• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ २, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

      ६ घण्टा अघि

      मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

      ७ घण्टा अघि

      आर्थिक वर्ष २०८३-०८४ का लागि काठमाडौँ महानगरपालिकाको नीति पारित

      ७ घण्टा अघि

      निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी

      ७ घण्टा अघि

      विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

      ७ घण्टा अघि

      दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

      ७ घण्टा अघि

      एनसेल कार्यालयमा सीआईबीको टोली, स्मार्ट टेलिकमको फाइल लिएर फर्कियो

      ७ घण्टा अघि

      १०० एमबीपीएस वा त्यसमाथिका इन्टरनेट प्याकेज लिनेलाई टेलिकमले विश्वकप फुटबल निःशुल्क देखाउने

      ७ घण्टा अघि

      ११औँ राष्ट्रिय ई–लाइट केनवाकाइ च्याम्पियनसिप भव्य रूपमा सम्पन्न, रुपन्देही बन्यो च्याम्पियन

      १ दिन अघि

      जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

      १ दिन अघि

      विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क, कति पुग्यो उनको सम्पत्ति ?

      १ दिन अघि

      सुनितालाई घरमै नागरिकता

      १ दिन अघि

      विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका

      १ दिन अघि

      टोखा नगरपालिका वडा नं. ४ र ६ संयुक्त रूपमा बालमैत्री वडा घोषणा

      १ दिन अघि

      विभिन्न क्षेत्रमा योगदान दिएका वडावासीलाई वडाको सम्मान : सेवाको सम्झना र सौहाद्रताको अभिवृद्धि

      १ दिन अघि
    आज: २०८३ अषाढ २, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  कला/मनोरंजन

    ‘सुदूरपश्चिमको विकासका लागि साझा संकल्प आवश्यक’

  • लाईभ नेपाल
  • २०८१ पौष १५, सोमबार (१ साल अघि)
  • ११०३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको बृहत्तर विकासका लागि चुनौतीको सामना र अवसरको सदुपयोग गर्न साझा संकल्प आवश्यक रहेकामा वक्ताहरूले जोड दिएका छन् ।

    यहाँको परशुराम नगरपालिकाको आयोजनामा आजदेखि सुरू भएको दुईदिने ‘पहिलो सुदूरपश्चिम मेयर सम्मेलन’ उद्घाटनसत्रका वक्ताहरूले सङ्घीयताको मर्मअनुसार बढीभन्दा बढी लाभ लिनेगरी सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

    सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आवश्यकता धेरै तर स्रोत थोरै भएकाले सुदूरपश्चिम विकासमा समस्या रहेको बताए। यसैकारण आवश्यकताअनुसार योजना प्राथमिकीकरण गरी लगानी गर्न सबै पालिका प्रमुखहरूलाई उनले आग्रह गरे। मन्त्री थापाले आगामी दिनमा प्रदेश सरकारले पनि प्राथमिकतामा आधारित योजनामा मात्रै लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    नेपाली कांग्रेसका नेता डा. रणबहादुर रावलले कुल राजस्वमा सुदूरपश्चिमको योगदान दुई प्रतिशतभन्दा कम रहेकाले निश्चित अवधिसम्म यस क्षेत्रलाई सहुलियत दिनुपर्नेमा जोड दिए । उनले राज्यले दिएको स्रोत स्थानीय तहले पनि सही ठाउँमा र सही ढङ्गले प्रयोग गर्न आग्रह गरे।

    सुदूरपश्चिम नगरपालिका सङ्घका प्रदेश अध्यक्ष वीरेन्द्र भट्टले जनताको आशा स्थानीय तहसँग रहे पनि स्रोतसाधनको अभावमा त्यसलाई सम्बोधन गर्न समस्या रहेको बताए। उनले कम आम्दानी र भौगोलिक रूपमा चुनौतीपूर्ण अवस्थामा रहेका तहलाई राज्यले विशेष सहयोग गरेर समानुपातिक विकासमा जोड दिन आग्रह गरे।

    कार्यक्रममा ग्रामीण महिला तथा विकास केन्द्र (रूडुक) का कार्यकारी निर्देशक डा केके श्रेष्ठ, नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)को अध्यक्षमा शिव अधिकारी, परशुरामका प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टलगायतले विकासका लागि कुनै एक पक्षको पहलले मात्रै नहुने भन्दै सबैको सामूहिक प्रयासबाट अगाडि बढ्नुपर्ने बताए।

    उनीहरूले पर्यटन (जलपर्यटनसहित), कृषि, औद्योगिक पूर्वाधार, दिगो विकासलाई दृष्टिगत गरी तीनै तहका सरकार र निजी क्षेत्रले योजनाबद्ध विकासका लागि सहकार्य जरूरी रहेको धारणा राखे।

    आयोजक नगरपालिकाका प्रमुख भरत बचायर जोशीले सुदूरपश्चिमका स्थानीय तहबीच समन्वय र सहकार्यमार्फत यहाँको समग्र विकासका लागि सङ्गठित आवाज आवश्यक रहेको बताए।

    ‘पहिलो सुदूरपश्चिम नगरपालिका मेयर फोरम–२०८१ यस क्षेत्रका प्रमुख सरोकारवाला, स्थानीय सरकारका नेतृत्वकर्ता, विज्ञहरू, प्रादेशिक र क्षेत्रीय सरकारी निकायहरूका प्रमुख तथा प्रतिनिधिलाई एकै ठाउँमा ल्याउने लक्ष्यका साथ आयोजना हुँदैछ’, नगरप्रमुख जोशीको भनाइ छ, ‘यस फोरमले सुदूरपश्चिम क्षेत्रको बृहत् विकासका लागि सहयोग बढाउन विचार आदानप्रदान र दिगो रणनीति निर्माणका लागि मञ्च प्रदान गर्नेछ । सुदूरपश्चिमको भविष्यका लागि स्थानीय तहहरू मिलेर काम गर्ने र योजना बनाउने यसको मुख्य लक्ष्य हो । यसबाट सोही अनुसार निचोड आउनेछ भन्ने विश्वास छ।’

    सम्मेलन भोलिसम्म सञ्चालन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

    मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

    आर्थिक वर्ष २०८३-०८४ का लागि काठमाडौँ महानगरपालिकाको नीति पारित

    निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी

    विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

    दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

    समाचार

    मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

    मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

    आर्थिक वर्ष २०८३-०८४ का लागि काठमाडौँ महानगरपालिकाको नीति पारित

    निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑