पुष १३, काठमाडौं । माओवादी केन्द्रको भार्ति संगठन अखिल क्रान्तिकारी केन्द्रीय समिति सदस्य सत्यराज बोहराको नेतृत्वमा बझाङ जिल्लाबाट पढाइको सिलसिला र कामको सिलसिलामा कर्मथलो गर्दै काठमाडौँमा बसोबास गर्ने बझाङ्गी दाजुभाई दिदीबहिनीहरूलाई भेला पारी आगामी दिनमा हाम्रो संगठन कसरी बलियो बनाउने भन्ने विविध विषयमा छलफल गर्नुका साथै बझाङ जिल्लाका १२ वटा स्थानीय तहमध्ये आठवटा स्थानीय तहमा बझाङ काठमाडौँ अखिल क्रान्तिकारी संगठन बिस्तार गरेको छ ।
दुईवटा नगरपालिका र १० वटा गाउँपालिका रहेको बझाङ जिल्लामा बझाङ काठमाडौँ सम्पर्क रहनेगरी गाउँपालिका र नगरपालिका मा जोडिनु भएका युवाहरुमाझ क्रान्तिकारीका बारेमा वर्णन गर्दै केही आफ्ना महत्त्वपूर्ण भनाइ राख्दै अखिल क्रान्तिकारी केन्द्रीय सदस्य बोहराले अब फुटेर भन्दा जुटेर अगाडि बढ्नुको विकल्प छैन उक्त कार्यक्रममा बताए ।
बझाङमा मात्रै नभएर देशका सबै गाउँपालिका, नगरपालिका र महानगरपालिकामा पनि संगठन विस्तार हुने र संगठन विस्तार भएका कार्यसमिति प्रभावकारी ढंगले अघि बढ्ने बोहराले बताए । बझाङ जिल्लाको मस्टा गाउँपालिकामा जन्मिएका बोहरा यतिखेर संघीय राजधानी काठमाडौँमा अखिल क्रान्तिकारीको सक्रिय राजनीतिकमा हुम्मियेका छन् । केन्द्रीय सदस्य समेत रहेका बोहराको नेतृत्वमा बझाङ जिल्लाका निम्न गाउँपालिका र नगरपालिकामा संगठन विस्तार गरिएको छ।
१.मष्टा गा.पा – काठमाडौं सम्पर्क मञ्च
अध्यक्ष : तिलक खड्का
उपाध्यक्ष : दिवस खड्का
सचिव : देब बोहरा
कोषाध्यक्ष : अनिल कठायत
२.दुर्गाथली गा.पा – काठमाडौं सम्पर्क मञ्च
अध्यक्ष : पारस बिसि
उपाध्यक्ष : गजेन्द्र रोकाया
सचिव : आक्ररोस जपरेल
कोषाध्यक्ष : हिमानसु मोर
३.तलकोट गा.पा – काठमाडौं सम्पर्क मञ्च
अध्यक्ष : श्याम बिस्ट
सचिव : श्याम बिस्ट
४.जय पृथ्वी नगरपालीका – काठमाडौं सम्पर्क मञ्च
अध्यक्ष : निकेस महर
उपाध्यक्ष : सैलेन्द्र बम
सचिव : निसल सुनार
कोषाध्यक्ष : सरोज बिक
५.छबिस गा.पा – काठमाडौं सम्पर्क मञ्च
अध्यक्ष : सागर धामि
सचिव : प्रसान्त धामि
६.थलारा गा.पा – काठमाडौं सम्पर्क मञ्च
असोक जोसि
प्रबेश बिस्ट
७.खप्तड छान्ना गा.पा – काठमाडौं सम्पर्क मञ्च
अध्यक्ष : दिपेश सिंह
८.केदारसियू गा.पा – काठमाडौं सम्पर्क मञ्च
अध्यक्ष : सागर साहि
सचिव : बिनोद बिस्ट
कोपाध्यक्ष : बिनोद बिस्ट