काठमाडौं । नेपालमा वास्तु तथा अंकज्योतिषसम्बन्धी व्यावसायिक पाठ्यक्रम सञ्चालन गर्दै आएको संस्कार एकेडेमीले यस क्षेत्रमा नयाँ पहल अघि बढाएको छ । एकेडेमीले नेपालमै पहिलो पटक लेचर एन्टेना मास्टर प्राक्टिकल वर्कसप, आभा स्क्यानर मास्टर प्राक्टिकल वर्कसप तथा वास्तु गुरु प्राक्टिकल वर्कसप सञ्चालन गर्ने भएको छ ।
यससँगै संस्थाले नेपालमै विकास गरेको पहिलो व्यावसायिक वास्तु सफ्टवेयर ‘संस्कार वास्तु सफ्टवेयर’ समेत सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
संस्कार एकेडेमीका परिकल्पनाकार, प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख प्रशिक्षक आचार्य राजाबाबु शाहको नेतृत्वमा अघि बढाइएको यस अभियानले नेपाली वास्तु तथा अंकज्योतिष क्षेत्रलाई व्यावसायिक शिक्षा, व्यावहारिक प्रशिक्षण, आधुनिक उपकरण र डिजिटल प्रविधिसँग जोड्ने लक्ष्य राखेको छ ।
संस्थाका अनुसार नेपालमै विकास गरिएको संस्कार वास्तु सफ्टवेयर नेपाली वास्तु परामर्शदाताका साथै भारतलगायत विश्वका विभिन्न देशमा वास्तुसम्बन्धी अध्ययन, अभ्यास तथा व्यावसायिक परामर्शमा संलग्न व्यक्तिहरूका लागि उपयोगी हुने उद्देश्यले तयार गरिएको हो ।
यसै अवसरमा आगामी मंसिर ४, ५ र ६ गते काठमाडौंको बूढानीलकण्ठस्थित होटल लेमन ट्री प्रिमियरमा तीनदिने आवासीय वास्तु गुरु कार्यकारी पाठ्यक्रम आयोजना हुने भएको छ । मंसिर ४ गते संस्कार वास्तु सफ्टवेयरको औपचारिक शुभारम्भसमेत गरिने कार्यक्रम तय गरिएको छ ।

