• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

      २ दिन अघि

      इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

      २ दिन अघि

      eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

      २ दिन अघि

      रेयर माल्ट किन महत्वपूर्ण छ?

      २ दिन अघि

      धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

      २ दिन अघि

      काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

      २ दिन अघि

      उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

      २ दिन अघि

      आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

      २ दिन अघि

      एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

      २ दिन अघि

      चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

      २ दिन अघि

      भारी वर्षाको जोखिमले विराटनगरका विद्यालयमा २ दिन बिदा

      २ दिन अघि

      साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

      २ दिन अघि

      विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्याय लाई प्रभावकारी बनाउन सरोकारवालाको जोड

      २ दिन अघि

      जलवायु न्याय र मानवअधिकार संरक्षणमा साझा पहल आवश्यक : सरोकारवाला

      २ दिन अघि

      दशैं अगाडिनै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

      २ दिन अघि
    आज: २०८३ आश्विन १०, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  विश्व

    भूमध्यसागरमा विस्फोटपछि रूसी मालवाहक जहाज डुब्यो, दुई जना बेपत्ता

  • लाईभ नेपाल
  • २०८१ पौष ९, मंगलबार (१ साल अघि)
  • २२५३८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • एजेन्सी । रूसी राज्यको स्वामित्वमा रहेको कार्गो जहाज भूमध्यसागरको अन्तर्राष्ट्रिय पानीमा डुबेपछि दुई जना चालक दलका सदस्य बेपत्ता भएको रूसको विदेश मन्त्रालयले मङ्गलबार टेलिग्राममा जनाएको छ ।

    बउर्सा मेजर ‘इन्जिन कक्षमा भएको विस्फोटपछि’ डुबेको मन्त्रालयको क्राइसिस युनिटले जानकारी दिएको हो । मन्त्रालयले १६ जना रुसी चालक दल सदस्यमध्ये १४ जनाको उद्धार गरेर स्पेनको कार्टाजेना बन्दरगाहमा लगिएको र दुई जना बेपत्ता रहेको जनाएको छ ।

    स्पेनको समुद्री उद्धार सेवाले विज्ञप्तिमा जनाएअनुसार जहाजले सोमबार बिहान दक्षिणपूर्वी स्पेनको तटीय क्षेत्रमा खराब मौसममा रहँदा सङ्कट सन्देश पठाएको थियो । जसमा जहाज एकातिर ढल्किएको र लाइफबोट छोडिएको जनाइएको थियो ।

    सेवाका अनुसार स्पेनले हेलिकप्टर र उद्धार नौकाहरू पठाएर बाँचेकाहरूलाई बन्दरगाहमा ल्याएको थियो । त्यहाँ रेडक्रसले उनीहरूलाई सहयोग गरेको थियो ।

    त्यसपछि एउटा रुसी युद्धपोत आइपुग्यो र जहाज स्पेनिस र अल्जेरियाको पानीको बीचमा भएकाले उद्धार कार्यको जिम्मा लियो, त्यसपछि उर्सा मेजर रातभरमा डुबेको थियो ।

    ‘बचेका व्यक्तिहरूको विवरणअनुसार मालवाहक जहाजले होल्डमा खाली कन्टेनर र डेकमा दुईवटा क्रेन बोकेको थियो’, स्पेनिस उद्धार सेवाले भन्यो ।

    रुसी विदेश मन्त्रालयले जहाज रक्षा मन्त्रालयअन्तर्गतको नागरिक यातायात र लजिस्टिक्स सेवा प्रदायक ओबोरोनोलजिस्टिकाको सहायक कम्पनीको स्वामित्वमा रहेको जनाएको छ ।

    ओबोरोनोलोजिस्टिकाको वेबसाइटमा रहेको नक्शाले कम्पनीले अन्य कुराहरूका साथै दक्षिणी रूसको नोभोरोसिस्कबाट सिरियामा रहेको रूसको नौसेना आधार टार्टससम्मको मार्ग समेटेको देखाउँछ ।

    युक्रेनको जियुआर सैन्य गुप्तचरले सोमबार भनेको थियो, ‘रूसले आफ्ना केही हतियार र उपकरण टार्टस बन्दरगाहबाट लिबियामा समुद्री मार्गबाट ढुवानी गर्न थालेको छ ।’

    मस्कोका सहयोगी बशर अल–असदलाई हटाइएपछि सिरियामा रुसी अड्डाहरूको भविष्यबारे अनिश्चितता छ ।

    मरिनट्राफिक डट कममा सूचीकृत उर्सा मेजर १२४।७ मिटर (४०९ फिट) लामो सामान्य मालवाहक जहाज हो । यो रुसी शहर सेन्ट पिटर्सबर्गबाट रूसको सुदूर पूर्वी शहर भ्लाडिभोस्टकतर्फ जाँदै थियो ।

    गत हप्ता ओबोरोनोलोजिस्टिकाले बन्दरगाहमा रहेको जहाजको तस्वीरहरूसहित एक प्रेस विज्ञप्ति जारी गर्दै यसले विशेष गरी ठूलो र भारी सामान ढुवानी गर्ने उल्लेख गरेको थियो । प्रत्येक ३८० टन तौल भएका क्रेनहरू र प्रत्येक ४५ टन तौल भएका आइसब्रेकरका ह्याच कभरहरू सुदूर पूर्वी रुसी शहर भ्लादिभोस्टकमा लैजाने भनिएको थियो ।

    यसले यो आर्कटिक हुँदै बन्दरगाह र उत्तरी समुद्री मार्गको विकास गर्ने ‘राज्य’ प्रयासको हिस्सा भएको बताएको छ ।

    कम्पनीका अनुसार यस्तो ठूलो उपकरणका लागि समुद्री मार्ग सबैभन्दा राम्रो हो र कम्पनीसँग यसमा ‘ठूलो अनुभव’ छ ।

    एजेन्टस्त्भो अनुसन्धानात्मक समाचार साइटका अनुसार ह्याच कभरहरू उत्तरी समुद्री मार्गमा बाक्लो बरफ फुटाउन डिजाइन गरिएको लिडर नामक नयाँ आणविक आइसब्रेकरका लागि थिए ।

    यो दुर्घटना रूसद्वारा कब्जा गरिएको क्रिमिया र दक्षिणी रूसबीचको जलडमरूमध्यमा डिसेम्बर १६ मा इन्धन तेल बोकेको एक रुसी ट्याङ्कर आंशिक रूपमा डुबेर ठूलो तेल चुहावट भएको घटनापछि आएको हो ।

    प्रतिक्रिया दिनुहोस


    विश्व सम्बन्धि थप

    जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

    इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

    eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

    रेयर माल्ट किन महत्वपूर्ण छ?

    धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

    काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

    समाचार

    जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

    इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

    eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

    रेयर माल्ट किन महत्वपूर्ण छ?

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑