• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

      २ दिन अघि

      इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

      २ दिन अघि

      eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

      २ दिन अघि

      रेयर माल्ट किन महत्वपूर्ण छ?

      २ दिन अघि

      धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

      २ दिन अघि

      काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

      २ दिन अघि

      उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

      २ दिन अघि

      आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

      २ दिन अघि

      एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

      २ दिन अघि

      चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

      २ दिन अघि

      भारी वर्षाको जोखिमले विराटनगरका विद्यालयमा २ दिन बिदा

      २ दिन अघि

      साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

      २ दिन अघि

      विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्याय लाई प्रभावकारी बनाउन सरोकारवालाको जोड

      २ दिन अघि

      जलवायु न्याय र मानवअधिकार संरक्षणमा साझा पहल आवश्यक : सरोकारवाला

      २ दिन अघि

      दशैं अगाडिनै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

      २ दिन अघि
    आज: २०८३ आश्विन १०, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  शिक्षा

    त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोह सम्पन ।

  • लाईभ नेपाल
  • २०८१ पौष १४, आईतबार (१ साल अघि)
  • १९०६६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त  समारोह प्रधानमन्त्री एवं त्रि॰वि का कुलपति केपी शर्मा ओलीको अध्यक्षता र प्रमुख अतिथि डा॰राम प्रकाश यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । दिक्षान्तमा २०८० असार १ देखि २०८१ जेष्ठ मसान्त सम्म ट्रान्सक्रिप्ट लिई ६२ औं  ग्रेस लिष्टमा समावेश भएका ७४,१४९ विद्यार्थीहरु मध्ये १४,३०८ जना स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहमा विद्यार्थी दिक्षित हुनुका साथै विभिन्न विधामा सर्वोत्कृष्ट विद्यार्थीहरु विभिन्न पदक तथा पुरस्कारबाट विभुषित भएका छन् ।

    त्रिपुरेश्वर स्थित दशरथ रगंशालामा आयोजित दीक्षान्त समारोहमा व्यवस्थापन सङ्कायका  ३१,०९०, मानविकी तथा सामाजिक शास्त्र सङ्कायका १३,६२३, कानुन सङ्कायका ३,०८६, शिक्षाशास्त्र सङ्कायका ११,३१७, इन्जिनियरिङ अध्ययन संस्थानका ५,३०४ कृषि र पशुविज्ञान अध्ययन संस्थानका ६४८, वनविज्ञान अध्ययन संस्थानका ३०४ र विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ७,००७ विद्यार्थी दिक्षित भएका छन् । ५० औं दिक्षान्त समारोहलाई सम्वोधन गर्नुहुँदै प्रधानमन्त्री तथा कुलपती केपी शर्मा ओलीले दिक्षित विद्यार्थीहरुलाई देशको सर्वाङ्गीण विकाशको लागि काम गरी देश, समाज तथा परिवारको गरिमा र इज्जत राख्न अनुरोध गर्नुभयो ।”नेपाल वीरहरुको मात्रै नभई विद्वानहरुको समेत देश भएको र पिता पुर्खाहरुको गर्वीलो इतिहास सदा स्मरणीय रहेको” धारणा व्यक्त गर्नुभएको थियो । देशकै ठुलो र प्रतिष्ठित विश्वविद्यालयको रुपमा त्रिविले मुलुकका लागि आवश्यक दक्ष जनशक्ति निर्माणमा ऐतिहासिक भूमिका निर्वाह गरेको र सरकारले सबै विश्वविद्यालयहरुलाई थप व्यवस्थित बनाउँदै लैजाने बताउनुभएको थियो ।

    दिक्षान्त समारोहका प्रमुख अतिथी वरिष्ठ कृषि विज्ञ डा॰राम प्रकाश यादवले तराईको सामान्य परिवारमा जन्मेर विश्वकै प्रतिष्ठित सयुक्त राज्य अमेरिकाको ओरिगन स्टेट युनिभर्सिटी र कर्नेल विश्वविद्यालय सम्मको मेहनततपूर्ण प्राज्ञिक र व्यावसायिक गन्तव्यका अनुकरणीय यात्राका बारेमा दिक्षित विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो । स्वामी विवेकानन्द र परमहंस योगानन्द साथै महात्मा गान्धीबाट प्रेरित भई आफुमा रहेको विश्वास र परम धैर्यता सफलताका प्रमुख अस्त्रहरु रहेको मान्यता राख्नु हुने उहाँले असल कार्य,इमानदारिता र लगनशिलताका साथ काम गरे अवसरहरु उपलब्ध हुने धारणा व्यक्त गर्नुभएको थियो ।

    त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयले ज्ञान, सिप र नवप्रवर्तनमा जोड दिदै एक अविचलित संस्थाको रुपमा आफुलाई स्थापित गरी अनुसन्धानमा लागिरहेको बताउनुभयो । विश्वविद्यालयहरुमा थुप्रै उपलब्धी सँगै चुनौतीहरु समेत रहेका र सवै समस्याहरुका समाधानका लागि व्यवहारिक प्रयत्नहरु गर्न सक्नुपर्ने र विदेशलाई पहिलो रोजाईमा राखी पढाइ र रोजगारीका लागि विदेशिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।विश्वविद्यालयले शैक्षिक कार्यक्रमहरु रोजगारको क्षेत्र र बजारको माग अनुरुप सान्दर्भिक बनाउने सुनिश्चितता गरी उद्योग र अन्तराष्ट्रिय संस्थाहरु सहकार्य गरी पाठ्यक्रम निर्माण गर्न सुझाव दिनुभएको थियो ।

    त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा॰डा॰केशरजड्ग बरालले ५० औं दीक्षान्त समारोहमा उपस्थित सम्पूर्ण व्यक्तित्वहरुलाई स्वागत गर्नुहुँदै देशको विकासका लागि सिपयुक्त स्तरीय उच्चशिक्षा प्राप्त जनशक्तिको अहम भूमिका हुने र देश वहुविश्वविद्यालयको अवधारणामा गएपनि उच्चशिक्षामा त्रिविको योगदान र भार नघटेको बताउनुभयो । उच्चशिक्षामा सरकारको बजेट पर्याप्त नभएको, प्रतिविद्यार्थी खर्च हुने ४० हजारले कस्तो गुणस्तर कायम गर्ने सोचनिय भएकोले सबै सरोकार पक्षबाट सहयोगको अपेक्षा गर्नुभयो । त्रिविका आङगीक क्याम्पसहरुको भौतिक अवस्था जर्जर भएको, भूकम्पले ध्वस्त भएका काठमाडौं उपत्यकाका आंगिक क्याम्पसका भौतिक संरचना आर्थिक अभावका कारणले पुननिर्माण गर्न नसकेको भन्दै त्रिविकै जनशक्तिहरु नेपाल सरकारका विभिन्न निकायहरु, व्यवसायिक क्षेत्र, शैक्षिक क्षेत्र, स्वास्थ क्षेत्र र राजनितिक क्षेत्र समेतको नेतृत्व गरिरहेको ले देशको भविष्य त्रिविमा निर्भर रहेकोले त्रिविको विकास नभए मुलुकलाई दिर्घकालिन असर पर्ने धारणा व्यक्त गर्नुभयो । त्रिविले हाल समयमै शैक्षिक क्यालेण्डर लागु गरिएको, प्रश्नपत्रहरु नेपाली र अंग्रेजीमा सोध्ने व्यवस्था गरिएको र त्रिविको समग्र पुनसंरचना गर्न लागेको जानकारी गराउनुभएको थियो ।समारोहमा त्रिविका शिक्षाध्यक्ष प्राडा॰खडग के॰सी , रजिष्ट्रार प्राडा॰केदारप्रसाद रिजाल लगायत त्रिवि सभाका सभासदहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    शिक्षा सम्बन्धि थप

    जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

    इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

    eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

    रेयर माल्ट किन महत्वपूर्ण छ?

    धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

    काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

    समाचार

    जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

    इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

    eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

    रेयर माल्ट किन महत्वपूर्ण छ?

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑