• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ पौष २९, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      युवालाई कृषिमा आकर्षित गर्न ‘रैथाने मेला’: इलामको चियादेखि देशभरका मौलिक परिकारसम्म एउटै थलोमा

      २ घण्टा अघि

      माघ १ गते भृकुटीमण्डपमा ‘वृहत् रैथाने कृषि मेला’ हुने, मन्त्री डा. परियारले समुद्घाटन गर्ने

      २ घण्टा अघि

      प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत स्मुलिक एरी बासको भेट

      १ दिन अघि

      पार्टी एकतामा असर पर्ने कुनै पनि गतिविधि नगर्न कार्यवाहक सभापति खड्काकाे आग्रह

      १ दिन अघि

      कांग्रेसमा विभाजनको डर : देउवालाई भेटेपछि गगन र विश्वसँग छलफलमा जुटे शेखर

      १ दिन अघि

      यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय

      १ दिन अघि

      शिक्षासेवी श्रेष्ठ भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा निर्वाचित

      १ दिन अघि

      कांग्रेस विशेष महाधिवेशनमा समूहको सुझाव : पार्टी रुपान्तरण गर्न वर्तमान कार्यसमिति भंग गरौँ

      १ दिन अघि

      निर्वाचन आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलता अपनाइन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

      १ दिन अघि

      काठमाडौंमा दुईदिने थारू राष्ट्रिय माघी महोत्सव हुने

      १ दिन अघि

      इक्यानको कोषलाई व्यवस्थापन गरेका कार्की अब सचिवको उम्मेदवार

      १ दिन अघि

      कांग्रेस विशेष महाधिवेशनः राष्ट्रिय महत्त्वको आयोजनाबारे कांग्रेसले अघि सार्यो ६ प्रस्ताव

      १ दिन अघि

      स्याट​द्वारा काठमाडौंमा विद्यालयस्तरीय संयुक्त राष्ट्रसंघ मोडेल कार्यक्रम सुरु

      १ दिन अघि

      नायक सञ्जय लामा र नायिका तारा थोकरको अभिनय  रहेको ‘चु ल्हुई’ सार्वजनिक

      १ दिन अघि

      महानगरभित्रका २८ वटा वडामा ५ हजार ४४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण

      १ दिन अघि
    आज: २०८२ पौष २९, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  विश्व

    भूकम्पले किन मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्छ ?

  • लाईभ नेपाल
  • २०८१ पौष २४, बुधबार (१ साल अघि)
  • १३८२७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो। चिसो मौसममा पनि मानिसले सडक भरियो। कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धा लिएर सडक र गल्लीमा जम्मा भए।कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो।

    भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो। जसका कारण मङ्गलबारको परीक्षामा १५ मिनेट समय थप गर्नुपर्ने अवस्था आयो। बिहान ६ः५० बजे चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प नेपालका कोसी, मधेस र बागमती प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो।

    मङ्गलबारको भूकम्पले धेरैलाई नौ वर्षअघिको गोरखा भूकम्प सम्झना दिलायो । गोरखा भूकम्पले तत्कालीन समयमा काठमाडौँ उपत्यकासहित कैयौँ जिल्ला प्रभावित हुँदा आठ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए भने अर्बौं रकम बराबरको भौतिक क्षति भएको थियो।

    भूकम्पको धक्काले अताल्लिएका काठमाडौँ नागार्जुन–१० का रिकेश थापाले घरको छतबाट हामफाले। हालफाल्दा घाइते भएका उनको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्समा उपचार गरिएको नेपाल प्रहरीले जनाएको छ। भूकम्पपछि बाराको कलैया उपमहानगरपालिका वडा नं १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको प्रहरीले जनाएको छ।

    ललितपुरस्थित पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा. वासुदेव कार्की विगतको शक्तिशाली भूकम्पको असर मनमा अझै रहेकाले मानिसको आत्मविश्वासमा कमी आएको र सामान्य भूकम्प महसुस गर्दा पनि बढी आत्तिने र संयमता अपनाउन नसक्ने बताउँछन्।

    ‘धेरै मानिसमा अझै पनि २०७२ सालमा गोरखा भूकम्पको अनुभव बाँकी छ, एक वर्षअघि जाजरकोटको भूकम्पको डर पनि छ। यी दुई ठूला भूकम्पले मानिसको मनोबल कमजोर बनाएको छ’, उनले भने, ‘विसं २०७२ को भूकम्पका कारण धेरैलाई मानसिक समस्या देखियो। यस्ता विपदबाट मानसिक रोगहरु देखापर्छ। विपद्ले निम्त्याएका तनावलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा ख्याल गर्नुपर्छ।’

    कार्की भूकम्पलगायत घटनाले धनजनका क्षति मात्रै गर्दैन, यसले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ। विशेषगरी, भूकम्पको अनुभव गरेको व्यक्तिमा मनोवैज्ञानिक त्रास बढी हुने उनको भनाइ छ।

    उनले फरकफरक व्यक्तिमा फरक प्रतिक्रिया आउने र व्यक्तिको जैविक वातावरणअनुसार असर पनि फरक पर्ने बताए।

    अनावश्यक त्रास नफैलाउन आग्रह

    खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्पसम्बन्धी अनावश्यक त्रास फैलाउने किसिमको भ्रमपूर्ण सन्देश प्रवाह नगर्न आग्रह गरेका छन्। ‘भूकम्पपछि मानिस आत्तिएर भाग्ने र हामफल्दा अप्रिय घटना हुनसक्छ। भूकम्प संयमता अपनाउनुपर्छ”, उनले भने, ‘सामाजिक सञ्जालमा ठूलोे भूकम्प आउँदै भन्नेजस्ता भ्रमपूर्ण समाचारले पनि मानिसमा थप त्रास उत्पन्न गराउँछ, यस्ता सन्देश जो कोहीले प्रवाह गर्नु हुँदैन। भूकम्पको भविष्यवाणी सम्भव छैन।’ उनले आधिकारिक सूचनामात्रै ग्रहण गर्न उहाँको आग्रह छ।

    पूर्वतयारी र सचेतनाको जरुरी

    केन्द्रका डा अधिकारीले भूकम्प गएमा के गर्ने ? कसरी संयमता अपनाउने ? सुरक्षित हुने तरिकाहरु के हुन् ? लगायत विषयमा सचेतना बढाउनुपर्ने र भूकम्पका कारण हुनसक्ने धनजनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी के–के हुने भन्ने विषयमा तयारी गर्नुपर्ने बताए। उनले पूर्वसूचना प्रणाली विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

    जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले हालसम्म भूकम्पसम्बन्धी पूर्वसूचनाहरु विकास नभएको भन्दै यस विषयमा थप अनुसन्धान गर्नुपर्नेमा जोड दिए।

    उनले चीनमा गएको भूकम्पपछि हिमताल फुट्ने जोखिम बढेकोसमेत उल्लेख गरेका छ्।

    राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले उक्त भूकम्पका परकम्प निरन्तर आइरहेको र थप परकम्प आउनसक्ने भएकाले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहन समेत आग्रह गरेका छन्। संयमतापूर्वक विपद् व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ।

    किन जान्छ भूकम्प ?

    सामान्यतया पृथ्वीको सतहभित्र कम्पन हुँदा भूकम्पको धक्का महसुस हुन्छ। पृथ्वीको सतहमा हलचल उत्पन्न गर्दा पृथ्वीको भित्री भागमा रहेको तनाव धेरै बढ़्छ र त्यो असन्तुलनका कारण ऊर्जा मुक्त हुँदा जमिन हल्लिन्छ। यस कम्पनले पृथ्वीको सतहमा झट्का उत्पन्न गर्दछ र यसलाई भूकम्प भनिन्छ । पृथ्वीको बाह्य सतह (लिथोस्फीयर) विभिन्न ठूला टुक्रामा विभाजित छ जसलाई भूकम्पीय प्लेट भनिन्छ। यी प्लेटहरू एकअर्कामा चढ्छन्, जसले भूकम्पको ल्याउँछ।

    फाइल तस्बिर- रोयटर्स
    खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प एक भौगर्भिक प्रक्रिया हो जसलाई रोक्न तथा हालसम्मको अध्ययन अनुसन्धानबाट यसको भविष्यवाणी गर्न सकिएको छैन। टेक्टोनिक प्लेटहरुबीचको अन्तरसङ्घर्षको कारणले भूकम्पहरु जाने गर्दछन्। स(साना भूकम्प हरेक दिन जाने गरेका छन् भने ठूला भूकम्प केही वर्षको अन्तरालमा जाने गर्दछन्। हरेक दिन जाने साना भूकम्पहरुले सञ्चित ऊर्जा निसृत गर्न सक्दैनन् त्यसैले बेलाबेलामा ठूला र विनाशकारी भूकम्प जाने गर्दछन्।

    ‘विगतमा हिमालय क्षेत्रमा ठूलाठूला भूकम्प गइसकेका छन्। सन् १८९७ मा भारतको आसाम, सन् १९०५ मा भारतको काङ्गरा, सन् १९३४ मा नेपाल–भारतको सिमाना र सन् १९५० मा भारतको आसाममा गएका पछिल्ला अन्तर महादेशीय महाभूकम्पहरु हुन्’, केन्द्रले भनेको छ।

    पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यान्मा (बर्मा) सम्मको करिब दुई हजार पाँच सय किलोमिटर लामो सक्रिय हिमशृङ्खलाको मध्य भागको करिब आठ सय किलोमिटर (एक तिहाइ) भाग नेपाल हिमालयले ओगटेको छ। टेक्टोनिक प्लेटबीचको टकराव र ऊर्जा सञ्चिति र समय–समयमा बिनाशकारी भूकम्पको माध्यमबाट हुने विसर्जनका कारण नेपाल हिमालय भूकम्पीय जोखिमका दृष्टिले अत्यन्त संवेदनशील क्षेत्रमा परेको केन्द्रको भनाइ छ। रासस

    प्रतिक्रिया दिनुहोस


    विश्व सम्बन्धि थप

    युवालाई कृषिमा आकर्षित गर्न ‘रैथाने मेला’: इलामको चियादेखि देशभरका मौलिक परिकारसम्म एउटै थलोमा

    माघ १ गते भृकुटीमण्डपमा ‘वृहत् रैथाने कृषि मेला’ हुने, मन्त्री डा. परियारले समुद्घाटन गर्ने

    प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत स्मुलिक एरी बासको भेट

    पार्टी एकतामा असर पर्ने कुनै पनि गतिविधि नगर्न कार्यवाहक सभापति खड्काकाे आग्रह

    कांग्रेसमा विभाजनको डर : देउवालाई भेटेपछि गगन र विश्वसँग छलफलमा जुटे शेखर

    यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय

    समाचार

    युवालाई कृषिमा आकर्षित गर्न ‘रैथाने मेला’: इलामको चियादेखि देशभरका मौलिक परिकारसम्म एउटै थलोमा

    माघ १ गते भृकुटीमण्डपमा ‘वृहत् रैथाने कृषि मेला’ हुने, मन्त्री डा. परियारले समुद्घाटन गर्ने

    प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत स्मुलिक एरी बासको भेट

    पार्टी एकतामा असर पर्ने कुनै पनि गतिविधि नगर्न कार्यवाहक सभापति खड्काकाे आग्रह

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑