• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ८, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

      ४ घण्टा अघि

      उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

      ६ घण्टा अघि

      आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

      ६ घण्टा अघि

      एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

      ६ घण्टा अघि

      चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

      ६ घण्टा अघि

      भारी वर्षाको जोखिमले विराटनगरका विद्यालयमा २ दिन बिदा

      ६ घण्टा अघि

      साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

      ६ घण्टा अघि

      विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्याय लाई प्रभावकारी बनाउन सरोकारवालाको जोड

      ७ घण्टा अघि

      जलवायु न्याय र मानवअधिकार संरक्षणमा साझा पहल आवश्यक : सरोकारवाला

      ७ घण्टा अघि

      दशैं अगाडिनै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

      ७ घण्टा अघि

      कांग्रेस काठमाडौं–५ ‘क’ मा संगठन सुदृढीकरणको एजेन्डासहित रामप्रसाद न्यौपाने मैदानमा

      ७ घण्टा अघि

      इरान–अमेरिकाबीच यूएन महासभामा साइडलाइन वार्ता

      १ दिन अघि

      आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

      १ दिन अघि

      विश्व शान्ति दिवसमा बौद्धनाथमा दीपप्रज्वलन तथा शान्तिको आह्वान

      १ दिन अघि

      परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

      १ दिन अघि
    आज: २०८३ आश्विन ८, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  शिक्षा

    भक्तपुर क्याम्पसमा नगरपालिकाको दादागिरी, क्याम्पसको मुलगेट तोडफोड विद्यार्थी शिक्षकमाथि हातपात

  • लाईभ नेपाल
  • २०८१ कार्तिक ९, शुक्रबार (१ साल अघि)
  • १११३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • भक्तपुर । भक्तपुर क्याम्पसको मुलगेट तथा उत्तर तर्फको करिब १५० मिटर पर्खाल भक्तपुर नगरपालिकाले भत्काइदिएपछि क्याम्पसको असुरक्षा भएको छ ।

    त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पस भक्तपुर क्याम्पसको नाममा रहेको जग्गा नै नगरपालिकाले आफ्नो भएको भन्दै क्याम्पसले अनानिग्रित रूपमा पर्खाल र गेट निर्माण गरेको भन्दै भत्काएको हो ।

    जबकि उक्त पर्खाल र गेट २०३२ साल देखि नै क्याम्पस हातामा हरेको क्याम्पस प्रशासनले जनाएको छ ।

    भक्तपुर क्याम्पसको उत्तर तर्फ रहेको भाजु पोखरीको डिल भागको खेत भक्तपुर क्याम्पसको नाममा पुर्जा रहेको भएता पनि नगरपालिकाले भने उक्त जमिन पोखरीको नै भएको भन्दै भक्तपुर क्याम्पस बिदाको समयमा एक्कासि डोजर ल्याएर क्याम्पसमा भएका शिक्षक विद्यार्थीलाई हातपात गर्दै डोजर लगाएर पर्खाल बास्केटबल कोर्ट मुल गेट पानी तान्ने मेसिन भएको भवन लगायत पार्किङ एरिया तथा शौचालय भत्काइदिएको हो ।

    नगरपालिकाले पोखरीको डिल सार्वजनिक जग्गा भन्दै आएको भक्तपुर नगरपालिका वडा नम्बर १७ क को कित्ता नम्बर  २४२ को क्षेत्रफल ५ रोपनी ६ आना जग्गा २०३३ साल १० महिना २० गते नै भक्तपुर क्याम्पसको नाममा दर्ता भएर आएको मालपोत कार्यालय भक्तपुरले जनाएको छ । मालपोत कार्यालय भक्तपुरका अनुसार उक्त जग्गाको किसिम धनहर अव्वल खेत रहेको र उक्त कित्ता एकलौटी रूपमा भक्तपुर क्याम्पसको नाममा तत्कालीन समयमा दर्ता भएको आएको हो । पोखरीको डिल भागमा रहेको भए पनि उक्त जग्गा पोखरीको भने नभएको कार्यालयले जानकारी दिएको छ ।

    यता भक्तपुर नगरपालिकाले भने उक्त जग्गा भक्तपुर क्याम्पसले दर्ता गरेर लगेको यो पोखरी नै भएको भन्दै आएको छ ।

    भक्तपुर क्याम्पसको नाममा रहेको जग्गामा बाटो खोल्ने नाममा भक्तपुर नगरपालिकाले क्याम्पस सँग कुनै पनि समन्वय नै नगरी उपभोक्ता समिति समेत बनाई सकेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार लक्ष्मी नारायण राजलवटको अध्यक्षतामा बाटो खोल्नको लागि उपभोक्ता समिति समेत बनेको छ । तर उक्त समितिको विषयमा भने आफूहरूलाई केही थाहा नभएको भक्तपुर क्याम्पसकी प्रमुख कविता लुईटेलले बताउनुभएको छ ।

    क्याम्पसमा हामी मात्र थियौँ नगरपालिकाले एक्कासि सयौँ मानिस कर्मचारी र नगर प्रहरी सहित दुई डोजर ल्याएर क्याम्पसको उत्तर पश्चिमबाट डोजर लगाउन थाल्यो कुनै पत्र तथा समन्वय विना किन खन्न लाग्नुभएको र पर्खाल तथा तार बार भत्काउनुभएको भनी हामीले विरोध गर्दा तपाई यहाँ बस्ने हैन हट्नु भनेर नगर प्रहरीहरूले बल जफत आफूलाई कुर्सीसहित नै उचालेर हटाइ बल जफत रूपमा क्याम्पसको पर्खाल विभिन्न संरचना गेट नै भत्काइदिएको बताउनुभयो । अव क्याम्पसमा न कतै बार छ न गेट छ क्याम्पस बिदा पनि छ यो समयमा भक्तपुर क्याम्पसमा चोरी भयो भने के गर्ने सिसि क्यामेरा समेत नगरपालिकाले उखालिदिएको छ । खानेपानीको स्रोत तथा पानी तान्ने मेसिन घर समेत भत्काइदिएको छ अव क्याम्पस खोल्ने बित्तिकै कसरी पानीको जोह गर्ने यस्ता विषयमा अन्योल भएको उहाँले बताउनुभयो ।

    नगरपालिका र क्याम्पस दुवै सार्वजनिक संस्था हुन र एक आपसमा समन्वय भएर नै काम गर्नु पर्नेमा नगरपालिकाले डन पारामा आएर पर्खाल र मेन गेट भत्काउनु लाजमर्दो कुरा भएको भक्तपुर क्याम्पसका स्ववीयू सभापति पुकार पराजुुलिले बताउनुभयो । उहाँहरूले यस्तो डन पारामा क्याम्पसको संरचना भत्काउनुभनेको नगरपालिका केटाकेटीले चलाए जस्तो भयो दूरगामी सोच भएकाहरूले नगरपालिका चलाउँदा रहेनछन् । हामीले एक्कासि पर्खाल र गेट भत्काउँदा हुन सक्ने समस्याका विषयमा नगरपालिकाका प्रमुखलाई फोन गर्दा उहाँले फोन सम्म उठाउनुभएन क्याम्पस बाट गएका कुनै पनि फोन नगरपालिकाका कसैले पनि उठाएनन् अहिले पर्खाल भत्काइएको छ गेट तोडफोड भएको छ पर्खालमा सुरक्षाका लागि लगाएको तार तथा बारमा प्रयोग भएको फलाम यत्र तत्र छरिएको छ नगरपालिकाले भत्कायो अनि भाग्यो यस्तो पारा पनि हुन्छ त यो त सरासर हेपाहा प्रवित्ती भएको उहाँले बताउनुभयो ।

    यस विषयमा भक्तपुर नगरपालिकासँग बुझ्दा नगरपालिकाले भने पोखरीको डिल क्याम्पसको नाममा भएको भए पनि यो पोखरीको नै हो यो कुनै पनि हालतमा हामी क्याम्पसको हुन दिँदैनौ र क्याम्पसका पुराना संरचना पनि अहिले सम्म नक्सा पास भएका छैनन् यस विषयमा हामी बोलेका छैनौँ र पर्खाल र गेट २०३२ साल अगाडी नै बनेको भए पनि यो पनि नक्सा पास नभएको नगरपालिकाको भनाई रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    शिक्षा सम्बन्धि थप

    काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

    उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

    चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

    भारी वर्षाको जोखिमले विराटनगरका विद्यालयमा २ दिन बिदा

    समाचार

    काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

    उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑