काठमाडौं । नेपाल प्रमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । अघिल्ला दुई संस्करणमा उपविजेता बनेको सुदूरपश्चिमले डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधिसहित रोयल्सले १ करोड रुपैयाँ भन्दा बढी नगद पुरस्कार पनि प्राप्त गरेको छ । यस्तै दोस्रो भएको लुम्बिनी लायन्सले ६० लाख रुपैयाँ पुरस्कार पाएको छ भने तेस्रो भएको चितवन राइनोज ३० लाख रुपैयाँ पुरस्कार पाएको छ । चौथो भएको काठमान्डू गोर्खाजले २५ लाख रुपैयाँ पुरस्कार पाएको छ ।

