• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर ७, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      मासुका लागि ल्याइने पशुपन्छीको अमानवीय ढुवानी, मापदण्ड कार्यान्वयन गर्न NAWES को माग

      ३३ मिनेट अघि

      प्रधानमन्त्री बालेन्द्र र भारतीय विदेशमन्त्री जयशंकरबिचको वार्ता सम्पन्न

      ४१ मिनेट अघि

      प्रधानमन्त्री बालेन शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय टोलीको नाम सार्वजनिक

      १७ घण्टा अघि

      विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

      १७ घण्टा अघि

      एनपीएल : कुन टिमले कति नगद पुरस्कार पाए ?

      १९ घण्टा अघि

      प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

      १९ घण्टा अघि

      चितवनका सीडीओको स्टन्ट फ्लप ! ‘राइनो क्रुज’ दुई महिनादेखि नारायणी किनारमा बेवारिसे

      १९ घण्टा अघि

      गगन थापा भोटेकोसी र त्रिशूली करिडोरमा बाढी प्रभावितसँग अन्तरक्रिया गर्ने

      २0 घण्टा अघि

      सुरुङ्गा नगरपालिकाका विद्यालय मंसिर र फागुनमा पनि आइतबार खुल्ने

      २0 घण्टा अघि

      प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै

      २0 घण्टा अघि

      बागमती विश्वविद्यालयको एमबीएमा व्यावहारिक र अन्तर्राष्ट्रिय अवसर, मंसिर १८ गतेसम्म आवेदन खुला

      २ दिन अघि

      राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने

      २ दिन अघि

      महादेवटार सुरुङमा ब्रेकथ्रु, फास्ट ट्र्याक निर्माणले लियो गति

      २ दिन अघि

      नेपालमै पहिलो पटक लेचर एन्टेना र आभा स्क्यानरसम्बन्धी व्यावहारिक कार्यशाला सञ्चालन गर्दै संस्कार एकेडेमी

      २ दिन अघि

      कार्तिक महिनामा मानवसेवा आश्रमद्वारा २३० जनाको उद्धार, ९६ जनाको पारिवारिक पुनर्मिलन

      २ दिन अघि
    आज: २०८३ मंसिर ७, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    मासुका लागि ल्याइने पशुपन्छीको अमानवीय ढुवानी, मापदण्ड कार्यान्वयन गर्न NAWES को माग

  • लाईभ नेपाल
  • २०८३ मंसिर ७, सोमबार (३३ मिनेट अघि)
  • १८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडौं । नेपालमा जीवित पशुपन्छीको ओसारपसार अझै पनि असुरक्षित र अमानवीय अवस्थामा भइरहेको पाइएको छ । विशेषगरी मासुजन्य प्रयोजनका लागि ढुवानी गरिने राँगा,भैँसी, बाख्रा तथा कुखुरालाई क्षमताभन्दा बढी कोचेर, पर्याप्त ठाउँ, पानी र आरामबिना लामो दूरीसम्म ओसारपसार गर्ने गरिएको पाइएको हो ।

    नेपाल पशु कल्याण तथा वातावरण समाज (NAWES) ले We Animals Canada को सहयोगमा गरेको स्थलगत अवलोकन तथा तस्बिर र श्रव्यदृश्य सङ्कलनका क्रममा पशु ढुवानीमा पशु कल्याणसम्बन्धी आधारभूत मापदण्डसमेत पालना नभएको जनाएको छ ।

    NAWES ले काठमाडौंमा सञ्चारकर्मीसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरेको तथ्यअनुसार कैलाली, टीकापुर र अत्तरिया लगायत सुदूरपश्चिमका क्षेत्रबाट काठमाडौंसम्म राँगा–भैँसी ल्याउन ४८ देखि ७२ घण्टासम्म लाग्ने गरेको छ । तर, लामो दूरीको यात्रामा समेत कतिपय पशुलाई पानी, दाना र आरामको व्यवस्था नगरी ढुवानी गर्ने गरिएको पाइएको छ ।

    NAWES का निर्देशक हरि जोशीका अनुसार एउटै ट्रकमा क्षमताभन्दा बढी पशु कोचेर ल्याउने, पर्याप्त ठाउँ नदिने तथा असुरक्षित तरिकाले बाँधेर ढुवानी गर्ने गर्दा पशुहरूलाई चोटपटक लाग्ने र शारीरिक तथा मानसिक पीडा हुने गरेको छ ।

    “लामो दूरीको यात्रामा पशुलाई पानी खुवाउने, खाना दिने र आराम गराउने व्यवस्था हुनुपर्ने हो । तर, एउटै ट्रकमा क्षमताभन्दा बढी पशु कोचेर ल्याउने गरिएको छ । यसक्रममा उनीहरूलाई चोटपटक लाग्ने र पीडा भोग्नुपर्ने अवस्था छ,” जोशीले भने ।

    राँगा–भैँसीलाई विशेष प्रयोजनका सवारीसाधनको सट्टा तरकारी तथा अन्य सामान ढुवानी गर्ने ट्रकमा समेत ओसार्ने गरिएको पाइएको छ । त्यस्तै, बाख्रालाई कोचाकोच गरेर असुरक्षित तरिकाले बाँध्ने, मानिस बाेक्ने बसकाे छत,ढिकिमा राखेर ल्याउने र कुखुरालाई पर्याप्त हावा आवतजावत नहुने साना क्रेटमा राखेर ढुवानी गर्ने गरिएको NAWES ले जनाएको छ ।

    NAWES का अनुसार काठमाडौंमा पशुपन्छी कैलाली, टीकापुर, अत्तरिया, नेपालगञ्ज, बर्दिया, नवलपरासी, बारा, जनकपुर र विराटनगरलगायत क्षेत्रबाट ल्याउने गरिएको छ । ढुवानीका क्रममा देखिएका समस्यालाई उजागर गर्न सङ्कलन गरिएका तस्बिर तथा भिडियोसमेत कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

    जोशीले पशुपन्छीको व्यापार तथा मासु व्यवसायको विरोध नभई व्यवसाय सञ्चालनका क्रममा जनावरमाथि हुने क्रूर व्यवहार रोक्नुपर्नेमा जोड दिए ।

    “पशु पनि जीवित प्राणी हुन् । उनीहरूलाई पनि भोक, प्यास, डर र पीडा हुन्छ । त्यसैले सुरक्षित ढुवानीको व्यवस्था गर्नु राज्य र सबै सरोकारवाला निकायको दायित्व हो,” उनले भने ।

    नेपालमा पशु ढुवानीसम्बन्धी मापदण्ड भए पनि त्यसको प्रभावकारी कार्यान्वयन र नियमित अनुगमन हुन नसकेको NAWES को भनाइ छ ।

    पशु ढुवानीलाई व्यवस्थित बनाउन विशेष प्रकारका सवारीसाधन प्रयोग गर्नुपर्ने र त्यस्ता सवारीसाधन खरिद तथा सञ्चालनमा व्यवसायीलाई सरकारी सहुलियत र राजस्व छुट उपलब्ध गराउनुपर्ने जोशीको सुझाव छ । साथै, लामो दूरीमा पशुपन्छी ओसारपसार गर्दा बीचबीचमा विश्रामस्थल स्थापना गरी पानी, दाना, आराम र आवश्यक उपचारको व्यवस्था गर्नुपर्ने उनले बताए ।

    काठमाडौंमा पशु ढुवानीका कारण उत्पन्न हुने फोहोर तथा सरसफाइसम्बन्धी समस्या न्यूनीकरण गर्न चितवन आसपासमा आधुनिक र व्यवस्थित वधशाला स्थापना गर्न सकिने विकल्पसमेत उनले औँल्याए ।

    NAWES ले पशु सेवा विभाग, क्वारेन्टाइन कार्यालय, ट्राफिक प्रहरी, पशु खरिद–बिक्री व्यवसायी तथा ढुवानी व्यवसायीबीच समन्वय बढाई पशु ढुवानीसम्बन्धी मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ ।

    पशुपन्छीलाई अनावश्यक पीडा र कष्टबाट जोगाउन सुरक्षित, व्यवस्थित तथा पशुमैत्री ढुवानी प्रणाली विकास गर्नुपर्नेमा संस्थाले जोड दिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    प्रधानमन्त्री बालेन्द्र र भारतीय विदेशमन्त्री जयशंकरबिचको वार्ता सम्पन्न

    प्रधानमन्त्री बालेन शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय टोलीको नाम सार्वजनिक

    विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    एनपीएल : कुन टिमले कति नगद पुरस्कार पाए ?

    प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

    चितवनका सीडीओको स्टन्ट फ्लप ! ‘राइनो क्रुज’ दुई महिनादेखि नारायणी किनारमा बेवारिसे

    समाचार

    मासुका लागि ल्याइने पशुपन्छीको अमानवीय ढुवानी, मापदण्ड कार्यान्वयन गर्न NAWES को माग

    प्रधानमन्त्री बालेन्द्र र भारतीय विदेशमन्त्री जयशंकरबिचको वार्ता सम्पन्न

    प्रधानमन्त्री बालेन शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय टोलीको नाम सार्वजनिक

    विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑