नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डाक्टर एस जयशंकरबिचको भेटवार्ता सकिएको छ ।
नयाँ दिल्लीस्थित होटल ताजमा साँझ ६ बजेदेखि ६ः३० बजेसम्म उनीहरूबिच भेटवार्ता भएको हो ।
भेटका क्रममा विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री शाहको भारत भ्रमणअन्तर्गत भोलि हुने औपचारिक कार्यक्रमबारे जानकारी गराएका थिए । उनले भोलि दुई देशका प्रधानमन्त्रीबिच हुने उच्चस्तरीय वार्ता तथा प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डलस्तरीय छलफलमा हुने सहमति, सम्झौता र शिलान्यासका विषयमा जानकारी गराएका हुन् ।
नेपाल र भारतका प्रतिनिधिसहितको वार्तापछि अहिले नेपालका परराष्ट्रमन्त्री र भारतीय विदेशमन्त्री जयशंकरबिच छुट्टै भइरहेको छ ।

