साउन २०, धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा पुनः कमलबहादुर शाह दोहोरिने भएका छन् । नेपाली कांग्रेस संसदीय दलको बसेको बैठकले सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहलाई बनाउने निर्णय गरेको हो ।
बैठकमा सहभागी कांग्रेस सांसद गीता चौधरीले शाहको नेतृत्वमा सरकार बनाउने निर्णय भएको जानकारी दिइन् । दलका नेतासमेत रहेका शाहले साढे १२ बजे प्रदेश प्रमुख कहाँ दाबी पेस गर्ने जनाइएको छ ।
शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभामा सम्बोधनपछि राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले आज आइतबार ५ बजेभित्र नयाँ सरकारको दावी पेस गर्न आह्वान गरेका थिए ।