काठमाडौं । काठमाडौं महानगरपालिका–१६, चामतीस्थित ”Healthy Friends Club” को आयोजनामा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरपालिका– वाड नं १६ की वडा अध्यक्ष रोजिना श्रेष्ठले गर्नुभएको हो। उद्घाटन समारोहमा क्लबका अध्यक्ष श्रीराम पुडासैनीसहित विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो।
खेलकुदको माध्यमबाट युवाबीच आपसी सद्भाव, भाइचारा र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

