• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

      १ दिन अघि

      इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

      १ दिन अघि

      eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

      १ दिन अघि

      रेयर माल्ट किन महत्वपूर्ण छ?

      १ दिन अघि

      धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

      १ दिन अघि

      काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

      १ दिन अघि

      उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

      २ दिन अघि

      आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

      २ दिन अघि

      एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

      २ दिन अघि

      चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

      २ दिन अघि

      भारी वर्षाको जोखिमले विराटनगरका विद्यालयमा २ दिन बिदा

      २ दिन अघि

      साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

      २ दिन अघि

      विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्याय लाई प्रभावकारी बनाउन सरोकारवालाको जोड

      २ दिन अघि

      जलवायु न्याय र मानवअधिकार संरक्षणमा साझा पहल आवश्यक : सरोकारवाला

      २ दिन अघि

      दशैं अगाडिनै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

      २ दिन अघि
    आज: २०८३ आश्विन १०, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    पाँचखालमा ‘सेज’ निर्माण सुस्त

  • लाईभ नेपाल
  • २०८१ मंसिर १०, सोमबार (१ साल अघि)
  • १५२८४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काभ्रेपलाञ्चोक  । पाँचखालमा छ वर्षअघि निर्माण सुरु गरिएको विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको कामले गति लिएको छैन । काभ्रेपलाञ्चोकस्थित पाँचखाल नगरपालिका वडा नं ७ र ८ मा सेज स्थापना गरिएको छ ।

    सरकारले विसं २०६८ भदौ २७ को मन्त्रिपरिषद् बैठकले पाँचखालमा सेज स्थापना गर्ने निर्णय गरेको थियो । विसं २०७५ मा मात्रै औपचारिक रुपमा जग्गा प्राप्त गरी निर्माणको काम थालिएको थियो ।

    निर्यातजन्य उद्योगको स्थापना गरी व्यापार घाटा कम गर्ने र औद्योगिकीकरणमार्फत अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले सेज निर्माण गर्ने निर्णय भएको थियो तर सेजको नाममा जग्गा प्राप्ति भएको छ वर्ष बितिसक्दा पनि हालसम्म निर्माण गर्नुपर्ने पूर्वाधारलगायत काम भएका छैनन् ।

    तीन वर्षमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उक्त योजनाअन्तर्गत निर्माणधीन मुख्य प्रशासनिक भवनको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

    योजना अघि नबढेकामा कोरोना सङ्क्रमण तथा समयमा बजेट निकासा नहुनुलाई पनि कारण बनाइएको छ । यस्तै वार्षिक जम्मा रु पाँचदेखि १० करोड मात्र बजेट विनियोजन हुने भएकाले पनि समयमा कार्यसम्पन्न गर्न ढिलाइ भएको बताइन्छ । योजनाअन्तर्गत आवश्यक पूर्वाधार निर्माणका लागि रुख कटानको प्रक्रियालगायतका कारण निर्माणमा केही ढिलाइ भएको विशेष आर्थिक क्षेत्र प्राधिकरण पाँचखाल साइट कार्यालयका निमित्त प्रमुख तुलसीराम मरासिनीले बताए।

    उनका अनुसार आयोजनास्थलमा पर्ने रुख कटानको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सेजभित्रका १४ हजार ११ रुख कटान गर्नुपर्ने भएकाले डिभिजन वन कार्यालयमार्फत वन विभागलाई सिफारिस गरिएको र विभागले रुख कटानको स्वीकृत दिने काम पनि अन्तिम चरणमा पुगेको मरासिनीले जानकारी दिए।

    सरकारले सेज स्थापनार्थ वन मन्त्रालयमार्फत तत्कालीन होक्से गाउँ विकास समितिको देवीस्थान सामुदायिक वनको छ सय रोपनी र शिखरपुर सामुदायिक वनको चार सय रोपनी गरी एक हजार रोपनी जमिन उपलब्ध गराएको थियो । एक हजार रोपनी वन उपलब्ध गराएबापत सरकारले वन मन्त्रालयलाई रु २० करोड रकम उपलब्ध गराएको थियो ।

    सेज निर्माणअन्तर्गत हालसम्म पहुँचमार्ग, मुख्य प्रशासनिक भवन तथा सेज रहने स्थानमा तारबारको काम भएको छ । एक हजार रोपनी जमिनमध्ये २० रोपनीको रूख कटान गरी प्रशासनिक भवन निर्माण गरिएको हो ।

    सेजको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार भई वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) र वातावरणीय व्यवस्थापन योजना (इएनटी) स्वीकृतसमेत भइसकेको मरासिनीले बताए ।

    अब प्रशासनिक भवनलगायत काममा हालसम्म रु १५ करोड ५३ लाख ४९ हजार सात सय खर्च भएको छ । डिपिआर अनुसार सेजको लागि करिब १४ अर्ब खर्च हुने अनुमान गरिएको छ । पाँचखाल सेज निर्माण योजनामा प्रशासनिक भवन, सेवा भवन, सीमा–पर्खाल, बाल उद्यान, फोहर पानी प्रशोधन केन्द्र, रिफ्रेसमेन्ट सेन्टर, सार्वजनिक शौचालय, सवारीसाधन पार्किङ, खानेपानी ट्यांकी निर्माण, खानेपानी प्रशोधन केन्द्र, विद्युत्को सव–स्टेशनलगायतका संरचना निर्माण उल्लेख छ । सेजमा ५२ निर्यातजन्य उद्योग स्थापना गर्न सकिने छ ।

    भैरहवापछि प्राथमिकतामा राखिएको पाँचखाल सेजको सञ्चालनले चीनबाट हुने व्यापारलाई सहजीकरण हुने जनाइएको छ । चिनियाँ लगानीकर्ताको आकर्षण बढे पनि सोचेअनुसार काम नहुँदा भने उद्योगी व्यवसायी एवं स्थानीय चिन्तित भएको पाइन्छ ।

    बहुप्रतीक्षित पाँचखाल सेज पाँचखालको मात्र नभएर काभ्रेपलाञ्चोकका साथै मुलुककै गौरवको विषय भएकाले यसको निर्माण कार्य छिटो सम्पन्न हुनुपर्नेमा माग छ । त्यसबेला सरकारले मुलुकभर १४ स्थानमा यस्ता सेज स्थापनाको अवधारणा ल्याइएको थियो ।

    पाँचखालका नगरप्रमुख महेश खरेलले सेज उद्योग स्थापना एवं रोजगारीका लागि निकै महत्वपूर्ण भएकाले समयमै निर्माण हुनुपर्ने बताए। उनले काम छिटो सम्पन्न गराउन सेज केन्द्रीय कार्यालयमै पटक–पटक ध्यानाकर्षण गराइएको बताए।

    पाँचखाल सेजमा विशेष गरी चिया, कफी, अदुवा, अलैँंची, आयुर्वेदिक औषधि, दूग्ध पदार्थलगायत कृषि, खनिज, आईटी र चीनबाट कच्चापदार्थ ल्याएर प्रशोधन गर्ने उद्योग बढी सम्भाव्यता देखिएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

    इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

    eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

    रेयर माल्ट किन महत्वपूर्ण छ?

    धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

    काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

    समाचार

    जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

    इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

    eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

    रेयर माल्ट किन महत्वपूर्ण छ?

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑