साउन ६, कैलालि । नेकपा माओवादी केन्द्र गाउँ कमिटी सचिव मनकारी सुरेन्द्र जैसीले क्यान्सर पीडित निर्मला नेपालीलाई बचाउ अभियानमा नगद रु ५,५५५ सहयोग गरेका छन्।
मोहन्याल गाउँपालिका वडा नम्बर ६ स्थायी बसोबास भएका पीडित निर्मला नेपालि विगत लामो समयदेखि क्यान्सर पीडित रहेको खबर पाउना साथ जैसीले आफ्नो दैनिकी खर्च कटौती गरेर पनि सहयोग गरेका छन् । निरन्तर रूपमा दिनदुखी गरिब लगायत विभिन्न जनसमुदायलाई उहाँले आर्थिक ,सामाजिक तथा भौतिक सहयोग गर्दै आईरहेको छन्।
मोहन्याल गाउँपालिका शिक्षा समिति सदस्य रहेका जैसीले मोहन्याल गाउँपालिकाका विकट स्थानहरूमा पनि विकास निर्माणका कामहरूमा निकै नै जोड दिएको देखिन्छ। जैसी भन्छन् दिनदुखी गरिब पीडित लगायत संकटमा परेका आम नेपाली वासीहरूलाई सहयोग गर्न पाउँदा निकै नै हर्ष लाग्छ। सेवानै धर्म हो सेवा गर्न पाउदा मननै खुसि र आनन्द लागेर आउछ उहाँ भन्नुहुन्छ ।
क्यान्सर पीडित निर्मला नेपाली बचाउ अभियानका निमित्त पनि मैले आफ्नो दैनिकी खर्चबाट जोहो गरेर ५,५५५ सहयोग स्वरूप उहाँकै खातामा पठाएको हो र आगामी दिनमा पनि यस्तै दिनदुखीहरूलाई सहयोग गर्ने अपेक्षा राखेको छु ,जैसी भन्छन्।