• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १४, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      चाडपर्वलाई संगठन विस्तारको अवसर बनाउँदै मनिष मिश्र, सर्लाही–४ मा सक्रियता बढ्यो

      २ घण्टा अघि

      एभ्री बाउन्ड्री काउन्ट्स: एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा

      २ घण्टा अघि

      एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

      २ घण्टा अघि

      काठमाडौंमा तीनदिने ‘स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला’ हुने

      २ घण्टा अघि

      मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह

      ३ घण्टा अघि

      नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह

      ३ घण्टा अघि

      नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित

      ३ घण्टा अघि

      पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

      ४ घण्टा अघि

      एनपिएलः लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

      ४ घण्टा अघि

      देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा आठ जनाको मृत्यु

      ४ घण्टा अघि

      नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

      ४ घण्टा अघि

      वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

      ४ घण्टा अघि

      सञ्चारकर्ममा कुनै बाधा नपरोस् भन्ने कुरामा सहयोग गर्न प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

      ६ घण्टा अघि

      उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी

      १ दिन अघि

      सुन तोलामा ३ हजार २ सय रुपैयाँ घट्यो

      १ दिन अघि
    आज: २०८३ कार्तिक १४, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई सहयोग

  • लाईभ नेपाल
  • २०८१ चैत्र १, शुक्रबार (१ साल अघि)
  • १७०५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । समावेशिता र पहुँच प्रवद्र्धन गर्ने उद्देश्यका साथ जगदम्बा मोटर्सले भारतीय राजदूतावाससँगको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई पाँच ओटा टीभीएस एनटर्क स्कुटर हस्तान्तरण गरेको छ । स्कूटर हस्तान्तरणका लागि आयोजित उक्त कार्यक्रम भारतीय राजदूतावास कल्याण केन्द्र, शोह्रखुट्टेमा सम्पन्न भएको थियो । कार्यक्रमले दूबै संस्थाको समुदायलाई दिगो गतिशिलता समाधान मार्फत सशक्त पार्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।

    उक्त अवसरमा भारतीय राजदूतावासका विशिष्ट अतिथि मेजर नवीन जानु, एसएम असिस्टेन्ट मिलिटरी, टिभीएस मोटर कम्पनीका प्रतिनिधिहरू लगायतको उपस्थिती रहेको थियो । हस्तान्तरण गरिएका यी विशेष स्कुटरहरू मार्फत उहाँहरूले अब स्वतन्त्रतापूर्वक आवतजावत गर्ने सहजताको अनुभव गर्न सक्ने आशा गरिएको छ । अपांगता भएका व्यक्तिहरूका लागि गतिशिलता ठूलो चुनौती हुने गर्दछ ।

    यस पहलले विश्वसनीय, उच्च प्रदर्शन क्षमतायुक्त, सुविधा सम्पन्न स्कुटरहरू प्रदान गरेर उक्त चुनौतीलाई समाधान गर्न केही हद सम्म भएपनि सघाउने उद्देश्य बोकेको छ । टीभीएस एनटर्क, उत्कृष्ट प्रविधि, सहज सञ्चालन प्रणाली र मजबुत डिजाइनका लागि परिचित छ । तसर्थ, सहयोगले लाभग्राहीहरूका लागि आत्मविश्वासमा बृद्धिका साथै, दक्षताका साथ दैनिक जीवन सहज बनाउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरिएको छ ।

    जगदम्बा मोटर्सले सदैव सामाजिक उत्तरदायित्वलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ । कम्पनी, समुदायलाई सशक्त पार्ने तथा नवीनतम गतिशील समाधान उपलब्ध गराउने उद्देश्यका साथ विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रूपमा संलग्न रहँदै आएको छ । भारतीय राजदूतावाससँगको सहकार्यले समावेशी समाज निर्माण गर्ने टिभीएसको प्रतिबद्धतालाई अझ मजबुत बनाएको कम्पनीको भनाइ छ । “हाम्रो मान्यता छ कि गतिशीलता केवल सुविधा मात्र होइन, यो एक मौलिक अधिकार हो। प्रत्येक व्यक्तिलाई, आफ्‌नो शारीरिक क्षमताको पर्वाह नगरी, हिँडडुल गर्ने, अन्वेषण गर्ने र आफ्‌नो सपना पुरा गर्ने स्वतन्त्रताको हकदार छ।

    आज, हामी अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष रूपले डिजाइन गरिएका स्कूटरहरूको प्रस्ताव गर्ने हाम्रो पहलको सुरुवातसँगै समावेशीता र सशक्तिकरणतर्फ महत्त्वपूर्ण कदम चाल्न पाउँदा हामी गर्वित छौं।” जगदम्बा मोटर्सका कार्यकारी निर्देशक, अखिल गुप्ताले भन्नुभयो। यस सहयोगात्मक प्रयासले सामाजिक उत्थानका लागि भविष्यमा पनि यस्ता अभियानहरू सञ्चालन गर्न मार्ग प्रशस्त गर्ने विश्वास लिइएको छ । कार्यक्रमको समापन लाभग्राहीहरूलाई टिभीएस एनटर्क स्कुटर हस्तान्तरण गर्दै गरिएको थियो । यसले उहाँहरूको जीवनमा नयाँ सुरुवातको संकेत गरेको आयोजकको विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    चाडपर्वलाई संगठन विस्तारको अवसर बनाउँदै मनिष मिश्र, सर्लाही–४ मा सक्रियता बढ्यो

    एभ्री बाउन्ड्री काउन्ट्स: एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

    काठमाडौंमा तीनदिने ‘स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला’ हुने

    मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह

    नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह

    समाचार

    चाडपर्वलाई संगठन विस्तारको अवसर बनाउँदै मनिष मिश्र, सर्लाही–४ मा सक्रियता बढ्यो

    एभ्री बाउन्ड्री काउन्ट्स: एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

    काठमाडौंमा तीनदिने ‘स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला’ हुने

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑