• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन २९, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

      १६ घण्टा अघि

      दर्शकलाइ मनछुने कथामा केवल लामाको ‘पुरानो घाउ बल्झेछ’

      १६ घण्टा अघि

      सुनचाँदीको मूल्य घट्यो

      १७ घण्टा अघि

      टेलिटकले ल्यायो ५१ घण्टा ब्याट्री ब्याकअप दिने एचएमडी आर्क २ स्मार्टफोन, मूल्य २१ हजार रुपैयाँ

      १७ घण्टा अघि

      राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

      १७ घण्टा अघि

      सामसङ नेपाल र Ncell ले Ncell ग्राहकहरूका लागि विशेष दशैं अफर ल्याउनक लागि गरे समझदारी पत्रमा हस्ताक्षर

      १७ घण्टा अघि

      कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

      १ दिन अघि

      म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर !

      १ दिन अघि

      Agree on the Fare. Fair for Both: inDrive launches passenger campaign focused on fair fares and faster rides

      १ दिन अघि

      नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

      १ दिन अघि

      जनजागृति ज्ञानरश्मि माविको नयाँ भवन निर्माणलाई स्थानीयको समर्थन

      १ दिन अघि

      उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

      १ दिन अघि

      भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

      १ दिन अघि

      ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

      १ दिन अघि

      भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

      १ दिन अघि
    आज: २०८३ आश्विन २९, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    जलवायु वित्त कोषमा प्रभावित मुलुकको सहज पहुँच हुनुपर्नेमा जोड

  • लाईभ नेपाल
  • २०८१ कार्तिक २२, बिहिबार (१ साल अघि)
  • ११९३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । सरकारका प्रतिनिधि, जनप्रतिनिधि, जलवायु क्षेत्रका विज्ञ, नागरिक समाजका अगुवालगायतले कार्बन उत्सर्जनमा नगण्य योगदान भए पनि ज्यादा प्रतिकूल असर बेहोर्न बाध्य नेपालजस्ता विकासोन्मुख मुलुकको जलवायु वित्त कोषमा सहज र न्यायोचित पहुँच हुनुपर्नेमा जोड दिएका छन् ।

    राष्ट्रिय र क्षेत्रीय नागरिक मञ्च तथा सञ्जालहरुद्वारा आज यहाँ आयोजित कार्यक्रममा विज्ञ तथा सरोकारवालाले जलवायु परिवर्तनसम्बन्धी २९औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) मा नेपालले उठाउनुपर्ने मुद्दाहरू सम्बन्धमा विभिन्न सुझाव दिएको थियो ।

    जलवायु वित्तमा समान तथा न्यायोचित पहुँच सम्बन्धमा नेपालले उठाउनुपर्ने मुद्दाहरूबारे छलफल गर्ने उद्देश्यले ‘२९औँ जलवायु सम्मेलन र जलवायु वित्तमा नेपालको पहुँच नागरिक समाजका सुझाव’ विषयक परामर्श कार्यक्रम गरिएको हो । कोप–२९ यही कात्तिक २६ गतेदेखि मंसिर ०७ गतेसम्म अजरबैजानको बाकु सहरमा हुँदैछ ।

    जलवायु न्यायको सिद्धान्तका आधारमा अतिकम विकसित र विकासोन्मुख देशहरूले प्राप्त गर्ने जलवायु वित्त मुख्यतः कार्बन उत्सर्जन न्यूनीकरणमा केन्द्रित र ऋणमा आधारित बन्दै गएकामा उपस्थित नागरिक समाजका सदस्यहरूले चिन्ता व्यक्त गरे ।

    यस किसिमको असमान र अन्यायपूर्ण अवस्थालाई बदल्न नेपालले अनुकूलन, उत्थानशीलता एवं हानिनोक्सानीलाई सम्बोधन गर्न बनेको कोषबाट पर्याप्त अनुदान पाउनुपर्नेमा उहाँहरुको जोड थियो ।

    कार्यक्रमका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सन् २०३० सम्ममा नेपालले वन क्षेत्रफललाई ४५ प्रतिशतसम्म विस्तार गर्ने प्रतिबद्धता जनाएको र सन् २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्य राखेको बताए । उनले कोप–२९ मा सरकारको ध्यान अनुकूलन, हानिनोक्सानीको क्षतिपूर्ति, तथा क्षमता अभिवृद्धिको मुद्दामा केन्द्रित रहने उल्लेख गरे ।

    राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमलादेवी पन्तले नेपालजस्ता देशको कार्बन उत्सर्जनमा नगण्य भूमिका भए पनि जलवायु सङ्कटको सामना गर्नुपरेकाले सरकारले जलवायु न्यायसम्बन्धी चासोहरू जलवायु सम्मेलनमा प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताए ।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले जलवायु परिवर्तन र यसले निम्त्याएका सङ्कटमा नेपालको कुनै भूमिका नभए पनि उक्त सङ्कट सामनाका लागि आवश्यक जलवायु वित्त उपलब्ध गराउन सर्तमाथि सर्त राखिनु असान्दर्भिक भएको बताए ।

    कार्यक्रमका मुख्य वक्ता डा माधव कार्कीले नेपालजस्ता अतिकम विकसित र पर्वतीय मुलुकमा जलवायु परिवर्तनका समस्या सम्बोधन हालको जस्तै सुस्त भएमा छिट्टै जलवायु आपत्कालको चरण सुरु हुने उल्लेख गरे ।

    यसैगरी नेपाल ग्रामीण पुनर्निर्माण संस्थाका कार्यकारी अध्यक्ष डा अर्जुन कार्कीले विकसित मुलुकले अतिकम विकसित र विकासोन्मुख देशहरूका लागि सार्वजनिक, अनुदानमा आधारित, नयाँ र थप वित्तीय सहयोग निःशर्त प्रदान गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा नागरिक समाजका प्रतिनिधि साथै सरकारी निकाय, द्विपक्षीय तथा बहुपक्षीय निकायका प्रतिनिधिको सहभागिता थियो ।

    कार्यक्रम नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, डेडिकेटेड ग्रान्ट मेकानिज्म फर इन्डिजिनिअस पिपुल्स एण्ड लोकल कम्युनिटिज (डिजिएम) नेपाल, नेपाल आदिवासी जनजाति महाङ्घ (नेफिन), साथसाथै, विश्वखाद्य मञ्च नेपाल, मानव अधिकार एलाइन्स, एसियन पिपल्स मुभमेन्ट अन डेट एण्ड डेभलप्मेन्ट (एपिएमडिडी), गरिबी उन्मूलनका लागि दक्षिण एशिया मञ्च (सापे), लैङ्गिक उत्तरदायी जलवायु नीति सञ्जाल, अतिकम विकसित मुलुकका सञ्जाल (एलडिसी वाच) र युएन बुमनको सहआयोजनामा भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

    दर्शकलाइ मनछुने कथामा केवल लामाको ‘पुरानो घाउ बल्झेछ’

    सुनचाँदीको मूल्य घट्यो

    टेलिटकले ल्यायो ५१ घण्टा ब्याट्री ब्याकअप दिने एचएमडी आर्क २ स्मार्टफोन, मूल्य २१ हजार रुपैयाँ

    राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

    सामसङ नेपाल र Ncell ले Ncell ग्राहकहरूका लागि विशेष दशैं अफर ल्याउनक लागि गरे समझदारी पत्रमा हस्ताक्षर

    समाचार

    यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

    दर्शकलाइ मनछुने कथामा केवल लामाको ‘पुरानो घाउ बल्झेछ’

    सुनचाँदीको मूल्य घट्यो

    टेलिटकले ल्यायो ५१ घण्टा ब्याट्री ब्याकअप दिने एचएमडी आर्क २ स्मार्टफोन, मूल्य २१ हजार रुपैयाँ

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑