पुष १८, कैलाली । कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा अवस्थीत श्री लम्की उपभोक्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ले सोनाहा वस्तीमा राहत सामग्री वितरण गरको छ ।
संस्थाका अध्यक्ष पहिल बहादुर शाहीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रमा उपाध्यक्ष, कोषाध्यक्ष, संस्थापक सेयर सदस्य तथा पर्वन्ध निर्देशक एकेन्द्र प्रसाद घोडासैनी लगाएत संस्थाका उच्च व्यक्तित्वहरुको उपस्थितिमा १८ बोरा चामल, १८ पोका दाल , १८ पोका नुन र १८ पोका तेल वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा लम्कीचुहा नगरपालि वडा नं. ३ का वडा सचिव सुशिल ओझाको प्रमुख आथित्यता रकेको थियो । “जाडोमा पुराना लुगा लगाएर पनि चिसो छल्न सकिने तर भोकलाई छल्न एकदमै गाह्रो भएको भन्ने त्यहाँका पिडितहरुको खबर सुन्नासाथ हाम्रो संस्थाले सोनाहा बस्तीमा रहेका बासिन्दाको ज्यान बचाउनका निमित्त केही राहत होस भन्ने अभिप्रायले आपतकालिन राहत सामाग्री वितरण गरका हौ” प्रवन्धक जैसीले बताउनु भयो।
“स्थानिय, प्रदेश तथा केन्द्रीय सरकारले समेत नबुझेको हाम्रो यो समस्यालाई श्री लम्की उपभोक्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुझेर हामिलाई हाम्रो पिडामा मलहम पट्टी लगाएकोका हामी अति नै खुशी भएका छौं ।” सोनाहाहरुको भनाई रहेको थियो । उक्त लोपोन्मुख सोनाहा जातीको मुख्य पेशा कर्णाली नदिको किनारमा बालुवा चालेर सुन प्रसोधन गर्ने तथा माछा मार्ने व्यवसाय बाहेक अरु केही पनि नरहेको, सोनाहा वस्तीका एक अगुवाले बताए ।
अहिले अत्याधिक चिसोको कारणले उक्ता पेशा नै धरापमा परि साँझबिहान हातमुख जोड्न समेत गाह्रो भएको अवस्था छ ।कर्णाली बगरमा बसोबास गर्दै आइरहेको सोनाहाहरु भने अब बाँच्नको लागि सरकारको राहत प्राप्तीको आसामा पर्खिरहेका छन् ।