• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ९, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

      १ दिन अघि

      इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

      १ दिन अघि

      eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

      १ दिन अघि

      रेयर माल्ट किन महत्वपूर्ण छ?

      १ दिन अघि

      धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

      १ दिन अघि

      काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

      १ दिन अघि

      उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

      १ दिन अघि

      आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

      १ दिन अघि

      एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

      १ दिन अघि

      चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

      १ दिन अघि

      भारी वर्षाको जोखिमले विराटनगरका विद्यालयमा २ दिन बिदा

      १ दिन अघि

      साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

      १ दिन अघि

      विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्याय लाई प्रभावकारी बनाउन सरोकारवालाको जोड

      १ दिन अघि

      जलवायु न्याय र मानवअधिकार संरक्षणमा साझा पहल आवश्यक : सरोकारवाला

      १ दिन अघि

      दशैं अगाडिनै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

      १ दिन अघि
    आज: २०८३ आश्विन ९, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको सवालमा सम्बन्धित निकायसँग छलफल

  • लाईभ नेपाल
  • २०८१ पौष ४, बिहिबार (१ साल अघि)
  • २०६४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २३ मिनेट

  • शर्मिला विश्वकर्मा

     

    काठमाडौं । दृष्टिविहीन क्रिकेट संघ नेपालले वि.स.२०६३ साल देखि नै दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासका लागि काम गर्दै आएको छ । यस संस्थाले दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले पनि अवसर पाएको खण्डमा खेलकुद मार्फत अपाङ्गता प्रति समाजमा भएको नकारात्मक सोचको अन्त्य गर्न र देशको नाम उच्च राख्न सक्छन् भन्ने कुरालाई नेत्रहीन क्रिकेट खेल मार्फत प्रस्तुत गरी सकेको छ ।

    नेत्रहीन क्रिकेट संघ नेपाल मार्फत अहिले सम्म ४ वटा अन्तर्राष्ट्रिय र ९ वटा राष्ट्रिय नेत्रहीन क्रिकेट खेल प्रतियोगिता सम्पन्न गरी सकेको छ । अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासको लागि यस संस्थाले काम गर्ने क्रममा राज्य स्तरबाट अपाङ्गता भएका खेलाडीहरूका लागि के कस्ता ऐन कानुन तथा नीति नियमहरू बनेका छन् र तीनको कार्यान्वयनको अवस्था के कस्तो रहेको छ भन्ने सवालमा विभिन्न समयमा सरोकारवाला निकायहरूसँग वकालत तथा पैरवी पनि गरी रहेको छ ।

    यसै सन्दर्भमा यही पुस १ गते दृष्टिविहीन क्रिकेट संघ नेपालले CBM Global Nepal को साझेदारीमा राष्ट्रिय खेलकुद विकास नीति तथा अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको अवस्था विषयमा १ दिने कार्यशाला काठमाडौँमा सम्पन्न गरेको छ । कार्यक्रममा आयोजक संस्था दृष्टिविहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले नेपालमा दृष्टिविहीन क्रिकेट खेल र अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको सुरुवात तथा विकासको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भयो ।

    यसै क्रममा उहाँले नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको सुरुवात वि.स.२०२५ देखी भएको, वि.स.२०३२ सालमा शारीरिक अपाङ्गता भएकी महिला सूर्य कुमारी गुरुङले जापनमा स्वर्ण पदक जितेको, वि.स.२०५२ सालमा नेपाल पारा ओलम्पिक कमिटीको स्थापना भएको भन्दै अहले नेपालमा अपाङ्गताको क्षेत्रमा काम गर्ने २१ वटा संघ संस्था मार्फत खेलकुदका कार्यक्रमहरूको आयोजना गर्दै आएको बताउनु भयो ।

    त्यसै गरी उहाँले राष्ट्रिय खेलकुद नीति बनाउँदा अपाङ्गता भएका खेलाडीहरू तथा अपाङ्गताको खेलकुदका लागि काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरूसँग छलफल गरी सल्लाह सुझावलाई पनि समावेश गर्नु पर्ने बताउनु भयो । साथै उहाँले राज्यले खेलकुदमा नीतिमा अपाङ्गता भएका खेलाडीहरूका लागि पनि संवोधन गरिएका व्यवस्थाहरूका विषयमा जानकारी गराउनु भयो ।

    यस कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यले अपाङ्गता भएका व्यक्तिहरूका लागि खेलकुदका सवालमा गरिएका प्रयासहरूका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । उहाँले राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मार्फत पनि अपाङ्गता भएका खेलाडीहरूका लागि विभिन्न सवालमा वकालत तथा पैरवी गरिरहेको भन्दै राज्यले खेलकुद सम्बन्धी नीति कानुन ल्याएको भए पनि ती नीतिहरूमा अपाङ्गता भएका खेलाडीहरूका सवालहरूलाई समावेश गर्न छुटेको गुनासो गर्दै २०८० मा ल्याएको राष्ट्रिय नीति, अपाङ्गता अधिकार ऐन २०७४, नेपालको संविधान २०७२, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासम्धीमा समावेश गरिएका व्यवस्थाहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्नु पर्ने, युवा तथा खेलकुद मन्त्रालयमा पनि अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासको लागि निरन्तर प्रयास भएको बताउनु भयो ।

    सो १ दिने कार्यशालामा CBM Global Nepal अन्तर्गत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था AIN का संयोजक विमल पौडेलले CBM Global Nepal ले अपाङ्गता रोकथाम र यदि रोकथाम गर्न नमिल्ने अपाङ्गता भएका व्यक्तिहरूलाई खेलकुद तथा अन्य कार्यहरूबाट पुनर्स्थापनाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको भन्दै अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरूसँग सहकार्य गरी जनचेतना, पुनर्स्थापना, खेलकुदको विकास लगायतका कामहरू गर्दै आएको बताउनु भयो ।

    साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासम्धीको धारा ३० लाई कार्यान्वयन गर्नका लागि अन्तर्राष्ट्रिय निकायहरूले काम गर्नु नै पर्ने बताउनु भयो । त्यसै गरी उहाँले यस संस्थाले अपाङ्गता भएका व्यक्तिहरूको दृष्टिविहीन क्रिकेट खेल, ह्विलचियर बास्केटबल, लगायतका खेलकुदको विकासकालागि पनि काम गरेको बताउँदै पछिल्लो चरणमा विभिन्न मिडियाहरूले अपाङ्गता भएका व्यक्तिहरूले खेल्ने विभिन्न खेलकुदका समाचारहरूलाई विशेष प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरिदिनु भएकोमा धन्यवाद दिँदै आगामी दिनमा खेलकुदका विषयहरूलाई सफ्ट न्युजका साथै खेलाडीहरूको जीवन कथालाई पनि समावेश गरी खोज पत्रकारिता मार्फत सहयोग गरिदिनु हुन आग्रह गर्नु भयो ।

    यस कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का प्रतियोगिता शाखा प्रमुख मीन कुमार शर्माले डिसेम्बरमा नेत्रहीन क्रिकेट खेलाडीहरूले पाकिस्तानमा विश्वकप क्रिकेट प्रतियोगिता मार्फत चौथो स्थान प्राप्त गरेकोमा बधाई दिँदै यस विषयमा राज्यको ध्यानाकर्षण भएको बताउनु भयो । त्यसै गरी उहाँले अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासको लागि सबै सम्बन्धित संघ संस्थाहरूको आवाज एउटै हुनु पर्ने, अपाङ्गता अनुकूलको खेल मैदान तथा प्रशिक्षणका लागि, आवश्यक सहयोगी सामग्री उपलब्ध गराउनका लागि राज्यलाई झकझक्याउनका लागि पहल गर्नु पर्ने कुरामा जोड दिँदै अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासको लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउनु भयो ।

    दृष्टिविहीन क्रिकेटसंघ नेपालले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय खेलकुद विकास नीति तथा अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको अवस्था विषयक कार्यशालामा उच्च अदालतका इजलास अधिकृत सुवेदी खनालले सर्वोच्च अदालत तथा न्यायपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकारका लागि गरिएका व्यवस्थाहरूको विषयमा, युवा तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत प्रमीला खनालले राष्ट्रिय खेलकुद विकास ऐन तथा राष्ट्रिय खेलकुद निजीको मस्यौदामा अपाङ्गता भएका व्यक्तिहरूको सवाल सम्बन्धमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

    सो कार्यक्रममा आयोजक संस्था दृष्टिविहीन क्रिकेट संघ नेपालका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गर्दै अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासका लागि र दृष्टिविहीन क्रिकेट खेलको विकासका लागि पनि भएका ऐन कानुन तथा नीति नियमहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्नका लागि पहल गर्नु पर्ने, अपाङ्गता भएका खेलाडीहरू र अपाङ्गता नभएका खेलाडीहरू बिचमा प्रतियोगिता तथा सेवा सुविधामा विभेद गर्न नहुने बताउनु भयो ।

    यस महत्त्वपूर्ण कार्यक्रममा अपाङ्गता भएका खेलाडीहरू तथा ती खेलाडीका अभिभावकहरूले राज्यले अपाङ्गता भएका र अपाङ्गता नभएका खेलाडीहरूमा खेल प्रतियोगिता, सेवा सुविधा तथा अवसर, स्वागत, सहभागिता लगायतका विषयमा विभेद गर्दै आएको, अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासका लागि आवश्यक बजेटको व्यवस्था नगरेको गुनासो गर्नु भए थियो ।

    यस कार्यक्रममा डिसेम्बरमा पाकिस्तानमा भएको विश्वकप क्रिकेट खेलमा नेपाललाई सेमी फाइनलमा पुर्यामउन आफ्नो योगदान दिएका टिम क्याप्टेन दृष्टिविहीन क्रिकेट खेलाडी रमेश बहादुर बानियालाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

    इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

    eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

    रेयर माल्ट किन महत्वपूर्ण छ?

    धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

    काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

    समाचार

    जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

    इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

    eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

    रेयर माल्ट किन महत्वपूर्ण छ?

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑