• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १२, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

      ५३ मिनेट अघि

      जावलाखेलमा १९औँ गोदावरी फूलको प्रदर्शनी हुँदै, १ करोड ३० लाखको कारोबार लक्ष्य

      ५६ मिनेट अघि

      ब्लड बैकमा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

      १ घण्टा अघि

      श्रीलंकन क्रिकेटर सदिरा समारा विक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

      १ घण्टा अघि

      एनपीएल: आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

      १ घण्टा अघि

      लुम्बिनीका सभामुख तुलाराम घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा

      १ घण्टा अघि

      धनकुटामा भारी वर्षा र हावाहुरीको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

      १ घण्टा अघि

      इजरायलमा २५ प्रतिशत मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टीलाई अग्रता

      १ घण्टा अघि

      कर्णालीको हवाई सेवा प्रभावकारी बनाउन सरोकारवालाबीच छलफल

      २१ घण्टा अघि

      किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

      २१ घण्टा अघि

      काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

      २१ घण्टा अघि

      एनपीएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो आधारको रुपमा लिएको छु : मन्त्री पोखरेल

      २१ घण्टा अघि

      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

      २१ घण्टा अघि

      प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग

      २१ घण्टा अघि

      ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

      २२ घण्टा अघि
    आज: २०८३ कार्तिक १२, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

  • लाईभ नेपाल
  • २०८३ कार्तिक १२, बुधबार (५३ मिनेट अघि)
  • ९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावबाट उच्च सतर्कता अपनाउन पथप्रदर्शक, पदयात्री र पर्यटकलाई आग्रह गरेको छ ।

    टानले एक सूचना जारी गरी बङ्गालको खाडीमा विकसित भएको ‘अर्नव चक्रवात’का कारण नेपालमा पर्न सक्ने प्रभावबाट उच्च सतर्कता अपनाउन सदस्य कम्पनी, पदयात्री तथा पर्यटकलाई आग्रह गरेको हो ।

     

    टानले जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार उक्त चक्रवात कात्तिक ११ गते भारतको जमिन भूभागमा प्रवेश गरी कात्तिक १२ गते रातिबाट नेपालमा समेत प्रभाव सुरु हुने भन्दै सतर्कता अपनाउन भनेको छ ।

    यही कात्तिक १३ र १४ गते चक्रवातको प्रभावका कारण तराई, चुरे तथा मध्यपहाडी क्षेत्रका विभिन्न भागमा चट्याङ, हुरीबताससहित मध्यमदेखि भारी वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको छ ।

    टानले सम्भावित चक्रवातका कारण पर्न सक्ने प्रभावबारे आफ्ना गाइड, सहयोगी र पर्यटकलाई समयमै जानकारी गराएर सोहीअनुसारको पूर्वतयारीको प्रबन्ध मिलाउन आग्रह गरेको छ ।

    यस्तै, मौसमसम्बन्धी जानकारीका लागि १११५ वा विपद्मा मद्दत माग ०१२३४ वा १०० वा १११४ मा सम्पर्क गर्न सकिने बताएको छ । कात्तिक १३ र १४ गत आधार शिविर (जस्तैः घोराड, लार्के, काड्ला, सारीबुँद, छोला, सूर्यकुण्डलगायतका) र उच्च क्षेत्रका पर्यटकीय गन्तव्य (तिलिचोलगायतका) बाट सुरक्षित स्थानमा पुग्न र कात्तिक १२ बाटै सो क्षेत्रतर्फको पदयात्रा रोकी सुरक्षित क्षेत्रमा नै बस्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

    पर्वतारोहणका लागि आधार शिविर जाने क्रममा रहेका सदस्य तथा सहयोगीलाई आगामी शुक्रबार र शनिबारसम्मका लागि आफ्नो यात्रा रोक्न वा सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउन भनिएको छ । यस्तै, मध्य तथा उच्चपहाडी क्षेत्र तथा नदीतटीय क्षेत्र भएर पदयात्रा गर्दा बाढीको जोखिम भएका खोला तथा नदी आसपासका क्षेत्र र पहिरो संवेदनशील क्षेत्रमा नबस्न र हिँडडुल नगर्न आग्रह गरेको छ ।

    टानका अध्यक्ष सागर पाण्डेले बाढी तथा पहिरोका कारण अस्थायी रूपमा मर्मतसम्भार गरी पदयात्राका लागि प्रयोगमा ल्याइएका मनास्लु क्षेत्रका तातोपानी, खोर्लाबेँसी, जगत, सोला, नामरुङलगायतका क्षेत्र, मनाङ क्षेत्रको खोत्रो, कोटो, चामेलगायतका क्षेत्र, म्याग्दी तथा मुस्ताङ क्षेत्रको पोखरेलगायतका क्षेत्रमा रहेका सडक मार्ग, पदमार्ग तथा अस्थायी पुल भएर यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    जावलाखेलमा १९औँ गोदावरी फूलको प्रदर्शनी हुँदै, १ करोड ३० लाखको कारोबार लक्ष्य

    ब्लड बैकमा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

    श्रीलंकन क्रिकेटर सदिरा समारा विक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

    एनपीएल: आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

    लुम्बिनीका सभामुख तुलाराम घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा

    धनकुटामा भारी वर्षा र हावाहुरीको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

    समाचार

    अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

    जावलाखेलमा १९औँ गोदावरी फूलको प्रदर्शनी हुँदै, १ करोड ३० लाखको कारोबार लक्ष्य

    ब्लड बैकमा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

    श्रीलंकन क्रिकेटर सदिरा समारा विक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑