• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ २९, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      यस्ता छन् सरकारका मुख्य ३ निर्णय

      २0 मिनेट अघि

      अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

      २३ मिनेट अघि

      गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

      २६ मिनेट अघि

      रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

      ३१ मिनेट अघि

      अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

      ३३ मिनेट अघि

      ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

      ३७ मिनेट अघि

      माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत अग्राधिकार शेयर नेप्सेमा सूचीकृत, आजदेखि दोस्रो बजारमा कारोबार

      ३९ मिनेट अघि

      कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह

      ४0 मिनेट अघि

      अनियन्त्रित भाडा आवासले थिचिँदै शहरी पूर्वाधार

      ४२ मिनेट अघि

      Xiaomi launches 17T in Nepal with a new era of Leica-Powered optics with Telephoto Capabilities, and Leica Live Moment

      ४६ मिनेट अघि

      बूढानीलकण्ठलाई ‘टुरिजम हब’ बनाउने संकल्प: ५० युवालाई पर्यटन प्रवर्द्धन तथा अभिमुखीकरण तालिम, पर्यटन क्षेत्रका दिग्गज कर्ण शाक्यको विशेष प्रस्तुति

      १ दिन अघि

      सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

      ३ दिन अघि

      रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका गतिविधि स्थगन

      ३ दिन अघि

      कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

      ३ दिन अघि

      एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

      ३ दिन अघि
    आज: २०८३ जेष्ठ २९, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    स्वतन्त्र पत्रकार संघ नेपाल काठमाण्डौं शाखाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • लाईभ नेपाल
  • २०८१ कार्तिक १५, बिहिबार (१ साल अघि)
  • १४७७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४१ मिनेट

  • काठमाडौँ । नेपालीहरुको महान चाड दसैँको उल्लास र उमङ्गको रौनक सेलाउन नपाउँदै आउने तिहार पर्व, दसैँ जस्तै धार्मिक र सामाजिक महत्वको पर्व हो । तिहार हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कात्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म ५ ( पाँच) दिन मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ। यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ । तिहार पर्वको पुर्व सन्ध्यासँगै नजिकिँदैं गरेको चाडहरु नेपाल सम्वत् ११४५ र छठ पर्वलाई लक्षित गरि स्वतन्त्र पकार संघ नेपाल काठमाण्डौँ जिल्ला शाखाले मंगलबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम काठमाण्डौँको सामाखुशी स्थीत हीमालयन फीयुजन रेष्ट्रो एण्ड व्यागंक्युटमा सम्पन्न भएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले सो कार्यक्रमलाई पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । कार्यक्रममा महतले कतिपय पत्रकार तथा मिडियाहरुले हचुवाको भरमा समाचार बनाउने गर्नाले यस्ता समाचारले देशको विस्तारमा बाधा उत्पन्न गरेको बताए । राम्रा कामको भन्दा नराम्रा र अपुस्ट हल्लाहरूलाई छिटो फैलाउनु भन्दा समाचार बनाउदा खोज मुलक,सत्य,तथ्य र प्रमाणको आधारमा बनाउनु पर्ने बताए । त्यति मात्र होईन राज्यको चौथो अग पत्रकारिता स्वतन्त्र र समाजको ऐना हो भन्दै उनले कुनै पनि नागरिकहरूले अरूको अधिकार हनन गर्ने कार्यहरू गर्न नहुने भन्दै कानुन सबैका लागि बराबर हुने, सकारात्मक सोच राखेर काम गर्नु पर्ने, युवाहरूलाई देशमा नै अवसरको सुनिश्चितता गराउन सकिने बताए । त्यसै गरी नेपालमा कक्षा १२ को अध्ययन पश्चात् युवाहरू बिदेसिने प्रविधिलाई राज्य स्तरबाट नेपालमानै रोजगारीको व्यवस्था गरेर रोक्नु पर्ने, प्रविधिलाई प्रभाकारी बनाउनु पर्ने भन्दै सत्य र तथ्यको मात्र विश्वास गरी मनभित्रका विकार निकालेर सकारात्मक सोचले अगाडि बढ्न सबैलाई आग्रह समेत गरे । महतले विकास रफ्तारमा नहुने भन्दै एकपछि दुई, दुईपछि तीन र तीनपछि चार गने जस्तै विस्तारै हुने बताउदै शुभदिपावली, छठ पर्व तथा नेपाल संवत् ११४५ को शुभकामना व्यक्त गरे ।

    उक्त शुभकामना आदान प्रदान कार्यक्रममा आयोजक संस्था स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौँ जिल्ला शाखाकी उपाध्यक्ष सावित्री बस्नेत (सबु) ले सहभागी सबैलाई स्वागत गर्दै, आपत् विपतमा परेका व्यक्तिहरूलाई सबैले आ आफ्नो तर्फबाट सकेको सहयोग गर्नु पर्ने भन्दै शुभदिपावली, छठ पर्व र नेपाल संवतको शुभकामना व्यक्त गरिन् ।

    शुभकामना आदान प्रदान कार्यक्रमका विशेष अतिथि एवं विनायक अस्पतालका सञ्चालक तथा भरत फाउन्डेसनका अध्यक्ष के पी लामिछानेले स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौँ जिल्ला शाखाले स्वतन्त्र रूपमा पत्रकारिता गर्नुका साथै विभिन्न समयमा आपत् विपतमा परेका नागरिकहरूको लागि सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्तै उत्कृष्ट कार्य गर्नको लागि अगाडी बढ्न आग्रह गर्दै सबैले विपत् तथा अन्य समस्यामा परेका नागरिकहरूका लागि सक्दो सहयोग गर्न आग्रह गरे ।

    यसै क्रममा लामिछानेले युवाहरूलाई आफ्नै देशमा टिकाउनका लागि नेपालमा नै रोजगारको व्यवस्था गर्नु पर्ने, उधोगधन्दाहरु सञ्चालन गर्नका लागि सरकारको ध्यान केन्द्रित हुनु पर्ने भन्दै पत्रकारहरु स्वतन्त्र भई सत्य तथ्यमा आधारित हुन विशेष जोड दिए । त्यसै गरी उनले विनायक हस्पितलले आपत् विपतमा परेका व्यक्तिहरूका लागि हस्पितलले सधै सहयोग गरी रहेको छ र आगामी दिनमा पनि यस्ता जानकारी पाए विनायक हस्पिटल सधै तत्पर रहेको बताउँदै शुभदिपावली, छठ पर्व तथा नेपाल संवत् ११४५ को शुभकामना व्यक्त गरे ।

    नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाकी कार्य समिति सदस्य रिना श्रेष्ठले स्वतन्त्र पत्रकार संघ नेपाल र यसका शाखाहरूले जनताका लागि राम्रो काम गर्दै आएको र अबका दिनमा महिला पत्रकारहरू, अपाङ्गता भएका महिला सञ्चारकर्मीहरूले आर्थिक, सामाजिक चुनौतीहरूको सामना गर्न परेको अवस्थामा यस्ता चुनौतीहरूको समाधान हुने, उनीहरूको क्षमता विकास, नेतृत्व विकास लगायतका कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गर्दै शुभकामना व्यक्त गरिन् ।

    त्यसै गरी समाज सेवी तथा व्यवसायी रुद्र जोशीले कुनै पनि सञ्चारकर्मीले निष्पक्ष रूपमा सत्य तथ्यमा आधारित भएर समाचार संप्रेष गर्नु पर्ने भन्दै नेपालको जनशक्तिलाई स्वदेशमा नै उपयोग गर्ने वातावरण सरकारले मिलाउनु पर्ने र सबै नागरिकहरूमा सहयोगीको भावना पनि जागृत हुनु पर्ने भन्दै नेपालीहरूको पर्व शुभदिपावली, छठ पर्व तथा नेपाल संवत् ११४५ को शुभकामना व्यक्त गरे । साथै जोशीले यस संस्थाले विभिन्न समयमा विपतमा पर्दै आएका व्यक्तिहरूलाई गरेको सहयोगको सरना गर्दै देउसी भैलो कार्यक्रम राखेर संस्कृति जर्गेना गर्नुको साथै आपत विपदमा परेकालाई सहयोग समेत संस्थाले गरेकोमा खुशी व्यक्त गरे ।

    उक्त कार्यक्रममा आईसिटी पत्रकार विकास मञ्चका संस्थापक अध्यक्ष भरतराज उप्रेतीले पत्रकारिता गरिरहँदा यसलाई चुस्त, दुरुस्त बनाउनका लागि प्रविधिको विकासलाई आत्मसाथ गरेर काम गर्न सकेमा उक्त पत्रकारिता प्रभावकारी हुने बताउनु भयो । त्यसै गरी उहाँले समाज र जनता प्रति पत्रकार गम्भीर हुनु पर्ने, प्रविधिका विषयमा पत्रकारहरूलाई विभिन्न ज्ञान तथा सीप प्रदान गरिनु पर्ने भन्दै शुभदिपावली, छठ पर्व तथा नेपाल संवत् ११४५ को शुभकामना व्यक्त गरेका थिए ।

    स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौँ शाखाका अध्यक्ष तथा उक्त कार्यक्रमका सभापति पुष्कर राज पाण्डेले नेपालमा पत्रकारहरुलाई राज्यको चौथो अगं भनिदै गर्दा यो चौथो अगंको उपनामले कत्तिको न्याय पाइरहेको छ ,यसको मूल्याङ्कन कसले गर्ने ? पत्रकारले प्राप्त गर्ने सेवा सुविधा, सुरक्षादेखि लिएर लेखन तथा वाक स्वतन्त्रतालाई पनि ख्याल गर्नुपर्ने हुन्छ । सूचनाको हक र गोपनियताको हक साधारण नागरिक होस या पत्रकार अथवा जुनसुकै ओहदाको व्यक्ति किन नहोस सबैलाई बराबर हुन्छ । आफूलाई जोखिममा राखेर भएपनि जनता समक्ष सूचना पस्किनु पत्रकारको जिम्मेवारी हुन्छ । यति हुँदाहुदै पनि पत्रकारहरु माथि बेलाबखत आरोप प्रत्यारोप लागी रहन्छ । यति मात्रै होईन कतिपय अबस्थामा पत्रकार माथि नै आक्रमण पनि भएका छन् । आन्दोलन भईरहँदा फोटो खिच्न गएको पत्रकार कुटिन्छ, कुनै अपराधिको फोटो खिच्न जाँदा पत्रकारले लात्ति खानु परेको छ । यस्ता धेरै उदाहरणहरु छन् भन्दै पाण्डेले अगाडी थपे नेपाली समाजमा पत्रकारीता पेसालाई कुनै संघसंस्थाको झोला बोकाउने काम पनि नभएको चाँहि होइन । अझ भन्नुपर्दा राजनीतिक पार्टीको सूचना अधिकारीको जस्तो नेपाली मिडियाहरु खुल्ने गरेको देखिन्छ । पत्रकार स्वतन्त्र र निष्पक्ष हुनुपर्दछ भन्ने मान्यतालाई सरासर गलहत्याइको देखिन्छ यस्ता कार्यले । पत्रकारीतालाई कतै झोले पत्रकारीताको संज्ञा दिइएको छ भने कतै मिसन पत्रकारीताको रुपमा प्रयोग गरिएको छ । वास्तवमा वर्तमान समयमा नेपालमा यस्तै भैरहेको छ । यस्ता कार्यहरुले एकातिर पत्रकारको स्वतन्त्रतालाई हनन् गरिरहेको छ भने अर्काेतिर समाजप्रति निष्पक्ष बन्न सकेको छैन । आखिर किन हुदै छ त पत्रकारीता क्षेत्रमा यस्तो क्रियाकलाप ? सबैले सोच्ने हो कि ? पाण्डेले भने ।

    त्यस्तै उनले अगाडी थपे नेपाली पत्रकारीता जगतमा पत्रकारहरुलाई पालिन सक्ने लगानी सरकार पक्षबाट हुन सकेको छ कि छैन ? राज्यको चौथो अगंको उपनाम दिएर मात्र पत्रकारीता जगतलाई चलाउन सकिन्छ र ? निजी स्तरबाट सञ्चालनमा आएका मिडियाहरुले मिडिया चलाउनकै लागी भए पनि संघसस्थाको झोला बोक्न तयार हुनुपर्ने देखिन्छ । आउदा दिनहरुमा यी विभिन्न समस्या र चूनौतिहरुलाई चिर्न सक्ने क्षमता नेपाली पत्रकारीता जगतले सिर्जना गर्न सकोस, स्वतन्त्रता र कर्तव्यलाई उचित स्थानमा सहि रुपमा प्रयोग गर्ने आँट क्षमताको वृद्धि होस भन्दै संस्थाले निस्वार्थ रूपमा जनताका आवाजहरूलाई, सवालहरूलाई सञ्चार माध्यम मार्फत उजागर गर्दे आएको पाण्डेले बताए । त्यति मात्र नभएर सामाजिक कार्यमा पनि संस्था लागीरहेको उनले बताए । साथै स्वतन्त्र पत्रकारहरूका लागि राज्य स्तरबाट उनीहरूको पहिचान, कार्य तथा क्षमता विकास लगायतका चुनौतीहरूको समाधान गरी सत्य, तथ्य, र निष्पक्ष रूपमा पत्रकारिता गर्न सक्ने वातावरण सृजना गरी प्रभावकारी कार्यक्रम सञ्चालन गरिदिनु पर्ने बताउँदै, गत असोज १२ गते आएको बाढी पहिरोले विपतमा परेका नागरिकहरूका लागि आर्थिक सहयोग सङ्कलन गरी वितरण गरिने कुरामा जोड दिँदै शुभदिपावली, छठ पर्व तथा नेपाल संवत् ११४५ को शुभकामना व्यक्त गरे ।

    शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ संचारकर्मी श्री राम पुडासैनी,काठमाण्डौँ महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रेम थापा,तारकेश्वर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सम्भु प्रसाद फुयाँल,वरिष्ठ समाजसेवी तथा व्यवसायी रुद्र कुमार जोशी,बडी विल्डर खेम राज निरौलासमाजसेवी हरि सुवेदी,गायक तथा मोडल श्री सुधिर श्रेष्ठ, समाजसेवी तथा फीयुजन रेष्ट्रो एण्ड व्यागंक्युटका म्यानेजर किश्वर भट्ट स्वतन्त्र पत्रकारहरू, समाज सेवी, जनप्रतिनिधि र सरोकारवाला निकायहरू लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    सो कार्यक्रमको संचालन स्वतन्त्र पत्रकार संघ काठमाण्डौँ जिल्ला शाखाका सचिव कृष्ण राज तिमल्सिनाले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

    गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

    रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

    अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

    ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

    समाचार

    यस्ता छन् सरकारका मुख्य ३ निर्णय

    अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

    गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

    रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑