्रेटिभ क्षेत्रमा कार्यरत हुनुहुन्छ भने आमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ रहेका छन् ।

    तेगबीरको यो पहिलो साहसिक यात्रा भने होइन । यसअघि नै उनले अफ्रिकाको माउन्ट किलिमन्जारो र युरोपको माउन्ट एल्ब्रसको सफल आरोहण गरिसकेका छन् । सानै उमेरदेखि विश्वका चर्चित हिमाली गन्तव्यहरूमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएका उनले सन् २०२४ मा पाँच वर्षको उमेरमा उनले करिब १० दिनको ट्रेक पूरा गर्दै पाँच हजार ३६४ मिटर उचाइमा रहेको ‘एभरेष्ट बेस क्याम्प’ पुगेका थिए ।

    सोही वर्ष उनले अफ्रिकाको सबैभन्दा अग्लो शिखर ‘माउन्ट किलिमन्जारो’ पनि आरोहण गर्दै एसियाकै कान्छो आरोहीमध्ये एक बन्न सफल भए । त्यसपछि छ वर्ष सात महिनाको उमेरमा उनले युरोपको ‘माउन्ट एल्ब्रस’ चढे भने सात वर्ष छ महिनामा नेपालकै चर्चित अन्नपूर्ण राउन्डअन्तर्गत पर्ने पाँच हजार ४१६ मिटर उचाइको थोरङलापास पार गर्दै संसारकै सबैभन्दा कान्छोमध्ये एकको कीर्तिमान कायम गरे ।

    सन् २०१८ सेप्टेम्बर २४ मा जन्मिएका तेगबीरले सानो उमेरमै अन्तरराष्ट्रिय स्तरको उदीयमान पर्वतारोही, पदयात्रीका रूपमा स्थापित गर्न सफल भए । “हामीले उसलाई कहिल्यै रेकर्डका लागि दबाब दिएनौँ,” पिता सिंह भन्नुहुन्छ “केही कुरा रेकर्डभन्दा पहिला आफ्नो रुचि र आत्मविश्वाससँग जोडिन्छ । उसले आफ्नो रुचिलाई साहस र सफलतामा बदल्यो, यसैमा हामी खुसी छौँ,” उहाँ भन्नुहुन्छ, “आत्मविश्वास भए असम्भव भन्ने केही रहेनछ भन्ने पुष्टि तेगबीरले गरेको छ ।”

    नेपालको प्राकृतिक सुन्दरता र यहाँको आतिथ्यताले पनि निकै प्रभावित पारेको उनको भनाइ छ । “नेपाल थोरै खर्चमा अद्भुत आनन्द लिन सकिने ठाउँ रहेछ,” तेगबीरका बुबाले अनुभव सुनाए । “समुद्र सतहदेखि विश्वको अग्लो हिमालसम्मको दृश्यलाई छोटो समयमै कैद गर्न सकिने सुन्दरता विश्वमा सायदै पाइन्छ ।” उनले यात्राका क्रममा नेपालीको सहयोगी भावनाको पनि खुलेर प्रशंसा गरे, “मेरो छोराले निकै ढिलो खाना खान्छ तर होटलका मानिसहरूले पटक–पटक खाना तताएर मुस्कुराउँदै ल्याएर दिन्थे । हामीले तिरेको पैसाभन्दा उनीहरूको सेवा र व्यवहार धेरै माथि पायौँ ।”

    कक्षा ३ मा अध्ययनरत तेगबीरको हिमाल पदयात्रामा देखाएको उत्साह र क्षमता हेर्दा भविष्यमा अझ ठूला साहसिक यात्रातर्फ अघि बढ्ने बुबा बताउनुहुन्छ । नेपालमा नेपाल सरकारले १६ वर्षमुनिका बालबालिकालाई पर्वतारोहण अनुमति नदिने व्यवस्था भएका कारण उसले १६ वर्ष नपुग्दासम्म सगरमाथा जस्ता हिमाल मात्र होइन, कुनै पनि शिखर आरोहण गर्नबाट उनी वञ्चित हुने भन्दै अरू देशमा विकल्प खोज्न बाध्य बनाएको बताए ।

    उमेर सीमामा केही लचकता अपनाउनुपर्ने सुझाव उनको छ । “यदि कुनै बालबालिकासँग राम्रो ट्र्याक रेकर्ड र अनुभव छ भने अभिभावकको जिम्मेवारीमा जोखिम स्वीकृतिसहित आरोहण अनुमति दिनुपर्छ,” सिंहले भने, “कम्तीमा छ हजार मिटरसम्मका गैरप्राविधिक हिमालहरूमा यस्तो व्यवस्था लागू भए, बालबालिकाले सानै उमेरदेखि आफ्नो सपना पछ्याउने अवसर पाउने थिए ।”

    तेगबीरको यो साहासिक यात्रालाई ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० गण्डकीका अध्यक्ष कृष्ण आचार्य प्रशंसनीय रहेको बताउनुहुन्छ । “उनको यो यात्रासँगै नेपाल सुरक्षित र व्यवस्थित साहसिक गन्तव्य हो भन्ने एउटा सन्देश पनि दिएको छ,” आचार्यले भने, “एउटा सात वर्षको बालकले अन्नपूर्ण सर्किट पार गर्नुले हाम्रो पदमार्गको गुणस्तर र सुरक्षालाई पनि पुष्टि गर्छ ।”

    अन्नपूर्ण सर्किटले नेपाललाई अन्तरराष्ट्रिय पर्यटन बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको जनाउँदै यी पदयात्राहरुमा पर्यटकले प्रकृति मात्र होइन, संस्कृति र आतिथ्यता पनि अनुभव गर्ने उनको भनाइ छ ।

    त्यस्तै, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले यो कीर्तिमानले विश्व पर्यटन मानचित्रमा नेपालको विशिष्ट पहिचान थपेको बताए ।

    “हरियाली जङ्गलदेखि हिमाली मरुभूमिसम्मको यात्रा गराइने अन्नपूर्ण सर्किट केवल पदमार्ग मात्र नभई सांस्कृतिक र प्राकृतिक सङ्गम पनि हो, सानो बालकको साहसिक यात्राले यो सुरक्षित र साहसिक गन्तव्यका रुपमा थप परिचित हुनेछ,” लामिछानेले भने । उनका अनुसार तेगबीरको यो यात्रा केवल एउटा बालकको सफलता मात्र नभई नेपालका हिमालहरूको सम्भावना र विश्वव्यापी आकर्षणको नयाँ मानक पनि हो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    स्वरोजगार तथा उद्यमी बन्न चाहनेलाई सहुलियत ऋण प्रवाह गर्न महानगरपालिका र कोष बिच सहकार्य

    विद्यार्थी राजनीतिलाई नियन्त्रण होइन, नियमन गर ! संयोजक सत्यराज बोहरा

    लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु

    आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने

    समाचार

    स्वरोजगार तथा उद्यमी बन्न चाहनेलाई सहुलियत ऋण प्रवाह गर्न महानगरपालिका र कोष बिच सहकार्य

    विद्यार्थी राजनीतिलाई नियन्त्रण होइन, नियमन गर ! संयोजक सत्यराज बोहरा

    लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑