मंसिर १९,कैलाली ।मंसिर १२ गते बिहान मृत अवस्थामा भेटीएका दिपायल सिलगढी नगरपालीका ५ पुन्नाका ३० वर्षिय युवा समीर भट्टको अन्तिम दाहसँस्कार हुन सकेको छैन । घटना भएको एक हप्ता बितिसक्दा पनी आफन्तहरुले शव बुझ्न नमान्दा अन्तीम दाह सँस्कार हुन सकेको छैन ।
सीलगढी नगरपालीकामा लाग्ने शैलेश्वरी जात्राबाट घर फर्की गएका समीरको १२ गते बिहान गाउँ नजीकैको सडक छेउमा शव कपडा खोलीएको अवस्थामा भेटीएको थियो । समीरको हत्या भएको र हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने आफन्तहरुको भनाई छ।
उनको शवलाई अहीले जिल्ला अस्पताल डोटीको शव गृहमा राखीएको छ । मृतक भट्टको टाउको पछाडीको भागमा गम्भिर चोट रहेको र भिरबाट खसेर मृत्यु भएको जस्तो देखाउन खोजेता पनी अन्यत्र हत्या गरेर त्यहा फालिएको मृतकका आफन्तहरुको दाबी रहेको छ ।
भट्टका आफन्तहरुले किटानी जाहेरी दिएपछी प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । दिपायल सिलगढी नगरपाका –५ का राम विष्ट, देवराज विष्ट र लक्ष्मण विष्टबिरुद्ध किटानी परेपछी पक्राउ गरीएको प्रहरीले बताएको छ ।
समीर भट्टको मृत्यु प्रकरणमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णुहरी कोइरालाले बताए । उनले नयाँ प्रविधीको प्रयोगका साथै विभिन्न ढँगबाट अनुसन्धानमा केन्द्रित रहेको जानकारी दिएका छन ।