• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण ३१, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भदौका लागि ५ बैंकले घटाए ब्याजदर

      ६ घण्टा अघि

      विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

      ७ घण्टा अघि

      यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

      ७ घण्टा अघि

      नेपालमै बनेको यात्री पीटू स्कुटर हेर्न कारखाना पुगे अर्थमन्त्री, भने– अघि बढ्नुहोस्, सरकार साथमा छ

      ७ घण्टा अघि

      प्रभु बैंकको ब्याज आम्दानी २८.७२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

      ७ घण्टा अघि

      क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

      ७ घण्टा अघि

      माछापुच्छ्रे बैंकको नाफा २ अर्ब, वितरणयोग्य मुनाफा कति ?

      ८ घण्टा अघि

      वंशजकै नागरिकताको निरन्तरतामा राजनीतिक प्रतिबद्धता, एनआरएनएको मागप्रति दलहरू सकारात्मक

      ८ घण्टा अघि

      तोलामा ३६ सयले बढ्यो सुनको मूल्य, आइतबार कति पुग्यो ?

      ८ घण्टा अघि

      बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

      ८ घण्टा अघि

      पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न

      ८ घण्टा अघि

      देउवाले भने – म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ

      ८ घण्टा अघि

      ‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

      ८ घण्टा अघि

      जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

      ८ घण्टा अघि

      बंगलादेशका १२ फोटो पत्रकार नेपालमा, पर्यटन प्रवद्र्धनमा जोड

      ९ घण्टा अघि
    आज: २०८३ श्रावण ३१, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    तेस्रो लिङ्गीले घोषणा गरे कीर्तिपुरको मेयरमा उम्मेदवारी, जसपा नेपालले दियो टिकट

  • लाईभ नेपाल
  • २०८१ मंसिर २, आईतबार (१ साल अघि)
  • ११८१२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट

  • कीर्तिपुर ।  मङ्सिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनि) र राजीव महर्जन (मौनी)को उम्मेदवारी घोषणा भएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कीर्तिपुर नगरपालिकाको मेयरमा तेस्रो लिङ्गी महिला हनि र वडा नं ४ को वडा अध्यक्षमा मौनीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो।

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि वकालत गर्दै आएको मायाको पहिचान नेपालको पहलमा हनि मेयर र मौनी वडा अध्यक्ष पदमा उम्मेदवार बन्न सफल भएका हुन्। मायाको पहिचान नेपालले राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सहभागिता र प्रतिनिधित्वबारे गरेको छलफलमा हनि र मौनीले उम्मेदवार बन्ने चाहना व्यक्त गरेका थिए।

    उनको चाहना पुरा गर्न मायाको पहिचान नेपालले जसपा नेपालको कार्यालयमा पुर्‍याएर उम्मेदवार बनाउन आग्रह गर्‍यो। हामी हनि र मौनीलाई लिएर जसपा नेपालको पार्टी कार्यालय गयौँ,उम्मेदवार बनाउन प्रस्ताव राख्यौँ,मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेले भने,उहाँहरूले सकारात्मक रूपमा लिनुभयो,टिकट दिनुभयो, अब विजयी गराउन लाग्नेछौ।

    मायाको पहिचान नेपालको कार्यालयमा शनिवार पत्रकार सम्मेलन गरेर हनि र मौनीले उम्मेदवारी घोषणा गरे।

    कार्यक्रममा जसपा नेपालका उपाध्यक्ष विद्युत् बज्राचार्यले राज्यको ध्यान नगएको अवस्थामा पार्टीको ध्यान जानु पर्छ भनेर तेस्रो लिङ्गीलाई उम्मेदवार बनाउने घोषणा गरेको बताए। उनले कीर्तिपुर नगरको मेयर र वडा अध्यक्षमा पार्टीका उम्मेदवारलाई निर्वाचित गराउन सिङ्गो पार्टी लागेको बताए।

    जसपा नेपालका केन्द्रीय सदस्य राजन केसी, सन्तोष सिलवाल, विना सिन्हा, केन्द्रीय निर्वाचन प्रतिनिधि मनोज वर्मा, केन्द्रीय पहिचान विभागका प्रतिनिधि विकास कान्छा ब्लोन, नेवा प्रदेश सदस्य राकेश श्रेष्ठ, मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डे, नेपालमा दोस्रो पटक भएको मिस्टर गे हेन्डसमका उपाधि विजेता मनिन्द्र सिंह दनुवार लगायतले  कीर्तिपुर नगरको पहिचानसँगै विकासका कामलाई अगाडी बढाउन पार्टीका उम्मेदवारको ठुलो भूमिका रहने विश्वास व्यक्त गरे।

    मेयरका उम्मेदवार हनिले जसपा नेपालले उम्मेदवार बनाएकोमा गर्व लागेको बताए। उनले दबिएर बस्नु पर्ने अवस्थामा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समस्या समाधानसँगै कीर्तिपुरको विकासमा महत्त्वपूर्ण योगदान गर्ने बताए।

    सबै खाले शोषण, उत्पीडन र विभेदको अन्त्य गर्न सधैँ सङ्घर्षरत रहने शपथ खाएका हनिले मङ्सिर २ गते मेयर पदमा उम्मेदवारी दर्ता गराउने बताए। कीर्तिपुर नगरपालिकामा तेस्रो लिङ्गी महिलाले पहिलो पटक उम्मेदवारी दिन लागेका हुन्।

    देशभरका स्थानीय तहको नेतृत्वमा पुरुष र महिला मात्र छन्। कीर्तिपुर नगरमा पहिलो पटक तेस्रो लिङ्गी महिलाले उम्मेदवारी घोषणा गरे लगत्तै नगरवासीमा चासो बढेको छ। हनिले हाम्रो सपनाको सहर, कीर्तिपुर नगर नारा राखेर आफ्ना प्रतिबद्धता पनि सार्वजनिक गरेकी छन्। इमानदारिता, निजी वा व्यक्तिगत स्वार्थबाट माथि उठेर स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन बिताउनेछु,हनिले जसपा नेपालको शपथ लिँदै भनेकी छन्,स्वतन्त्रता, समानता, सामाजिक न्याय र समाजवादका लागि लडिरहनेछु।

    हनिको चुनावी प्रतिबद्धता

    सफा, स्वच्च र सुन्दर कीर्तिपुरलाई भ्रष्टाचार मुक्त नगर बनाउने प्रतिबद्धता हनिले गरेकी छन्। विद्युतीय सुशासन सेवालाई प्रभावकारी बनाउने, युवा बेरोजगारी अन्त्य गर्ने र रोजगारीको व्यवस्था गर्ने मेयरका उम्मेदवार हनिको घोषणा पत्र सार्वजनिक भएको छ।

    उद्यमी बन्न प्रोत्साहन पुग्ने कार्यक्रम सञ्चालन गर्ने, पदमार्गहरूको पहिचान गर्ने र पर्यटकहरूका लागि घुम्नै पर्ने सहरका रूपमा विकास गर्ने उनको अर्को घोषणा छ। कर प्रणालीलाई न्यायसङ्गत बनाउने, घरजग्गा कर समायोजन गरेर राहत दिने र वृद्धवृद्धालाई घरमै स्वास्थ्य सेवा पुर्‍याउने प्रतिबद्धता हनिले गरेकी छन्।

    धार्मिक एवं पर्यटकीय सम्पदाहरूको संरक्षण गर्ने, हराउँदै गएका नेवा संस्कृतिको जर्गेना गर्ने र इन्द्रेणी पर्यटकको पहिलो गन्तव्यको रूपमा विकास गर्ने हनिको प्रतिबद्धता रहेको छ।

    ढल, खानेपानी, सडक बाटोको मर्मत, संहारको काम व्यवस्थित बनाउने र विकासमा जनताको सहभागितालाई सुनिश्चित गर्ने हनिको चुनावी प्रतिबद्धता छ। आधुनिक भौतिक पूर्वाधारको विकास गर्ने, वातावरण संरक्षणका लागि प्रदूषण नियन्त्रण गर्ने र पार्क तथा हरित क्षेत्र निर्माण गर्दै नगरवासीको जीवनस्तरमा वृद्धि गर्ने योजना पनि हनिले सार्वजनिक गरेका छन्।

    सामाजिक परिवर्तनको मूल मर्म विथोल्नेविरुद्ध मैत्रीपूर्ण वैचारिक सङ्घर्षलाई अगाडि बढाइने, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र उत्पीडित वर्ग समुदायलाई विकासको मूल प्रवाहमा समाहित गराउने लैङ्गिक पहिचानका आधारमा हुने सबै खाले विभेद अन्त्य गर्ने हनिको चुनावी प्रतिबद्धता रहेको छ।

    https://youtube.com/watch?v=yDIxXPduFzo

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भदौका लागि ५ बैंकले घटाए ब्याजदर

    विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

    यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

    नेपालमै बनेको यात्री पीटू स्कुटर हेर्न कारखाना पुगे अर्थमन्त्री, भने– अघि बढ्नुहोस्, सरकार साथमा छ

    प्रभु बैंकको ब्याज आम्दानी २८.७२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

    क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

    समाचार

    भदौका लागि ५ बैंकले घटाए ब्याजदर

    विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

    यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

    नेपालमै बनेको यात्री पीटू स्कुटर हेर्न कारखाना पुगे अर्थमन्त्री, भने– अघि बढ्नुहोस्, सरकार साथमा छ

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑