काठमाडौँ । उद्धार तथा पारिवारिक पुनर्मिलन अभियानलाई निरन्तरता दिँदै मानवसेवा आश्रमले कार्तिक महिनाभर देशका विभिन्न स्थानबाट बेवारिसे जीवन बिताइरहेका २ सय ३० जना सडकआश्रित मानवको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये १ सय ७१ जना पुरुष र ५९ जना महिलालाई आश्रमका विभिन्न शाखाको संरक्षणमा राखिएको छ।
सोही अवधिमा परिवार पहिचान भएका ९६ जनाको पारिवारिक पुनर्मिलन गराइएको आश्रमको उद्धार तथा पारिवारिक पुनर्मिलन विभागले जानकारी दिएको छ।
शाखागत विवरणअनुसार सबैभन्दा बढी काठमाडौँस्थित पशुपति होल्डिङ सेन्टरले ७५ जनाको उद्धार र २० जनाको पारिवारिक पुनर्मिलन गराएको छ। त्यसैगरी सुनसरी शाखाले ३७ जनाको उद्धार र १५ जनाको पुनर्मिलन गराएको छ।
अन्य शाखाहरूको विवरण यस प्रकार छ:
तिलोत्तमा (रुपन्देही): १७ जनाको उद्धार र ८ जनाको पुनर्मिलन
चितवन: १६ जनाको उद्धार र ४ जनाको पुनर्मिलन
झापा: १३ जनाको उद्धार र २ जनाको पुनर्मिलन
दाङ: १२ जनाको उद्धार र १५ जनाको पारिवारिक पुनर्मिलन
रानीवन (काठमाडौँ): १० जनाको उद्धार र ४ जनाको पुनर्मिलन
रौतहट: ९ जनाको उद्धार र ५ जनाको पुनर्मिलन
मुख्य कार्यालय (मकवानपुर): ७ जनाको उद्धार र १ जनाको पुनर्मिलन
मानवसेवा आश्रम वि.सं. २०६९ भदौ १३ गते मकवानपुरको हेटौँडाबाट स्थापना भएको सामाजिक संस्था हो। हाल देशका २४ जिल्लामा ३५ शाखामार्फत सेवा विस्तार गर्दै आएको आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलनका क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको छ।

