काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने भएका छन् ।
प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले प्रधानमन्त्री एनपीएलको उद्घाटनमा सहभागी हुने जानकारी दिएकी छन् ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ ।
उद्घाटन खेलमा बेलुका ५ बजे साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालबाट पनि प्रतियोगिता सफलताको शुभकामना दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता, नेपाल प्रिमियर लिग आजबाट सुरु हुँदै छ र यो केही वर्षमै एक ठूलो खेलकुद प्रतियोगितामा परिणत भएको छ । लिगमा सामेल हुने सबै अन्तर्राष्ट्रिय खेलाडीहरू, कमेन्टेटरहरूलाई हार्दिक स्वागत छ र यस सुन्दर कार्यक्रमको लागि सबै नेपाली खेलाडीहरू, आयोजकहरू र क्यानलाई शुभकामना । नेपाली क्रिकेट अमर रहोस् ।’

