• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ९, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

      २0 घण्टा अघि

      इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

      २१ घण्टा अघि

      eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

      २१ घण्टा अघि

      रेयर माल्ट किन महत्वपूर्ण छ?

      २१ घण्टा अघि

      धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

      २१ घण्टा अघि

      काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

      १ दिन अघि

      उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

      १ दिन अघि

      आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

      १ दिन अघि

      एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

      १ दिन अघि

      चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

      १ दिन अघि

      भारी वर्षाको जोखिमले विराटनगरका विद्यालयमा २ दिन बिदा

      १ दिन अघि

      साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

      १ दिन अघि

      विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्याय लाई प्रभावकारी बनाउन सरोकारवालाको जोड

      १ दिन अघि

      जलवायु न्याय र मानवअधिकार संरक्षणमा साझा पहल आवश्यक : सरोकारवाला

      १ दिन अघि

      दशैं अगाडिनै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

      १ दिन अघि
    आज: २०८३ आश्विन ९, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    पाँंचदिने भक्तपुर महोत्सवको क्रममा भक्तपुरको महेश्वरी खेल मैदानमा व्यापार मेला हुने

  • लाईभ नेपाल
  • २०८१ मंसिर २०, बिहिबार (१ साल अघि)
  • ११७८१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडाैं । यही मंसिर २८ गते पुस २ गतेसम्म हुने पाँंचदिने भक्तपुर महोत्सव २०८१ को क्रममा भक्तपुरको महेश्वरी खेल मैदानमा  व्यापार मेला हुने भएको छ । मेलाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा भक्तपुर महोत्सव सुरु हुने दिन मंसिर  मंसिर २८ गतेदेखि नै मेला पनि सुरु हुने जानकारी गराइयो ।

    पत्रकार सम्मेलनमा मेला आयोजक भक्तपुर युवा टिम गोल्मढी भक्तपुरका अध्यक्ष केशव त्वानाबासूले मेला भक्तपुर नगरपालिका वडा नं ७ महेश्वरीस्थित महेश्वरी खेल मैदानमा हुने जानकारी गराए । भक्तपुर महोत्सव अन्र्तगत मुख्य ३२ वटा ठाउँहरुमा विभिन्न प्रर्दशनी हुने भएकोमा त्यसमध्ये भक्तपुर नगरपालिका वडा ७ महेश्वरी खेल मैदानमा व्यापार मेला हुने भएको उनले बताए ।

    भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढी भक्तपुरका वडा अध्यक्ष एवं आयोजक भक्तपुर युवा टिमका सल्लाहकार उकेश कवांले सिंगो भक्तपुर महोत्सवको मुख्य आयोजक भक्तपुर नगरपालिका भए पनि उपयुक्तता अनि आवश्यकता अनुसार नगरपालिकाले विभिन्न संस्थाहरुलाई कामको जिम्मेबारी दिइएको जनाए । त्यस अनुसार महेश्वरी खेल मैदान भक्तपुर नगरपालिका वडा नं ७ मा परेकाले महेश्वरीमा हुने व्यापार मेलाको संयोजन वडास्थित भक्तपुर युवा टिम गोल्मढी भक्तपुरलाई दिएको उनले स्पष्ट पारे । त्यस अनुसार टिमले तयारी तीव्र पारेको उनले जनाए ।

    मेलाको सम्पूर्ण खर्च र आम्दानी आयोजक टिम भक्तपुर युवा टिमले नै गर्ने जनाइएको छ । आयोजक टिमका संस्थापक अध्यक्ष एवं सल्लाहकार विश्वराम कवांले भक्तपुर युवा टिमले व्यापार मेला आयोजकको रुपमा जिम्मेवारी वहन गर्ने मौका पाएकोमा गर्वको महशुश गरे । उनले यसका लागि आवश्यक प्रक्रिया पूरा गरी सकिएको जानकारी पनि गराए ।

    मेलास्थलमा केही दिन अगाडिबाट नै स्टल निर्माण लगायत अन्य कार्यको तयारी थालिसकेको छ । अहिले पनि त्यहाँं दैनिक धमाधम स्टलको लागि कामहरु भइरहेका छन् ।आयोजक समितिका सचिव रामेश्वर मचामसीले व्यापार मेलामा झण्डै एक सय स्टलहरु रहने छन् । तीमध्ये ८० प्रतिशत अर्थात् ८० स्टलहरु अगाडि नै बुकिङ भइसकेको जानकारी उनले गराए ।

    अब हामीसँंग सिमित सिट मात्रै बाँंकी छन्, उनले भने । स्टलको साइजअनुसार न्यून शुल्क लिएर व्यापारीहरुलाई स्टल उपलब्ध गराइने जानकारी उनले गराए । व्यापार मेलाको संयोजन भने केशव कवांले गरेका छन् । व्यापार मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, विविभन्न प्रकारका लत्ताकपडाहरु, खाद्यान्न, अटोमोबाइल, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु प्रदर्शनी, सांस्कृतिक, व्यापार तथा पर्यटकीय सामाग्रीहरुको स्टलहरु हुने छन् ।

    त्यसैगरी महोत्सवमा विक्री हुने सामानहरु विशेष छुटमा हुने जनाइयो । मनोरञ्जनका लागि महोत्सवमा बालउद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनी बन्जी जम्प, मिकी माउस, ट्रेम्पालिङ, स्करपियो आदिका साथमा राष्ट्रिय, अन्तराष्ट्रिय, स्थानीय कलाकारहरुको हाँस्यव्यङ्ग्य तथा गीत गायनको बेजोड प्रस्तुति प्रत्येक दिनदिनै रहने जनाइयो । महोत्सवमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर, काभ्रे लगायत विभिन्न जिल्लाका वासिन्दाहरुले समेत लाभ लिन सक्ने छन् ।

    पत्रकार सम्मेलनको सञ्चालन आयोजक भक्तपुर युवा टिमका कार्यसमिति सदस्य सुरेश कवांले गरेका थिए । २०५४ सालपछि भक्तपुरले व्यापाक रुपमा दोश्रो पटक भक्तपुर महोत्सव गर्न लागेको हो । महोत्सव अन्तर्गत भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्मकै वडावडा टोलटोलहरु महोत्सवमय हुने जनाइएको छ ।

    यसका लागि नगरका ३२ ठाउँहरुमा मुख्यमुख्य प्रदर्शनीहरु रहने जनाइएको छ । भक्तपुर महोत्सवको उदघाटन मंसिर २८ गते शुक्रबार विहान ११ बजे भक्तपुर दरवार क्षेत्र लायकूमा हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

    इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

    eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

    रेयर माल्ट किन महत्वपूर्ण छ?

    धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

    काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

    समाचार

    जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

    इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

    eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

    रेयर माल्ट किन महत्वपूर्ण छ?

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑