• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १०, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

      ३ घण्टा अघि

      कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः कृषि मन्त्री चौधरी

      ४ घण्टा अघि

      रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

      ४ घण्टा अघि

      रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

      ४ घण्टा अघि

      भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

      १९ घण्टा अघि

      घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

      १९ घण्टा अघि

      स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

      १९ घण्टा अघि

      नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

      १९ घण्टा अघि

      अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेश सभा सदस्यबाट हटाउन सिफारिस

      १९ घण्टा अघि

      हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ छ : राष्ट्रपति

      १९ घण्टा अघि

      लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

      २0 घण्टा अघि

      एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’, नाडा अटो शोमा सार्वजनिक हुने

      २0 घण्टा अघि

      स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता

      २0 घण्टा अघि

      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

      २0 घण्टा अघि

      नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

      ३ दिन अघि
    आज: २०८३ भाद्र १०, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  मुख्य समाचार

    प्रेस स्वतन्त्रताको विपक्षमा कुनै पनि काम हुँदैन : मुख्यमन्त्री पाण्डे

  • लाईभ नेपाल
  • २०८१ पौष १४, आईतबार (१ साल अघि)
  • २२१०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा कुनै पनि काम हुन नदिने बताएका छन् ।

    नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको नवनिर्वाचित कार्यसमितिको आज शपथ तथा पदस्थापन कार्यक्रममा उनले प्रेसलाई कुण्ठित गर्न खोजियो भने प्रजातन्त्र कमजोर हुन्छ भन्ने आफूलाई राम्रो अनुभूति रहेको बताएका हुन् ।

    मुख्यमन्त्री पाण्डेले भने, ‘प्रेसलाई कुण्ठित गर्न खोजियो भने प्रजातन्त्रको अवस्था के हुन्छ भन्ने कुरा राम्ररी अनुभूति गरेका छौँ । साथसाथै प्रेस र प्रेस स्वतन्त्रतालाई खोस्न चाहनेको हालत के भयो भनेर इतिहासमा हाम्रै देशमा देखिएको छ ।’

    नागरिकले पत्रकारिता र सामाजिक सञ्जालबारे भिन्नता छुट्टाउन नसकेको उनले उल्लेख गरे । सामाजिक सञ्जालमा आउने हरेक कुरालाई नागरिकले समाचारका रूपमा ग्रहण गरिरहेकाले पत्रकारिता र सञ्जालको फरक स्थापित गर्नुपर्नेमा उनले जोड दिए ।

    ‘सामाजिक सञ्जालका कारण नकारात्मक भावना फैलिएको छ । त्यसलाई पत्रकारिताले चिर्नु आवश्यक छ । नत्र भने पत्रकारको आफ्नै इज्जत, मान र प्रतिष्ठामा आँच आउने अवस्था छ’, मुख्यमन्त्री पाण्डेले भने ।

    गण्डकी प्रदेशमा लामो समयदेखि रोकिएको आमसञ्चार विधेयक सरकारले पारित गरेर कानुनअनुसार प्रेस रजिस्टार नियुक्त गरे पनि यो सरकारी निकाय मात्र नभई पत्रकारको हकहितका लागि आवाज उठाउने निकाय समेत रहेको उनले बताए । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको समाचारलाई मूलधारका सञ्चार माध्यमले स्थान नदिएको गुनासो गरे ।

    उनले भने, ‘जिल्ला र प्रदेशका समाचारलाई केन्द्रले प्राथमिकता दिएको देखिएको छैन । सरकारको पक्षमा लेखिदिनुहोस् भनेर म भन्दिन । पक्ष अथवा विपक्षमा जे भए पनि सरकारका गतिविधिबारे चासो राखेर लेखिदिनुहोस् भन्ने मेरो आग्रह हो ।’

    गण्डकी प्रदेशका प्रेस रजिस्टार विमला भण्डारीले प्रेस रजिष्टारको कार्यालयले पत्रकारिताको क्षेत्रमा गर्नुपर्ने कामका लागि सबैको सल्लाह र सुझाव लिएर कार्यविधि बनाउने काम गरिरहेको बताइन् । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सोनी शर्माले पत्रकार महासङ्घ क्रियाशील पत्रकारहरूको मात्र संस्था बन्नुपर्नेमा जोड दिइन् ।

    गण्डकी प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष रमेश पौडेलले पत्रकारिता पेशामा नयाँ पुस्ताको आकर्षण बढाउने काम गर्ने प्रतिबद्धता जनाए । उनले पत्रकारको हकहितका साथै क्षमता विकासका लागि ११ वटै जिल्लामा कार्यक्रम गर्ने योजना रहेको सुनाए ।

    निवर्तमान अध्यक्ष नारायण शर्माले प्रदेश समितिले चुनौतीका बीचमा धेरै काम गरेको बताए । अध्यक्षका प्रत्याशी गोविन्द सुवेदीले महासङ्घले सबै पत्रकारलाई समेटेर लैजानुपर्ने र पेशागत आचारसंहिता पालनामा जोड दिए ।

    कार्यक्रममा निर्वाचन समितिका संयोजक कोमलनाथ बरालले प्रदेश समितिमा नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    ५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

    कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः कृषि मन्त्री चौधरी

    रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

    रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

    भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

    समाचार

    ५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

    कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः कृषि मन्त्री चौधरी

    रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

    रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑