• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ २८, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

      १ दिन अघि

      सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

      १ दिन अघि

      महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

      १ दिन अघि

      दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

      १ दिन अघि

      कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

      १ दिन अघि

      असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

      १ दिन अघि

      गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

      १ दिन अघि

      नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक, संशोधनसहित प्रस्तावित विधेयक र सुझावसहित प्रतिवेदन पारित गर्दै नगर सभा, १९ औँ अधिवेशसन सम्पन्न

      १ दिन अघि

      वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

      १ दिन अघि

      युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

      १ दिन अघि

      inDrive Launches Passenger 360 Campaign in Nepal: “Agree on Your Fare. Only Here.”

      १ दिन अघि

      नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रकरणमा सबै आरोपितले पाए सफाइ

      १ दिन अघि

      भोलिदेखि पुनः सञ्चालनमा आउँदै विराटनगरको भाट–भटेनी सुपर स्टोर

      १ दिन अघि

      पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

      १ दिन अघि

      नवनियुक्त वैज्ञानिकलाई मन्त्री चौधरीको निर्देशनः ‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’

      २ दिन अघि
    आज: २०८३ अषाढ २८, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  पर्यटन

    कोप–२९ : जलवायुजन्य सङ्कट सामना गर्न ‘अपिल’

  • लाईभ नेपाल
  • २०८१ कार्तिक २७, मंगलबार (१ साल अघि)
  • १९००४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • अजरबैजान । अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) को आज उद्घाटन भएको छ ।

    उद्घाटनमा जलवायुले निम्त्याएका समस्याको सामना गर्न विश्व समुदायबीच एकता र सहकार्यताको लागि अपिल गरियो । २२ तारिख (मङ्सिर ७ गते) सम्म चल्ने कोपमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रप्रमुख रामचन्द्र पौडेल बाकु पुगेका छन् ।

    कोपको उद्घाटन सत्रमा बोल्ने तीन वक्ताहरु कोप २९ का अध्यक्ष मुख्तार बाबायेभ, निवर्तमान कोप २८ का अध्यक्ष सुल्तान अल जाबेर, संयुक्त राष्ट्रसङ्घका जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टियलले जलवायु परिवर्तनको समस्या समाधानमा एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

    सम्मेलन उद्घाटनका क्रममा कोप २९ का अध्यक्ष बाबायेभले जलवायु परिवर्तनका कारण विश्व नै विनासको मार्गमा पुगेकाले समस्या समाधानमा एकता र सहकार्यमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले जलवायुजन्य समस्या समाधानका लागि र जलवायु जोखिमले ल्याउन सक्ने सम्भावित समस्याहरुको विषयमा एकजुट भएर समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

    “जलवायुजन्य समस्या निराकरणका लागि पेरिस सम्झौता कडाइका साथ कार्यान्वयन गर्न र सबैले आआफ्नो प्रतिबद्धता पूरा गर्न जरुरी छ, सबै मुलुकले निर्धारण गरेका लक्ष्यहरू पूरा गर्न प्रतिबद्ध हुनुपर्छ”, उनले भने ।

    सबै मुलुकहरु नीतिगत मात्रै नभई तोकिएका लक्ष्य पुरा गर्न प्रभावकारी कार्यन्वयनमा जुट्नुपर्ने उनको भनाई छ । “तपाईंले देख्नु नभए पनि, जलवायु परिवर्तनले सिर्जना गरेका जोखिमका कारण विश्वका मानिसहरू पीडामा छन्, तिनीहरू कष्ट भोग्दै छन् । अब तिनीहरूलाई केवल सहानुभूति, प्रार्थना वा कागजी प्रक्रिया मात्र होइन, कोप–२९ सबैका लागि नयाँ मार्ग पहिल्याउने अपरिहार्य क्षण हो”, अध्यक्ष बाबायेभले थपे, “विश्वमा देखिएको जलवायु परिवर्तनको समस्या समाधान गर्न सबैबाट सहयोग आवश्यक छ ।”

    निवर्तमान कोप–२८ का अध्यक्ष सुल्तान अल जाबेरले जलवायु समस्या निराकरण गर्न भाषणले मात्रै नहुने स्पष्ट पारे । “म तपाईंलाई अन्तिम सन्देश दिन चाहन्छु, सकारात्मकताले जलवायुजन्य समस्या समाधान प्रक्रियालाई बलियो बनाउन सकोस्”, उनले भने ।

    संयुक्त राष्ट्रसङ्घका जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टियलले कोपमा उपस्थित हरेक मुलुकका राजनीतिक पार्टीहरूले जलवायुका समस्याबाट बाहिर निस्कने उपाय खोज्न आवश्यक रहेकोमा जोड दिए ।

    “जलवायुजन्य समस्या समाधानका लागि हामी बाकुमा छौँ, हामीले नयाँ जलवायु वित्त लक्ष्यमा सहमति गर्नै पर्छ । यदि कम्तीमा दुई तिहाई राष्ट्रहरू छिटो उत्सर्जन कटौती गर्न सक्दैनन् भने हरेक राष्ट्रले त्यसको मूल्य चुकाउनु पर्नेछ”, उनले भने ।

    स्टियलका अनुसार महत्वाकांक्षी नयाँ जलवायु वित्तको लक्ष्य अझै ठूलो र धनी राष्ट्रको हितमा छ । “जलवायु लक्ष्यमा सहमति मात्र पर्याप्त छैन । हामीले विश्व वित्तीय प्रणालीलाई पुनः परिमार्जन गर्न कोसिस गर्नुपर्छ । आवश्यक राष्ट्रहरूलाई वित्तीय सहयोग दिनुपर्नेछ”, उनले भने, “बाकुमै हामीले अन्तर्राष्ट्रिय कार्बन बजार सञ्चालनमा ल्याउन, पेरिस सम्झौताको अनुच्छेद ६ लाई अन्तिम रूप दिनैपर्छ । पूर्वनिर्धारित लक्ष्य अनुसार अघि बढ्नै पर्छ ।”

    तापमान वृद्धिलाई १।५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ । “कोपमा नै अनुकूलन लक्ष्यमा सहमति गर्नुपर्छ । तपाईंले मापन नगरी व्यवस्थापन गर्न सक्नुहुन्न”, उनले थपे, “यो विश्वव्यापी सहकार्यलाई पुनः सक्षम बनाउने समय हो । त्यसैले म सबैलाई अनुरोध गर्दछु, आउनुहोस्, एकसाथ उठौँ ।”

    उनले जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा परेको नकारात्मक असरको विषय उठान गरेका छन् । कोपमा भाग लिन बाकु पुगेका राष्ट्रपति पौडेलका वन तथा वातावरण सल्लाहकार डा प्रमेश्वर पोखरेलले जलवायु परिवर्तनले निम्त्याएका समस्या समाधानका लागि कोपले निचोड निकाल्ने बताए ।

    “कोप–२९ मा नेपालले नयाँ जलवायु वित्त लक्ष्यको अपनाउन जोडदार माग गरेको छ र विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा तल सीमित राख्ने स्पष्ट मार्गनिर्देशनको आवश्यकता उठाएको छ”, जलवायुविद् मञ्जित ढकालले भने, “नेपाल पर्वतीय प्राथमिकतासँग सम्बन्धित छलफलमा सक्रिय सहभागी छ र पहाडी क्षेत्रमा जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न विशेष छलफलको माग गरिरहेको छ ।”

    अर्का जलवायु अभियन्ता राजन थापाले उद्घाटन कै दिन पर्वतीय क्षेत्रको सुरक्षाको प्रसङ्ग प्रवेश भएकाले नेपालले उठान गर्न लागेको पर्वतीय क्षेत्रको एजेण्डा कोपमा समावेश गर्न सहज हुने बताए ।

    प्रतिक्रिया दिनुहोस


    पर्यटन सम्बन्धि थप

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

    समाचार

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑