पुष १२, कैलालि । विगत लामो समयदेखि विवादास्पद भएर समस्यामा अल्झिएको मोहन्याल गाउँपालिकाका उपाध्यक्षको अगुवाईमा भएको रिट बजेटको विषयमा उच्च अदालत दिपायलले आज खारेज गरेको छ । मोहन्याल गाउँपालिकाका २२ जना गाउँसभा सदस्यले उपाध्यक्षको नेतृत्वमा सुरुमा आफैले साइन गरेका र त्यसपछि हामीले साइन गरेको होइन भनेर उच्च अदालत दिपाइलमा गएर रिट दायर गरेका थिए। तर अदालतले भने उक्त रिटलाई फर्जी मानेर खारेज गरेको छ।
मोहन्याल गाउँपालिकाको बजेट भने अब कार्यान्वयनमा आउने भएको छ। उक्त मुद्दा गाउँपालिकाको साझा मुद्दा पनि रहेको थियो। अदालतको निर्णयले मोहन्याली जनतामा भने निकै खुसियाली समेत छाएको छ ।