• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १४, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      चाडपर्वलाई संगठन विस्तारको अवसर बनाउँदै मनिष मिश्र, सर्लाही–४ मा सक्रियता बढ्यो

      २ घण्टा अघि

      एभ्री बाउन्ड्री काउन्ट्स: एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा

      २ घण्टा अघि

      एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

      २ घण्टा अघि

      काठमाडौंमा तीनदिने ‘स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला’ हुने

      २ घण्टा अघि

      मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह

      २ घण्टा अघि

      नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह

      ३ घण्टा अघि

      नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित

      ३ घण्टा अघि

      पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

      ३ घण्टा अघि

      एनपिएलः लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

      ३ घण्टा अघि

      देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा आठ जनाको मृत्यु

      ३ घण्टा अघि

      नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

      ३ घण्टा अघि

      वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

      ३ घण्टा अघि

      सञ्चारकर्ममा कुनै बाधा नपरोस् भन्ने कुरामा सहयोग गर्न प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

      ५ घण्टा अघि

      उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी

      १ दिन अघि

      सुन तोलामा ३ हजार २ सय रुपैयाँ घट्यो

      १ दिन अघि
    आज: २०८३ कार्तिक १४, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    काठमाडौंमा तीनदिने ‘स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला’ हुने

  • लाईभ नेपाल
  • २०८३ कार्तिक १४, शनिबार (२ घण्टा अघि)
  • ९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । स्थानीय तथा रैथाने कृषि उत्पादनको प्रवर्द्धन, किसानको बजार पहुँच विस्तार तथा नेपाली मौलिक खाद्य संस्कृतिको संरक्षण गर्ने उद्देश्यले काठमाडौंमा ‘स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला २०८३’ आयोजना हुने भएको छ। रैथाने एग्री प्रडक्ट्स नेपाल र विश्व प्रकृति संरक्षण नेपालको संयुक्त आयोजनामा आगामी कार्तिक २० देखि २२ गतेसम्म काठमाडौंको धापासी हाइट, टोखा–४ स्थित रैथाने घरमा मेला सञ्चालन हुने आयोजकले जनाएको छ।

    तिहार तथा छठ पर्वको अवसरमा आयोजना हुन लागेको मेलामा देशका विभिन्न हिमाली, पहाडी तथा तराई क्षेत्रका किसान, उत्पादक र साना उद्यमीले उत्पादन गरेका स्थानीय तथा रैथाने कृषि उपज, खाद्यवस्तु, परम्परागत परिकार, रैथाने बीउबिजन तथा वातावरणमैत्री कृषि सामग्रीको प्रदर्शनी तथा बिक्री गरिनेछ। मेलामा करिब ५० वटा स्टल रहनेछन्। तीन दिनमा करिब ५ हजार उपभोक्ता तथा सरोकारवालासम्म प्रत्यक्ष तथा अप्रत्यक्ष पहुँच पुग्ने र करिब २० लाख रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ। मेलाको पहिलो दिन कार्तिक २० गते दिउँसो १ बजे औपचारिक उद्घाटन कार्यक्रम हुनेछ।

    त्यसपछि दिउँसो २ देखि ४ बजेसम्म राष्ट्रिय जीन बैंकको प्रस्तुतिसहित स्वर्णिम कृषिको अवधारणा, रैथाने बाली संरक्षण तथा कृषि जैविक विविधताको महत्वबारे अन्तरक्रिया तथा छलफल गरिनेछ। दोस्रो दिन कार्तिक २१ गते ‘नेपाली मौलिक खानाका परिकार र पर्यटन : चुनौती, अवसर र सम्भावना’ विषयमा छलफल तथा अन्तरक्रिया आयोजना हुनेछ। सो अवसरमा १५ वटाभन्दा बढी रैथाने तथा समुदायविशेषका मौलिक परिकार प्रदर्शनी तथा बिक्रीका लागि राखिने आयोजकले जनाएको छ।

    त्यस्तै, तेस्रो दिन कार्तिक २२ गते आधुनिक तथा वातावरणमैत्री चुलोको महत्व, ऊर्जा बचत, धुवाँबाट हुने प्रदूषण न्यूनीकरण तथा रैथाने परिकार तयार गर्ने विधिबारे छलफल र व्यावहारिक अभ्यास गरिनेछ। सोही दिन दिउँसो १ देखि २ बजेसम्म स्थानीय महिलाको मौलिक पाककला तथा परम्परागत सीपको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सेलरोटी बनाउने प्रतियोगिता आयोजना हुनेछ। प्रतियोगितामा १० जना स्थानीय महिलाको सहभागिता रहनेछ भने उत्कृष्ट तीन प्रतियोगीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ। मेलामा कृषि तथा खाद्य उत्पादनको प्रदर्शनी र बिक्रीसँगै थोपा सिँचाइ प्रविधि, गोबर मल, झोल मल, स्थानीय बीउबिजन, बिरुवा तथा अन्य वातावरणमैत्री कृषि सामग्रीको प्रदर्शन गरिनेछ।

    यसका साथै दुना–टपरी गाँस्ने, दारको ठेकीमा मोही पार्ने, ढिकी, जाँतो र घट्टको प्रयोग तथा मकै भुट्ने लगायतका परम्परागत अभ्याससमेत प्रदर्शन गरिनेछ। यस्ता गतिविधिमार्फत नेपाली मौलिक ज्ञान, सीप, प्रविधि तथा परम्परागत जीवनशैलीको महत्व उजागर गर्ने लक्ष्य राखिएको आयोजकको भनाइ छ। आयोजकका अनुसार मेला तीन दिनको व्यापारिक गतिविधिमा मात्र सीमित नभई किसान, उत्पादक, उद्यमी, बजार र उपभोक्ताबीच दीर्घकालीन सम्बन्ध स्थापित गर्ने साझा अभियान हो। मेलाले स्थानीय उत्पादनको बजारीकरण, कृषि उद्यमशीलताको विकास, महिला तथा युवा उद्यमीको प्रोत्साहन र नयाँ पुस्तामा रैथाने कृषि तथा मौलिक खाद्य संस्कृतिप्रति रुचि अभिवृद्धि गर्न योगदान पुर्‍याउने विश्वास गरिएको छ।

    आयोजक संस्थाले सरकारी निकाय, विकास साझेदार, निजी क्षेत्र, सहकारी, किसान समूह, उत्पादक, उद्यमी, शैक्षिक संस्था, सञ्चारमाध्यम तथा आम उपभोक्तालाई मेलामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। स्थानीय उत्पादनको प्रवर्द्धन, किसानको आर्थिक सशक्तीकरण तथा नेपाली मौलिक खाद्य संस्कृतिको संरक्षण गर्ने अभियानमा सहकार्य गर्नसमेत आयोजकले अपिल गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    चाडपर्वलाई संगठन विस्तारको अवसर बनाउँदै मनिष मिश्र, सर्लाही–४ मा सक्रियता बढ्यो

    एभ्री बाउन्ड्री काउन्ट्स: एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

    मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह

    नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह

    नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित

    समाचार

    चाडपर्वलाई संगठन विस्तारको अवसर बनाउँदै मनिष मिश्र, सर्लाही–४ मा सक्रियता बढ्यो

    एभ्री बाउन्ड्री काउन्ट्स: एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

    काठमाडौंमा तीनदिने ‘स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला’ हुने

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑